आफ्नै छोरीको बलात्कार आरोपमा बाबु पक्राउ

विदुर, २१ साउन । नुवाकोटको विदुर नगरपालिकाका ३७ वर्षीय आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ । बाह« वर्षीया छोरीलाई शुक्रबार राति ३७ वर्षीय बाबुले बलात्कार गरेको आरोपमा हाडनाता करणीमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मदिराले मातेका आरोपितले यही साउन १७ गते बिहानको २ः०० बजे बलात्कार गरेको भन्दै […]

आफ्नै छोरामाथि चक्कु प्रहार गरि हत्या प्रयास गर्ने निर्दयी बाबु पक्राउ

विदुर, २१ साउन । नुवाकोटको विदुर नगरपालिका–२ स्थित बट्टारमा आफ्नै छोरालाई चक्कु प्रहार गरी ज्यान लिन खोज्ने पिता पक्राउ परेका छन् । आज बिहान १० बजेको समयमा सोही ठाउँका ५० वर्षीय इद्री मियाले २७ वर्षीय छोरा समिर खानलाई सामान्य घरायसी विवादका कारण चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए । […]

पोखरीमा दुई शव फेला,हत्या गरेर फालेको परिवारको आशंका

लमजुङ, २१ साउन । बेँसीशहर नगरपालिका–३ गाउँशहरको रमाइलोडाँडास्थित पोखरीमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको छ । मस्र्याङ्दी गाउँपालिका–९ सिमपानीका २१ वर्षीय विकास विक र सो नगरपालिका–३ गाउँशहरका १८ वर्षीय रुकेश विकको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त पोखरीमा विकासको शव सोमबार राति र रुकेशको शव आज […]

रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाइने

ओखलढुङ्गा, २१ साउन । रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाइने भएको छ । प्रदेश नं १ सरकारले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ मा पर्ने रुम्जाटार क्षेत्रमा ‘स्मार्ट सिटी’ बनाउने भएको हो । प्रदेशसभाका सांसद अम्बिरबाबु गुरुङले आफूले निर्वाचनमा गरेको वाचाअनुसार रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाउने लक्ष्यसाथ काम भइरहेको जानकारी दिए । सांसद गुरुङले भने, “प्रदेश सरकारको प्रमुख योजनामा यो परिसकेको […]

परिवार नियोजन सङ्घबाट ७५ हजारलाई सेवा

विराटनगर, २१ साउन । नेपाल परिवार नियोजन सङ्घ मोरङ शाखाले सन् २०१८ मा ७५ हजार १०३ जनालाई विभिन्न सेवा उपलब्ध गराएको छ ।शाखा प्रमुख शङ्करप्रसाद दाहालकाअनुसार सुरक्षित परिवार योजनातर्फ १७ हजार ९७५ जनालाई सेवा प्रदान गरेको छ । सो अवधिमा तीन हजार ९८८ जना कण्डम सेवा प्राप्त गरेका छन् । तीमध्ये तीन हजार ७७९ पुरुष […]

पुरोहितको दक्षिणा रु एक सय एक

चितवन, २१ साउन । माडी नगरपालिकाले पण्डितलाई दक्षिणास्वरुप दिइने पैसा निर्धारण गरेको छ । नगरपालिकाको दोस्रो कार्यपालिका बैठकले दक्षिणास्वरुप रु १०१ कायम गरेको हो । नगरपालिकाको दोस्रो नगरसभाको निर्णय आज सार्वजनिक गर्दै नगरप्रमुख ठाकुर ढकालले समाजमा हुने भड्किलोपनलाई नियन्त्रण गर्न यो निर्णय गरिएको बताए । निर्णय कार्यान्वयनका लागि सम्पूर्ण नगरवासीलाई अपिल गरिने उनले जानकारी दिए […]

सप्तरी–देवघर साइकल यात्रा

सप्तरी, २१ साउन । ऐतिहासिक–सामाजिक–सांस्कृतिक सद्भाव सुदृढ गर्ने र मैथिली भाषा, साहित्य, कला, संस्कृतिमा जागरण ल्याउने उद्देश्यले आज सप्तरीबाट भारतको देवघरका लागि साइकल यात्रा शुरू गरिएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही बिरपुरस्थित भोलेनाथ मन्दिरबाट हिन्दूहरुको पवित्र तीर्थस्थल भारतको देवघरका लागि मैथिली अभियानीको टोलीले यात्रा आरम्भ गरेको हो । करीब तीन दर्जन साइकल यात्रीले १५ […]

रमाइलोडाँडास्थित पोखरीमा दुई शव फेला

लमजुङ, २१ साउन । बेँसीशहर नगरपालिका–३ गाउँशहरको रमाइलोडाँडास्थित पोखरीमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको छ । मस्र्याङ्दी गाउँपालिका–९ सिमपानीका २१ वर्षीय विकास विक र सो नगरपालिका–३ गाउँशहरका १८ वर्षीय रुकेश विकको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त पोखरीमा विकासको शव सोमबार राति र रुकेशको शव आज […]

सीमावर्ती क्षेत्रमा बाँध जस्तै सडक बन्दै

नेपालगञ्ज, २१ साउन । भारतले बाँके जिल्लाको सीमावर्ती क्षेत्रमा सडकजस्तो बाँधको निर्माण अघि बढाएपछि बाँकेको दक्षिण–पश्चिम भेगका बासिन्दा फेरि त्रसित भएका छन् । जिल्लाको हिरमिनिया गाउँ अगाडि पिप्रहवा गाउँबाट पश्चिमको क्षेत्रमा भारतले सडकजस्तो बाँध विस्तार गर्न थालेको हो । झण्डै डेढ वर्षदेखि रोकिएको सडक निर्माणको कामलाई भारतले पुनः शुरु गरेको छ । सडकजस्तो बाँधलाई हिरमिनिया […]

सातदोबाटो–लगनखेल सडक आधा मात्रै सम्पन्न

काठमाडौँ, २१ साउन । ठेक्का समझौताको अवधि सकिएर थप भएको अवधिसम्म लगनखेल–सातदोबाटो सडक निर्माण आधा मात्रै सकिएको छ । ललितपुर जिल्लाकै सबैभन्दा बढी सवारी चाप हुने सडकमध्ये सो सडक विस्तारको काम अलपत्र पर्दा चालक र यात्रु हैरान भएका हुन् । यहाँका बासिन्दाले घर र जग्गाको मुआब्जा माग गरेका कारण सडकमा ५० प्रतिशतभन्दा बढी काम हुन […]