कफी, आलू र बीयर बिनाको दुनिया कस्तो होला ?

२१ साउन, एजेन्सी । विश्वमा बढ्दै गएको जलवायु परिवर्तनको कारण हामीले रुचाउँदै आएका खानपीनका चिजहरुलाई अलबिदा गर्नुपर्ने अवस्था आउन सक्ने देखिएको छ । तापमान तथा मौसममा आइरहेको बदलावका कारण कृषि उब्जाउमा समस्या आउन सक्ने छ साथै माछा र जनावरहरुको पनि मृत्युहुने सम्भावना देखिन्छ । आउनहोस् जानौं भविष्यमा कुन कुन चित हजुरको खानाको थालबाट गायव हुन […]

रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाइने

ओखलढुङ्गा, २१ साउन । रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाइने भएको छ । प्रदेश नं १ सरकारले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ मा पर्ने रुम्जाटार क्षेत्रमा ‘स्मार्ट सिटी’ बनाउने भएको हो । प्रदेशसभाका सांसद अम्बिरबाबु गुरुङले आफूले निर्वाचनमा गरेको वाचाअनुसार रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाउने लक्ष्यसाथ काम भइरहेको जानकारी द्एि । सांसद गुरुङले भने, “प्रदेश सरकारको प्रमुख योजनामा यो परिसकेको […]

गौ संरक्षण केन्द्रमा सोलार जडान

दमौली, २१ साउन । चितुवाको आक्रमणबाट जोगाउन तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौ संरक्षण केन्द्रमा सोलार जडान गरिएको छ ।गौ संरक्षण केन्द्रमा रातिको समयमा अन्धकार हुँदा गाईलाई चितुवाले आक्रमण गर्न थालेपछि शुक्लागण्डकी नगरपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको साझेदारीमा सोलार जडान गरिएको हो । शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठका अनुसार केन्द्रमा करीब रु चार लाख […]

लगातारको वर्षाका कारण पहिरो आउँदा राजमार्ग अवरुद्ध

डोटी, २१ साउन । गए रातिदेखि परेको लगातारको वर्षाका कारण स्याले–दिपायल जोड्ने डा केआइसिंह राजमार्ग अवरुद्ध भएको छ । सो राजमार्गको डाँडा वनमा सडक माथिबाट ठूलो पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले जानकारी दिए । सडक अवरुद्ध भए पनि अहिले सो ठाउँमा तराईबाट दिपायल आउने तथा दिपायलबाट तराई जाँदै […]

महाकाली नदीमा पानीको बहाव बढ्यो, आवातजावतमा रोक

भीमदत्तनगर, २१ साउन । सोमबार रातिदेखि भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ । वर्षाका कारण नेपाल–भारत आवागमन गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपाङग्रे सवारी साधानलाई आज बिहानैदेखि आवातजावतमा रोक लगाएको गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । आज बिहानको मापनअनुसार उक्त नदीमा पानीको बहाव एक लाख १३ हजार क्युसेक पुगेको छ […]

गण्डकीको कास्कीमा सबैभन्दा बढी भ्रष्टाचार

चिप्लेढुङ्गा, २१ साउन । गण्डकी प्रदेशको कास्की जिल्ला सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्लाको रूपमा देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको तथ्याङ्कमा कास्की जिल्ला धेरै भ्रष्टाचार हुने गरेको उजुरीले देखाएको हो । आयोगको पोखरा कार्यालयको आर्थिक वर्ष २०७५÷७६ को तथ्याङ्कअुनसार उजुरी सङ्ख्या ८३२ रहेको छ । सो मध्ये कास्की जिल्लामा २०७४÷७५ मा १४८ […]

कर्णालीमा ६०० बढी कर्मचारी अपुग

सुर्खेत, २१ साउन । कर्णाली प्रदेश सरकारले ६०० बढी कर्मचारी अपुग रहेको जनाएको छ । समायोजनबाट समेत कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा अझै कर्मचारीको अभाव रहेको हो ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी केशवप्रसाद उपाध्यायले समायोजनमा कर्णाली प्रदेश रोजेका कर्मचारी हाजिर हुने क्रममै रहेको बताए । “हालसम्म ९३६ कर्मचारी हाजिर भइसकेका छन्, ३९८ कर्मचारी हाजिर […]

युरियाको चर्को अभाव

कञ्चनपुर, २१ साउन । कञ्चनपुरका किसानलाई धानखेतीका लागि रासायनिक मल युरियाको चर्को अभाव भएको छ । अनुदानको मल नपाएपछि किसानले भारतबाट अवैधरूपमा भित्र्याइएको रासायिनक मल युरियाको प्रयोग गर्नुपरेको छ । व्यापारीले तोकेको चर्को मूल्यमा किसानले युरिया खरीद गर्दै आएका छन् । भारतबाट भित्र्याइएको मलसमेत थोरै मात्र किसानले पाएका छन् । “भारतबाट खरीद गरेर मल ल्याउँदा […]

औद्योगिक विकास निगममा १६ वर्षदेखि ताला

बाँके, २१ साउन । करीब २० वर्ष अघिसम्म अहिलेजस्तो वाणिज्य बैंकहरू थिएनन् । बैंकिङ कारोवारका विषयमा नागरिकहरूमा पनि धेरै चेतना थिएन । सामान्य रकम चाहिएमा साहुसँग ऋण लिएर व्यापार व्यवसाय चलाउँदै साहुलाई ब्याजसहित फिर्ता गर्नुपथ्र्यो । सानो उद्योग सञ्चालन गर्नका लागि साहुकै भर पर्नुपथ्र्यो । वाणिज्य बैंकहरू नहुँदा भनेजस्तो ऋण पाउन पनि मुस्किल थियो । […]

उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण

काठमाडौँ, २१ साउन । नेपाल प्रहरीले उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरेको छ । काठमाडौँ उपत्यकामा भएको धुलो, धुवाँबाट बच्नका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरिएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीलाई नमूना सङ्गठनको रूपमा विकास गर्ने नीतिअनुसार उपत्यकामा कार्यरत सबै ट्राफिक प्रहरीलाई कालो चस्मा […]