काठमाडौँ, २४ साउन । पूर्वाधार निर्माणमा आयोजनागत तयारी नहुँदा काम समयमा नहुने गरेकाले पूर्व अध्ययन बिना ठेक्का गर्नु नहुनेमा जोड दिइएको छ । सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा सांसद महेश बस्नेतले एक अर्ब लाग्ने आयोजनामा वार्षिक एक करोड बजेट हालेर अघि बढाउँदा वर्षौँ अलपत्र […]
समाज
थारु नृत्य टोली नयाँ दिल्ली प्रस्थान
कञ्चनपुर, २४ साउन । अन्तर्राष्ट्रिय जनजाती सम्मेलनमा भाग लिन कृष्णपुर नगरपालिका सिंहपुरको ३२ जनाको थारु नृत्य टोली आज नयाँ दिल्ली प्रस्थान गरेको छ । इण्डिया सोसियल इनिस्च्युट नामक संस्थाले आयोजना गर्न लागेको सम्मेलनमा सहभागी हुन प्रस्थान गरेको नेपाली टोलीले जनजाती आदिवासी थारु समुदायको परम्परागत पहिरन, वेषभूषा, बाजासँगै झुम्रा, मुङ्ग्रहुवा र सखिया नृत्य प्रदर्शन गर्ने छ […]
सैनिक कल्याणकारी कोषको यथार्थ सम्पत्ति ४४ अर्ब
काठमाडौँ, २४ असार । सैनिक कल्याणकारी कोषको नगद मौज्दात ३८ अर्ब ५७ करोड ६० लाख पुगेको छ । कोषमा विसं २०७५ असार मसान्तमा नगद मौज्दात ३५ अर्ब ७७ करोड २४ लाख रहेकामा त्यसपछिको अवधिमा दुई अर्ब ८० करोड ३६ लाख वृद्धि भएको कोषद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कोषअन्तर्गत विभिन्न निकायमा असारसम्ममा […]
उपत्यकामा अपराध बढ्यो, देशभर घट्यो
काठमाडौँ, २४ साउन । काठमाडौँ उपत्यकामा विगतका वर्षको तुलनामा अपराधको सङ्ख्यामा वृद्धि भएको छ ।महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४÷०७५ को तुलनामा आव २०७५÷०७६ मा अपराधको सङ्ख्यामा वृद्धि भएको हो । उपत्यकाअन्तर्गत काठमाडौँ, भक्तपुर र ललितपुरमा आव २०७४÷०७५ मा आठ हजार ३८५ मुद्दा दर्ता भएकामा आव २०७५÷०७६ मा उक्त सङ्ख्या बढेर १० […]
जनयुद्धकालको विद्युत् आयोजनाले दिएको उज्यालो
रुकुमपूर्व, २४ साउन । तत्कालीन माओवादीले सशस्त्र जनयुद्धका क्रममा धेरै ठाउँमा विद्यालय, सहिद गेट, चौतारा, विद्युत्गृह लगायतका भौतिक संरचना निर्माण गरिएको थियो ।निर्माण भएका त्यस्ता धेरै संरचना अहिले हराएर गएका छन् । तीमध्ये रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ छिपखोला तथा साविकको प्वाङ गाविस– १ मा माओवादीले बनाएको विद्युत् आयोजना सञ्चालनमा रहेका छन् । उक्त आयोजनाले गर्दा […]
शिक्षक लाइसेन्सको उत्तरपुस्तिका मेशिनबाट जाँचिने, पहिलो पटक ओएमआर मेशिन प्रयोग गर्दै आयोग
भक्तपुर । शिक्षक अध्यापन अनुमति पत्रको उत्तरपुस्तिका अब मेशिनबाट नै परिक्षण हुने भएका छन् । शिक्षक सेवा आयोगले अबदेखि आयोगबाट लिइने सबै परीक्षाको वस्तुगत खण्डको उत्तर पुस्तिका मेशिनबाट जाँच्ने तयारी थालेको छ । यसको पहिलो सुरुवात भने शिक्षक लाइसेन्सको उत्तरपुस्तिकाबाट हुने बताइएको छ । अब लाईसेन्सको परीक्षाबाट आयोगले पहिलो पटक अप्टिकल मार्क रिडर (ओएमआर) मेसिनको […]
दुई वर्षमा १२ प्रतिशत सडक निर्माण
काठमाडौँ, २४ साउन । पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तार दुई वर्षमा जम्मा १२ प्रतिशत मात्रै सकिएको छ । स्थानीयवासीको अवरोध र सडकमा रहेका संरचना नहट्दा सो सडकमा भैतिक प्रगति कम भएको हो । भक्तपुरको पुरानो बाटो भनिने सो सडकमा चिह्न लगाएर मापदण्डअनुसार सडक खाली गर्ने काम काठमाडौँ उपत्यका विकास प्राधिकरण र सडक निर्माणको जिम्मेवारी काठमाडौँ सडक […]
अवैध नापतौल सामग्री नियन्त्रणमा
चिप्लेढुङ्गा, २४ साउन । पोखरा मुख्य व्यापारिक क्षेत्रको बजार अनुगमन गर्दा अवैध तरिकाले नापतौल र मानापाथी प्रयोग भएको पाइएपछि नियन्त्रणमा लिन थालिएको छ । पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, नापतौल कार्यालय र उपभोक्ता मञ्चले गरेको बजार अनुगमनमा उक्त नापतौलका सामग्री नियन्त्रणमा लिइएको हो । संयुक्त अनुगमन टोलीले स्प्रिङ ब्यालेन्स तराजु ३१, माना १९ र अन्य […]
एचआइभी सङ्क्रमितहरुको स्वास्थ्य बीमा
चितवन, २४ साउन । चितवनका स्थानीय तहहरुले एचआइभी सङ्क्रमितहरुको स्वास्थ्य बीमा गर्न शुरु गरेका छन् । अहिलेसम्म जिल्लामा रहेका ११० जना सङ्क्रमितको स्वास्थ्य बीमा गरिएको छ । स्थानीय तहहरुले आफ्नो नीति तथा कार्यक्रमअन्तर्गत नै राखेर बीमा गरेका हुन् । भरतपुर महानगरपालिकाले ५७, कालिका नगरपालिकाले १३, रत्ननगर नगरपालिकाले नौ, राप्ती नगरपालिका र माडी नगरपालिकाले आठ÷आठ र खैरहनी […]
ललितपुरमा पनि यान्त्रिक कुचो
ललितपुर, २४ साउन । ललितपुर महानगरपालिकाको मुख्य सडकमा अब दैनिक एक घण्टा ब्रुमर यान्त्रिक कुचो सञ्चालन हुने भएको छ ।हिलो र धुलोमुक्त महानगर बनाउने अभियानअनुरुप ललितपुरमा आज दुई ब्रुमर र दुई पानी ट्याङ्करको उद्घाटन महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गरे उनले भने “ललितपुरको मुख्य सडक थापाथली पुलदेखि सातदोबाटोसम्म दैनिक एक घण्टा ब्रुमरले सडक सफा गर्नेछ । […]











