काठमाडौँ, ३ भदौ । ‘जयनमो श्रीबुद्ध भगवान् लुम्बिनी बनस बिज्यात । ब्रह्मानं बँपुयेका सरस्वती बसा लायका अलंङ्कापुरया जुजु कुवेर नं धनद्रव्य लायका विज्यात ।’ देशको राष्ट्रिय पर्वका रुपमा रहेको काठमाडौँ उपत्यकामा एक महीनासम्म मनाइने गुँलाधर्ममा स्वयम्भू महाचैत्यदेखि विभिन्न स–साना चैत्यहरूमा बजाइने भगवान् बुद्धको गाथा समेटिएको प्राचीन गाथाको श्लोक हो । यो श्लोक गुँलाथ्व प्रतिपदा (साउन […]
समाज
भक्तपुरमा १२० रोपनी क्षेत्रफलमा बनेका घरटहरा भत्काइयो
भक्तपुर, ३ भदौ । नेपालकै प्रसिद्ध पर्यटकीय क्षेत्र नगरकोटको सौन्दर्यलाई कुरूप बनाउँदै सडक दायाँबायाँ सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाएका घर, टहरा एवं साना तथा ठूला होटल अन्ततः भत्काइएको छ । डिभिजन वन कार्यालय भक्तपुरको नेतृत्व, चाँगुनारायण नगरपालिकाको सहयोग, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको साथ एवं सक्रियतामा भदौ २ गते साँझसम्ममा विगत २८ वर्षदेखि […]
सिंहदरवारभित्रै आत्महत्या गर्ने नासुका सहकर्मी भन्छन ‘हामी आश्चर्यमा छौँ’
काठमाडौँ, ३ भदौ । सिंहदरबारभित्र राष्ट्रिय याजना आयोगको पहिलो तलामा रहेको अनुगमन तथा मूल्याङ्कन शाखाको सभाहलको छेउमा चिया बनाउने ठाउँ छ । आज बिहान कार्यालय समयमा एक कर्मचारी पानी खान जाँदा नायब सुब्बा बच्चुराम केसी लडिरहेको देख्नुभयो । उहाँले जानकारी गराएपछि मात्रै घटना सार्वजनिक भएको हो । “बिहान लडिरहेको जानकारी आउने बित्तिकै सिंहदरबारको प्रहरी र […]
सर्लाहीमा २० वर्षिया युवतीको घाटि रेटी हत्या
सर्लाही ३ भदौ । सर्लाहीमा धारिलो हतियारको प्रयोग गरि एक युवतीको हत्या भएको छ । गए राती एक युवतीको धारिलो हतियारको प्रयोग गरि हत्या भएको हो । ईश्वरपुर नगरपालिकामा धारिलो हतियारको प्रयोग गरि हत्या गरिएको अवस्थामा नाम ठेगाना नखुलेको युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । ईश्वरपुर-१३ श्रीनगर स्थित जंगलको रेलवे बाट सागरनाथ आउने […]
सवारीसाधन अनुमतिपत्रका लागि आवेदन खुला
हेटौँडा, ३ भदौ । प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाले सवारीसाधन अनुमतिपत्रका लागि आवेदन खुला गर्ने भएको छ । उक्त अनलाइन आवेदन आगामी असोज अन्तिम साता खुला गर्ने तयारी गरिएको छ । हाल आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ । उक्त प्रदेशअन्तर्गत रहेको चितवनका दुई हजार ५०० मोटरसाइकल साविकको नारायणी […]
रवि समर्थकलाई निरास पार्दै अदालतले दियो थप ५ दिन थुनामा राख्ने आदेश
काठमाडौं : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या सम्बन्धी अनुसन्धानका लागि समातिएका चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई अदालतले म्याद थप गरिदिएको छ । चितवन जिल्ला अदालतले उनीहरुलाई थुनामै राखी अनुसन्धान गर्न थप ५ दिनको समय थप गरिदिएको हो । यस अघि बिहीबारदेखि लागू हुनेगरी ५ दिन थुनामा राखी अनुसन्धान गर्न दिएको समय सकिएपछि प्रहरी अनुसन्धानको […]
साँगु–चरिकोट सडक मर्मत नहुँदा समस्या
चरिकोट, ३ भदौ । लामोसाँगु जिरी सडकखण्डअन्तर्गत लामोसाँगुदेखि चरिकोटसम्मको सडक खण्डमा निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगर्दा दोलखा र सिन्धुपाल्लचोकका नागरिकले वर्षाको समय कष्ट व्यहोर्दै आउनु परेको छ ।दुई वर्षमा काम सम्पन्न गरी हस्तान्तरण गर्ने गरी २०७२ साल भदौ महीनामा सम्झौता भएको सडक खण्ड पाँच वर्ष बितिसक्दा पनि पूरा नभएकाले यहाँका बासिन्दा जोखिम मोलेरै […]
हातहतियार खरखजाना मुद्दामा फरार अभियुक्त पक्राउ
रौतहट, ३ भदौ । हातहतियार खरखजना मुद्दामा फरार रहेका एक अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा गरुडा नगरपालिका–२ का ४२ वर्षीय रामएकवाल सहनी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । हातहतियार खरखजाना मुद्दामा फरार रहेका सहनीलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी […]
भेरी अञ्चल अस्पताललाई प्रदेशकै उत्कृष्ट बनाइने
काठमाडौँ, ३ भदौ । उपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालगञ्जको भेरी अञ्चल अस्पताललाई तत्काल शिक्षण अस्पताल बनाउने कार्यक्रम नरहे पनि प्रदेश नं ५ कै उत्कृष्ट विशिष्टीकृत अस्पताल बनाइने बताए । प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको उत्तर दिँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रत्येक प्रदेशमा विशिष्टीकृत अस्पताल स्तरोन्नति गर्ने सरकारको योजनानुसार भेरी अञ्चल अस्पताललाई स्तरोन्नति गर्न गत आवमा शुरु गरिसकिएको […]
पत्रकार पुडासैनीको सुसाइडले देश तातिरहँदा सिंहदरवारभित्रै मृत भेटिएका केसीको साथमा भेटियो सुसाइड नोट
काठमाडौं, ३ भदौ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार भित्र नै मृत अवस्थामा भेटिएका कर्मचारीको साथमा प्रहरीले सुसाइड नोट भेटिएको जनाएको छ । मंगलबार बिहान ११ बजे सिंहदरवारभित्र रहेको राष्ट्रिय योजना आयोगको कार्यालयमा एक कर्मचारी मृत अवस्थामा भेटिएका थिए । यसरी मृत अवस्थामा भेटिने काठमाडौंको टौदह निवासी बच्चु केसी रहेको प्रहरीले पत्ता लगाएको छ । […]









