मेघगर्जन र चट्याङ्ग सहित केही ठाउँमा वर्षा हुने संभावना

काठमाडौं १९ सावन् । मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिण तिर अवस्थित रहेको नेपाल तर्फ सर्दै गरेकाले मनसुनी गतिविधि सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू – भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाहुने संभावना रहेको मौसमविद्हरुले जानकारी दिएका छन् ।

राति देशभर आंशिक देखि सामान्य बदली रही देशको मध्य र पूर्वका केही स्थानहरुमा तथा पश्चिमि भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा हुने भएकाले सचेत रहन मौसमविद्को सुझाव छ ।

महाशाखाका अनुसार पूर्व र मध्य पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Loading...