सवारी कारवाहीबाट रु ९१ लाख राजश्व सङ्कलन

बेझाड, २४ साउन । गत आर्थिक वर्षका पाल्पामा १५ हजार ४८ सवारी चालक कारवाहीमा परेका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार आव २०७५÷७६ मा कारवाहीमा परेका चालकबाट रु रु ९१ लाख १९ हजार ५०० राजश्व सङ्कलन भएको छ । कारवाहीमा परेकामध्ये सबैभन्दा बढी ट्रक र मिनी ट्रकका चालक रहेका छन् । सो अवधिमा कारवाहीमा […]

गैँडाकोटलाई धार्मिक पर्यटकीय रुपमा विकशित बनाइने

नवलपुर, २४ साउन । नवलपरासी बर्दघाट–सुस्ता पूर्व जिल्लाको गैँडाकोट नगरपालिका ऐतिहासिक, पुरातात्विक धार्मिक महत्व बोकेको क्षेत्रको रुपमा विकशित हुन थालेको छ । थुप्रै धार्मिक तथा पर्यटकीयस्थल रहेको यस क्षेत्रमा उत्तरबाट बग्दै आएकी कालीगण्डकी नदी, नारायणी नदी, शिरमा मौलाकालिका मन्दिर र मन्दिर परिसरबाट देखिने प्राकृतिक सुन्दरताले पनि यहाँ पर्यटकको आवागमन बढ्न थालेको हो । धार्मिक पर्यटकीय […]

दूध नबिक्दा पाडापाडी प्रोत्साहनको कार्यक्रम प्रभावित

बलेवा, २४ साउन । किसानले उत्पादन गरेको दूध बजार पु¥याउन नसक्दा जिल्लाको ताराखोला गाउँपालिकाले ल्याएको पाडापाडी प्रोत्साहन कार्यक्रम प्रभावित भएको छ । दूध बिक्रीका आधारमा पाडापाडी संरक्षणका लागि गाउँपालिकाले किसानलाई प्रोत्साहन रकम दिन बनाएको कार्यविधि कार्यान्वयनमा ल्याउन नसक्दा कार्यक्रम प्रभावित भएको हो । गाउँपालिकाले दूधमा आत्मनिर्भर बन्नका लागि ‘दूधमा आत्मनिर्भर गाउँपालिका’ बनाउने कार्यक्रम बनाएको थियो […]

निर्माणाधीन मोटरेबल पुल अलपत्र

तनहुँ, २४ साउन । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र ६ जोड्ने लाब्दीखोलामा निर्माणाधीन मोटरेबल पुल छ वर्षदेखि अलपत्र छ । उक्त पुल निर्माणको काम छाडेर ठेकेदार सम्पर्कविहीन भएकाले पुल अलपत्र बनेको हो । लामो समय बितिसक्दा पनि ठेकेदारले पुल निर्माणमा चासो नदिँदा अलपत्र बनेको पूर्वाधार विकास कार्यालयका प्रमुख लक्ष्मी भण्डारीले बताए । शुरुमा काठमाडौँस्थित जयबाबा जेभी […]

प्रयोगविहीन सरकारी कार्यालयका ‘गुनासो पेटिका’

बाँके, २४ साउन । सरकारले व्यवस्था गरेको ‘गुनासो पेटिका’ प्रयोगविहीन भएका छन् । प्रायजसो सबै सरकारी कार्यालयमा सुझाव, गुनासो, वा उजुरीका लागि राखिँदै आएका पेटिका प्रयोगविहीन जस्तै भएका हुन् । केही वर्ष पहिलेसम्म सुझाव तथा गुनासो पेटिकामा गुनासो भरिएका पत्र भेटिने गरेकामा पछिल्लो समय सुझाव पेटिका खोले पनि केही नहुँदा पेटिकासमेत खोल्न छाडिएको छ । […]

एक वडा: एक पोखरी निर्माणलाई प्राथमिकता

दमौली, २४ साउन । तनहुँको भानु नगरपालिकाले एक वडा एक पोखरी निर्माणलाई प्राथमिकता दिएको छ । पानीका मुहानहरु विस्तारै सुक्ने क्रम बढ्दै जाँदा स्थानीयवासी समस्यामा परेकाले वातावरणीय अनुकूलता कायम राख्न हरेक वडामा एक पोखरी निर्माणको अभियान थालनी गर्न लागिएको हो । प्राकृतिक र परम्परागत पोखरी संरक्षण गरी आकाशेपानी सङ्कलन गर्न नगरपालिकाको १३ वटै वडामा पोखरी […]

सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुष बढ्दै

भद्रपुर, २४ साउन । देवानी संहिता २०७५ लागू भएपछि झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुषको सङ्ख्या बढेको छ । २०७५ भदौ १ गतेदेखि लागू भएको देवानी संहितापछि जिल्ला अदालतमा ३०४ वटा सम्बन्धविच्छेदका मुद्दा पुरुषले दर्ता गराएको तथ्याङ्कले देखाएको छ । देवानी संहिता लागू भएपछिको ११ महीनाको अवधिमा मात्र सम्बन्धविच्छेदका ८१८ मुद्दा दर्ता भएको […]

विद्युत् चुहावट १२ प्रतिशतले घट्यो

लहान, २४ साउन । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि दुई आर्थिक वर्षमा सिरहाको लहान क्षेत्रमा करीब १२ प्रतिशतले विद्युत् चुहावटमा कमी आएको छ ।विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि विद्युत् चुहावट ११ दशमलव ६४ प्रतिशतले घटेर २७ दशमलव २९ प्रतिशतमा झरेको हो । गत आव ०७३÷७४ सम्म ३८ दशमलव […]

कपडा सुकाउने डोरी मिलाउन खोज्दा इनारमा खसेर एक महिलाको मृत्यु

चितवन, २४ साउन । भरतपुर महानगरपालिका–९ आदर्शचोकमा आज बिहान इनारमा खसेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नवलपुरको गैँडाकोट घर भई माइतमा आएकी ४० वर्षीया इन्द्रकला भुसालको इनारमा खसेर मृत्यु भएको हो । इनारको ढकनीमा चढी कपडा सुकाउने डोरी मिलाउन खोज्दा ढकनी भाँचिन गई भुसाल इनारमा खसेकी थिइन । […]

एकै दिन ३४ जना कर्मचारी अनुपस्थित: प्रशासनको छड्के अनुगमन

पाल्पा – २४ साउन् जिल्लास्थित सरकारी कार्यालयहरूमा बिहीबार ३४ जना कर्मचारी अनुपस्थित भएका छन् । कार्यालयमा जानकारी नै नदिइ पाल्पाका ३२ वटा सरकारी कार्यालयका ३४ जना कर्मचारी अनुपस्थित भएका हुन् । जिल्ला प्रशासन कार्यालय पाल्पाले गरेको छड्के अनुगमनका क्रममा २३ जना कर्मचारीले तोकिएको पोशाक नलगाएको पाइएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी हुमबहादुर पाण्डेले जानकारी […]