ओखलढुङ्गा, २३ साउन । जबर्जस्ती करणी गरेको आरोपमा प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका छन् । सप्तरी घरभई हाल ओखलढुङ्गाको श्रीचौरमा कार्यरत प्रहरी जवान यादवमाथि १८ वर्षीय किशोरीलाई करणी गरेको आरोप छ । पीडित किशोरीले बुधबार जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए । किशोरीको किटानी जाहेरीका आधारमा प्रहरी जवान […]
समाज
माइक्रोको ठक्करबाट बालकको मृत्यु
चितवन, २३ साउन । पृथ्वी राजमार्गको चुम्लिङ्टारमा माइक्रोको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा लमजुङ्को भुजुङ् गाउँपालिका–७ का १० वर्षीय आयुष गुरुङ रहेका छन् । काठमाडौँबाट पोखरा जाँदै गरेको वा३ख ७९५६ नंको माइक्रोले आज बिहान इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारमा बाटो काट्ने क्रममा लमजुङ्को भुजुङ् गाउँपालिका–७ का १० वर्षीय आयुष […]
हेटौँडामा ६२ जनामा डेङ्गु सङ्क्रमण
हेटौँडा, २३ साउन । मकवानपुरमा ६२ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । सङ्क्रमितमध्ये ३० जना सरकारी तथा ३२ जना निजी क्लिनिकमा उपचार गराइरहेको छ । ती सबै सङ्क्रमित हेटौँडा उपमहानगरपालिकाका छन् । डेङ्गुको संक्रमण बढेपछि उपमहानगरपालिकाले यसको नियन्त्रणका लागि पहल थालिएको छ । उपमहानगरपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकले प्रत्येक वडामा डेङ्गु नियन्त्रणका लागि समिति गठन […]
करेण्ट लागेर बालकको मृत्यु
बनेपा, २३ साउन । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१ स्थित टुकुचा नालामा आज बिहान करेण्ट लागेर साढे तीन वर्षको बालक रिदेश श्रेष्ठको मृृत्यु भएको छ । रिमाल श्रेष्ठको छोरा रिदेशको आफ्नै घरमा पानी तान्ने मेशिनको तार समाउँदै खेल्दै गरेको अवस्थामा करेण्ट लागि घाइते भएको र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको लागि लाने क्रममा बाटोमा नै मृत्यु भएको […]
वृद्धभत्ता लिन गएका मृतावस्थामा भेटिए
विदुर, २३ साउन । नुवाकोटको विदुर नगरपालिका–३ को वडा कार्यालयमा बुधबार वृद्धभत्ता लिन गएका स्थानीय ९५ वर्षीय सेते सार्की मृतावस्थामा आज भेटिएका छन् । वृद्धभत्ता लिन जान भनी घरबाट बिहानीपख वडा कार्यालयतर्फ निस्किएका सार्की साँझसम्म पनि घर नआएपछि सार्कीका परिवारले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा खोजतलासका लागि खबर गरेका थिए । प्रहरी, स्थानीयवासी र सार्कीका परिवारसहितका […]
३८ लाख ५० हजार बराबरकोे उपकरण हस्तान्तरण
बनेपा, २३ साउन । बनेपा नगरपालिका–६ स्थित बुडोलडाँडामा रहेको रेयुकाई मासुनाका आँखा अस्पताललाई अष्ट्रेलियन दूतावासका तर्फबाट ३८ लाख ५० हजार बराबरकोे उपकरण उपलब्ध गराइएको छ ।सामुदायिक विद्यालयका शिक्षकहरुका लागि उक्त अस्पतालले आज यहाँ आयोजना गरेको ‘शिक्षक तालीम’मा नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर वडले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मधु आचार्यलाई सो उपकरण हस्तान्तरण गरेका हुन । […]
प्रदेश सङ्ग्रहालयलाई नमूनाको रुपमा विकास गर्नुपर्छ
पोखरा, २३ साउन । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले पोखरा–९ स्थित गण्डकी प्रदेश सङ्ग्रहालयमा नवनिर्मित प्रदर्शनी कक्षको आज एक समारोहबीच उद्घाटन गरे।पुरातत्व विभागद्वारा निर्मित सो प्रदर्शनी कक्षमा विष्णु, भीमसेन, तिब्बती कलाशैलीको लामा धर्म गुरु र हिमाली लामाको मूर्तिलगायत १८ औँ शताब्दीका मूर्तिहरु राखिएको छ । साथै तमु समुदाय अर्थात् गुरुङको तीन पुरोहित क्रमशः पच्यू, […]
रासायनिक मल बिक्री गर्ने जिम्मा स्थानीय सरकारलाई
काठमाडौँ, २३ साउन । सरकारले उपलब्ध गराएको अनुदानको रासायनिक मलमध्ये युरिया मलमा २७१ प्रतिशत र डिएपी मलमा १९५ प्रतिशतसम्म अनियमितता भएको पाइएको छ । यसअघि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सुरेशचन्द्र दासलगायत सदस्यले समितिका सभापति पूर्णकुमारी सुवेदीमार्फत सरकारलाई अनुदानको मलमा व्यापक अनियमितता भएको जानकारी गराउँदै आएका थिए । अनियमितता भएको पाइएपछि समितिको […]
बलात्कारको आरोपमा पक्राउ
गौशाला, २३ साउन । दलित किशोरीलाई महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ स्थित गाउँबाट भारतको राजधानी नयाँदिल्ली लगी १७ दिनसम्म यौनशोषण गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आफँैले जन्म दिएकी आमाले परपुरुषसँग मिलेर आफ्नै १२ वर्षीय किशोरी छोरीलाई गाउँबाट दिल्ली लगी १७ दिनसम्म यौनशोषण गराएको आरोपमा बर्दिबास नगरपालिका–९ बस्ने ४० वर्षीय सीयाराम महतो र […]
घ्वाङखोला सामुदायिक वनमा पार्क निर्माण
स्याङ्जा, २३ साउन । घ्वाङखोला सामुदायिक वनमा उड्डयन पार्क निर्माण गरिएको छ ।वालिङ नगरपालिका–८ र १० मा पर्ने घ्वाङखोला सामुदायिक वनमा डिभिजन वन कार्यालय स्याङ्जाको सहयोगमा पार्क निर्माण गरिएको हो । पार्क निर्माण भएसँगै वालिङ बजारवासीका लागि बजारको कोलाहलबाट शान्त ठाउँमा गएर केही समय आराम गर्ने र घुमघाम गरेर केही समय बिताउने स्थलका रुपमा सो […]









