निमावि तह गणित विज्ञान विषयको मध्यपश्चिमको अन्तिम नतिजा (पूरा नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । सोमबार आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको गणित विज्ञान विषयको मध्यपश्चिमाञ्चल क्षेत्रको अन्तीम नतिजा सार्वजनिक गरेको हो ।

गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो । अन्तर्वार्ता भएको महिना दिन बितिसक्दापनि आयोगले निमावि तहको नतिजा सार्वजनिक गर्न सकेको थिएन ।

निमावि तहको लागि मुख्य विषयमा देशभर १६३५ पदमा विज्ञापन भएकामा ६०९६५ ले आवेदन दिएका थिए । जसमध्ये २ हजार २४७ लिखित परीक्षा उत्तीर्ण गरि अन्तर्वार्तामा सहभागी भएका थिए ।

निमावि तहमा क्षेत्रीय रुपमा विषयत परीक्षा भएको थियो । नेपाली विषयमा ४६० पदमा भएको विज्ञापनमा १२ हजार ५०९ लिखित परीक्षामा सहभागी भएका थिए । जसमा ४१० जनाले लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी भएका थिए ।

यसैगरी, गणित विषयमा २५० पदमा भएको विज्ञापनमा ५ हजार ४६२ परीक्षामा सहभागी भई उत्तीर्ण २८६ जनाले अन्तर्वातामा सहभागीता जनाएका थिए । यस्तै, विज्ञान विषयमा १८० पदमा भएको विज्ञापनमा १ हजार ८१२ ले परीक्षामा सहभागिता जनाएकामा २६१ उत्तीर्ण भई अन्तर्वार्तामा सहभागिता जनाएका आयोगका प्रशासकीय प्रमूख डा. तुलसी थपलियाले जानकारी दिए ।

डा. थपलियाका अनुसार २७७ पदमा भएको सामाजिक विषयको परीक्षामा १७ हजार ७८४ ले परीक्षा दिई देशभरबाट उत्तीर्ण ४१० जनाले अन्तर्वार्तामा सहभागिता जनाएका थिए ।

हेर्नुहोस पूरा नतिजा