नहर बगाउँदा विद्युत् अवरुद्ध

मार्तडी, १९ साउन । जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको बाउलीखोलाले नहर बगाउँदा शनिबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।

लेकाली भेगमा अविरल वर्षापछि खोलामा बाढी बढेकाले नहर भत्काएपछि विद्युत् सेवा अवरुद्ध भएको जलविद्युत् केन्द्रका व्यवस्थापक दयाराम पण्डितले बताए छ ।

उनले खोला एकतर्फी बगिरहेकाले आइतबार साँझसम्म विद्युत् सेवा सञ्चालन हुनसक्ने बताए । एकसातादेखि अनियमित हुँदै आएको विद्युत् पुनः खोलाले नहर बगाउँदा सेवाग्राही अझै मारका परेका छन् । विद्युत् सेवा नहुँदा यहाँका सरकारी तथा गैरसरकारी कार्यालय र विभिन्न इलेक्ट्रोनिक सञ्चारमाध्यमसमेत ठप्प भएका छन् ।

एकसाता अघि विद्युत्को जेनेरेटरमा आगलागी हुँदा अनियमित हुँदै गएको विद्युत् खोलाले नहर बगाउँदा अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा यहाँ कार्यालयको दैनिक कामकाज ठप्प हुनुका साथै सेवाग्राही मर्कामा परेका छन् । जलविद्युत् केन्द्रमा हाल १३ सय बढी ग्राहक छन् ।

Loading...