जनप्रतिनिधिको पारिश्रमिक सामाजिक कार्यमा

पोखरा, २४ साउन । जनप्रतिनिधिहरु सुविधाभोगी भएको यदाकदा चर्चा सुनिने गरिएको वर्तमान अवस्थामा यहाँका एक निर्वाचित प्रतिनिधिले आफूले प्राप्त गरेको सम्पूर्ण पारिश्रमिक सामाजिक कार्यमा लगाएका छन् । कास्की जिल्ला समन्वय समितिका सदस्य तोरण बानियाँले आर्थिक वर्ष २०७५÷७६ मा आफूले प्राप्त गरेको पारिश्रमिक र भक्तासहितको रु एक लाख ५० हजार समाजको शैक्षिक, सामाजिक, धार्मिक एवं विकास […]

पहिरोका कारण अन्द्राडीवासीलाई उठीवासको चिन्ता

बाजुरा, २४ साउन । गाउँको बीचमा पहिरो बग्न थालेपछि अन्द्राडीको सिङ्गो गाउँमा नै उठीवासको चिन्ता बढेको छ । बाजुराको गौमुल गाउँपालिका–१ मा पर्ने अन्द्राडी गाउँको बीच भागबाटै पाँच दिनयता नियमित पहिरो बग्न थालेपछि सिङ्गो गाउँ नै उठीवास लाग्ने चिन्ता बढेको हो । स्थानीयवासीलाई तत्काल अर्को स्थानमा सार्ने नजिक ठाउँ पनि छैन । अन्द्राडी जिल्लाकै सर्वाधिक […]

दाउराको चिर्पटले हानेर छोराले गरे बाबुको ठाउँको ठाउँ हत्या

काठमाडौं, २३ साउन । झापामा छोराले बाबुको हत्या गरेका छन् । शुक्रवार बिहान ३० वर्षीय छोरा प्रकाश थापाले बुबाको हत्या गरेका हुन् । कमल गाउँपालिका १ बस्ने ७० वर्षीय सूर्यबहादुर थापालाई घरायसी विवादको कारण दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। वृद्ध थापाको घटनास्थलमा नै मृत्यु भएको थियो। प्रहरी चौकी तोपगाछीबाट […]

जहाँ सूचना अधिकारी नै छैनन्

जाजरकोट, २४ साउन । यहाँका पाँच सरकारी कार्यालयले सूचना अधिकारी नै नतोकेको फेला परेको छ । विहीबार प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको नेतृत्वमा जाजरकोटका १३ सरकारी कार्यालयको अनुगमन गर्दा यस्तो फेलापरेको हो । सूचना अधिकारी नै भएका कार्यालयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला विभाग, कृषि ज्ञान केन्द्र, बृहत् जलाधार कार्यालय, डिभिजन वन कार्यालय र जाजरकोट […]

घरेलु हिंसाविरुद्ध सामुदायिक घुम्ती क्लिनिक

बनेपा, २४ साउन । राष्ट्रिय निर्माण मञ्च नेपालले बनेपा नगरपालिका–५ स्थित घोकेचौरमा घरेलु हिंसाविरुद्ध सामुदायिक घुम्ती क्लिनिक सञ्चालन गरेको छ ।वडा कार्यालयको सहकार्यमा भएको मनोसामाजिक विमर्श कार्यक्रममा विद्यालयका विद्यार्थी, स्थानीय बासिन्दालगायतको उपस्थिति थियो । “घरेलु हिंसाको पीडामा परेका र अन्य विविध कारणले जोखिम वर्गमा परेकालाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरेका हौँ”, वडा नं ५ […]

लुम्बिनी मेडिकल कलेज पाल्पाबाट शिशु चोर्ने महिला कारागार चलान

पाल्पा, २४ साउन् । लुम्बिनी मेडिकल कलेज, प्रभासबाट शिशु चोरी अभियोगमा पक्राउ गरेकी स्याङ्जाको गल्याङ नगरपालीका–५ की विमकला पाण्डे पुर्पक्षको लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत पाल्पाका न्यायाधीश खड्कबहादुर केसीको इजलाशले बिहीबार पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको अदालतका श्रेस्तेदार कृष्णमुरारी सिग्देलले जानकारी दिए । उनलाइ थुनछेक बहस पछि कारागार चलान […]

२३ करोडको सार्वजनिक जग्गाः व्यक्तिगत बनाउन चलखेल

पर्सा,२४ साउन । वीरगन्ज महानगरपालिकास्थित एक बिघा नौ कट्ठा १० धुर सार्वजनिक गौचरन जग्गा व्यक्तिका नाममा बनाउने प्रयास तत्कालका लागि विफल भएको छ ।महानगरपालिकाको वडा नम्बर २२ जगरनाथपुरस्थित परवानीपुर–आइसिपी बाइपास सडक नजिक रहेको सो जग्गा काठमाडौँ महानगरपालिका वडा नम्बर १७ बस्ने राकेशकुमार मास्केले आफ्नी आमा सावी मास्केका नाममा दर्ता कायम गर्न खोजेपछि स्थानीयको पहलमा रोक […]

मध्यरातमा भीषण आगलागी हुँदा दर्जन बढी फर्निचर पसल खरानी, ठूलो विनाश ट¥यो

बाँके, २४ साउन । नेपालगञ्ज सुर्खेतरोडको गुरुद्वारा अगाडि रहेका पसलहरुमा बिहीबार मध्यरातमा आगलागी भएको छ । गुरुद्वारादेखि उपमहानगरपालिका छेउसम्मका दर्जन बढी फर्निचर पसल आगलागीबाट खरानी भएका छन् । राति ११ बजेबाट शुरु भएको आगलागी २ बजेतिर नियन्त्रणमा आएको थियो । प्रत्यक्षदर्शी सरोजकुमार चन्दका अनुसार नेपालगञ्जका दुई, कोहलपुरको एक र नेपालगञ्ज विमानस्थलमा रहेको एक गरी चार […]

एकाबिहानै यात्रुवाहक बस त्रिशुलीमा खस्यो, तीन जनाको शव भेटियो, २५ वेपत्ता, १२ गम्भीर घाइते

धादिङ (गजुरी), २४ साउन । आज बिहानै एक यात्रुवाहक बस फेरि त्रिशुली नदीमा खसेको छ । पटकपटक दुर्घटना भइरहने पृथ्वी राजमार्गमा शुक्रबार बिहान ३ बजे फेरि अर्को दुर्घटना भएको हो । सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नम्वरको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा […]

सडक डिभिजनका प्रमुख नौ लाख घुससहित पक्राउ

कास्की, २४ साउन । डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इञ्जिनीयर हरिकुमार पोखरेलसहित दुई जनालार्ई अख्तियार टोलीले पक्राउ गरेको छ । अख्तियार पोखराको टोलीले बिहीबार साँझ पोखरेलसहित कार्यालयका इञ्जिनीयर पवित्रमणि आचार्यलाई नगद रु नौ लाखसहित पक्राउ गरेको अख्तियार स्रोतले बताएको छ । आयोग पोखराका प्रमुख काशीराज दाहालले सडक डिभिजन कार्यालय पोखराका प्रमुखसहितलाई पक्राउ गरिएको […]