पर्यटकीय स्थल ‘रानीमहल’को गुरूयोजना बन्दै

पाल्पा –२१ साउन् । ऐतिहासिक एवं पर्यटकीय स्थल रानीमहल दरबारको गुरु योजना सार्वजनिक गरिएको छ । ऐतिहासिक रानीमहललाई व्यवस्थित बनाउने सोंचका साथ समुन्नति गैरसरकारी संस्थाले तयार पारेको विस्तृत गुरु योजना तानसेनमा सार्वजनिक गरिएको हो । संस्थाका परामर्शदाता आकिटेक्चर ईन्जिनयिर समिर पौडेलले विस्तृत गुरु योजना प्रस्तुत गर्दै यसका लागि दुई करोड ५३ लाख खर्च अनुमानित गरिएको […]

निमावि तह गणित विज्ञान विषयको मध्यपश्चिमको अन्तिम नतिजा (पूरा नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । सोमबार आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको गणित विज्ञान विषयको मध्यपश्चिमाञ्चल क्षेत्रको अन्तीम नतिजा सार्वजनिक गरेको हो । गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो । अन्तर्वार्ता भएको महिना दिन बितिसक्दापनि आयोगले निमावि तहको […]

बेचबिखनको जोखिममा नेपाली

काठमाडौँ, २० साउन । नेपालबाट वैदेशिक रोजगारीमा, अध्ययनका लागि र अन्य पेशा व्यवसाय गर्न जाने नेपाली बेचबिखनको जोखिममा पर्ने गरेको ‘मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन–२०७६’ले देखाएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आज सार्वजनिक गर्नुभएको सो प्रतिवेदनमा वैदेशिक रोजगारी, अध्ययन र मनोरञ्जनजस्ता पेशामा गएका हालसम्म करीब ३५ हजार नेपाली बेचबिखनमा परेको तथा १५ […]

घुस लिएको आरोपमा अधिकृत पक्राउ

हेटौँडा, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित हेटौँडास्थित एक कार्यालयका अधिकृतलाई पक्राउ गरेको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाका अधिकृत चन्दनकुमार अमात्यलाई घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले जनाएको छ । आयोगका अनुसार अधिकृत अमात्यलाई आइतबार आयोगको हेटौँडाको टोलीले कार्यालयबाट नै पक्राउ गरेको हो । उद्योग […]

कर्मचारीले १० महीनादेखि तलब पाएनन्

भीमदत्तनगर, २० साउन । कञ्चनपुरको भीमदत्तनगरस्थित विगठित महेन्द्रनगर नगरविकास समितिको कार्यालयमा कार्यरत सात कर्मचारीले विगत १० महीनायता तलब पाएका छैनन् । विघटित नगरपालिका समितिका छ स्थायी र एक करारका कर्मचारीले तलब नपाएकोे गुनासो गरेका हुन् ।“नगरविकास समिति विगठन भएको पनि महिनौँ भइसक्यो”, विगठित नगरविकास समितिका सूचना अधिकृत पुष्पराज भट्टले भने, “हामीले गत कात्तिक महीनादेखि तलब […]

लागु औषध ओसारपसारका अनेक काइदा, यसरी पक्राउ परे महन्थ

पर्सा, २० साउन । पर्सामा लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार गौनाहा भितिअर्वाको पञ्चायत वडा नं.५ बस्ने २० वर्षीय महन्थ राम रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले सोमबार वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोक स्थित सडक खण्डमा विभिन्न सवारी साधन तथा पैदल […]

बन्द राजमार्ग खुला

रसुवा, २० साउन । माथिबाट राजमार्गमा ठूलो ढुङ्गा लडेका कारण आज बिहान रसुवामा भएको सवारी दुर्घटनामा परी घाइते चालकको थप उपचारका लागि काठमाडौँ पठाइएको छ । प्रहरी निरीक्षक एवं जिल्ला प्रहरी प्रवक्ता ईश्वरी भण्डारीका अनुसार घाइते हुनेमा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका वडा नं ४ निवासी ३५ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन् । उनको शरीरका विभिन्न […]

नागपञ्चमीका दिन नागपोखरीमा विषेश मेला

काठमाडौँ, २० साउन । नागपोखरीमा आज नागपञ्चमीका दिन मेला लागेको छ । प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन नागपोखरीमा नागको पूजा गर्न काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट भक्तजनको भीड लाग्ने गर्दछ । वडा कार्यालय, नक्साल बक्सिङ क्लबलगायतको आयोजनामा नागपोखरीमा धार्मिक अनुष्ठान, पूजा गरिएको छ । पोखरीमा तीन वटा डुङ्गा सञ्चालन गरिएको छ भने सर्वसाधारणले डुङ्गा […]

किन पुजिन्छ नाग

श्रावण महिनाको शुक्ल पक्षको पञ्चमीलाई नागपञ्चमी पनि भनिन्छ । यो दिनलाई हिन्दु धर्मावलम्बीले नागको पूजा गरी मनाउने परम्परा रही आएको पाइन्छ । यस दिनमा नागको सबै किसिमका नागका पूजा गर्ने गरिन्छ। नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको पूजा आजकै दिन गरिन्छ । नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व […]

गोदावरीमा रु छ करोडको योजना सम्पन्न

ललितपुर, २० साउन । आर्थिक वर्ष २०७५र०७६ मा गोदावरी नगरपालिका–३ ले रु छ करोड ३६ लाख ५० हजार ३६० को योजना सम्पन्न गरेको छ ।सो वडाले आज ‘आव २०७५र०७६ को वार्षिक समीक्षा’ कार्यक्रमको आयोजना गरी गत आवमा रु ६० लाख बजेट छुट्याएकामा दाता, स्रोत, प्रदेश र सङ्घको तर्फबाट दिएको रकमबाट नगरपालिका र वडा मिलेर ४९ […]