दुर्घटनामा एकको मृत्यु, एक गम्भिर

कावासोती, ४ भदौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ज्यामिरेमा आज बिहान ट्रक अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालीका–२ ज्यामिरेको उकालोमा बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय आरजे०५जिबी ४१६७ नंको ट्रक दुर्घटनामा परेको हो । ट्रक आफँै अनियन्त्रित भएर सडकछेउ विद्युत्को पोलमा ठोक्किएर सडकदेखि करीब […]

महीनावारी र सुत्केरीलाई दिइँदैन दूधदही

बाजुरा, ४ भदौ । जिल्लाका अधिकांश ठाउँमा अझै पनि महीनावारी र सुत्केरी महिलालाई दूधदही नदिने चलन कायमै रहेको पाइएको छ । सामान्य अवस्थाभन्दा महीनावारी र सुत्केरी भएका बेला महिलालाई बढी पोषिलो खाद्यवस्तुको आवश्यकता पर्छ । बडिमालिका नगपालिका–७ सिराडीकी कल्पना विक भन्छिन्, “बाजुराका ग्रामीण भेगमा भने दूधदहीलगायतका गोरसजन्य वस्तु केही दिँदैनन्, सुत्केरी र महिनावरी भएका महिलाले […]

रक्तचन्दनको तेलसहित तीन पक्राउ

काठमाडौँ, ४ भदौ । नेपाल प्रहरीले बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौँ महानगरपालिका–१६ नयाँबजारबाट रक्तचन्दनको तेलसहित धादिङका ५३ वर्षीय अच्युत केसी, सिन्धुपाल्चोकका ४३ वर्षीय जीत लामा र नुवाकोटका २६ वर्षीय सुजन पौडेललाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले […]

गोठ निर्माणसहित उन्नत जातका बाख्रा वितरण

रुकुमपूर्व, ४ भदौ । भुमे गाउँपालिका–२ गाबाङका किसानलाई गोठ निर्माणसँगै उन्नतजातका बाख्रा वितरण गरिएको छ । गाबाङका सात घरपरिवारलाई व्यावसायिक बनाउन गोठ निर्माणसँगै छ÷छ उन्नतजातका बाख्रा वितरण गरिएको हो । जलवायु अनुकूलन तथा ज्ञान व्यवस्थापन कार्यक्रमअन्तर्गत कृषकलाई बाख्रा वितरण गरिएको बताइएको छ । युनाइटेड मिसन टु रुकुम क्लस्टर (युएमएन) को आर्थिक सहयोग र नेपाल मगर […]

जुम्लामा स्याउ महोत्सव गरिँदै

सिञ्जा, ४ भदौ । जुम्लावासी यतिबेला स्याउको बजारीकरणमा व्यस्त हुने बेला भएको छ । पछिल्लो समय पूरै जुम्ला स्याउमय बन्न पुगेको छ । यहाँको प्रमुख आन्तरिक स्रोतका रुपमा रहेको स्याउ निर्यातको सबैलाई चटारो छ । पछिल्लो समय स्याउ जुम्लाको चिनारीसमेत बनेको छ । गत वर्ष जिल्लामा १५ हजार बगैँचामा करीब साढे ४४ हजार बोट रोपिएको […]

देशको राजधानीमा अस्तव्यस्त पार्किङ, काठमाडौंमा पार्किङको कहर

काठमाडौँ, ४ भदौ । निजामती अस्पताल बानेश्वरस्थित सडकमा पार्किङ गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका एक कर्मचारीको गाडीमा ट्राफिक प्रहरीले ‘ह्वील लक’ ग¥यो । पार्किङ निषेधित क्षेत्र भनेर नलेखेकै कारण आफूले पार्किङ गरेको दाबी गर्दै उहाँ महागनरीय ट्राफिक प्रहरी महाशाखामा आए । “उहाँलाई सडक क्षेत्र पार्किङका लागि हुँदै होइन भन्दै हामीले फर्कायौँ”, महाशाकाका प्रवक्ता प्रहरी उपरीक्षक रविकुमार […]

इलाम साहित्यिक महोत्सव असोजमा

इलाम, ४ भदौ । पर्यटन वर्ष–२०२० लाई लक्षित गर्दै सदरमुकाममा ‘इलाम साहित्य महोत्सव’ गरिने भएको छ । जिल्लाभित्रका पर्यटकीयस्थलको प्रचारप्रसार र इलामको साहित्यिक प्रवद्र्धनका लागि आउँदो असोज ३ र ४ गते महोत्सव गरिने भएको हो । साहित्यिक क्षेत्रमा अग्रपङ्तिमा रहेको इलाममा पछिल्ला दिनमा खस्कँदै गएको भन्दै त्यसको पुनःजागरणका लागि महोत्सवले टेवा पु¥याउने साहित्यकारहरुको भनाइ छ […]

झरनामा झरेर क्यानोनिङ महोत्सव मनाइदै

लमजुङ, ४ भदौ । पर्यटकीय सम्भावना भए पनि ओझेलमा परेकाले पर्यटन प्रवद्र्धनका लागि प्रथम क्यानोनिङ महोत्सव २०७६ गरिने भएको छ । डुम्रे बेँसीशहर सडकखण्डस्थित बेँसीशहर नगरपालिका–१ दलालमा रहेको गाईखुरे झरनामा यही भदौ ६ र ७ गते सो महोत्सव गरिने भएको हो । पर्यटन वर्ष २०२० लाई पर्यटन वर्ष घोषणा गरेअनुरुप त्यसलाई सार्थकता प्रदान गर्ने उद्देश्यले […]

जुम्लामा स्याउँका विभिन्न परिकारकाे महाेत्सव हुँदै

सिञ्जा, ४ भदौ । जुम्लावासी यतिबेला स्याउको बजारीकरणमा व्यस्त हुने बेला भएको छ । पछिल्लो समय पूरै जुम्ला स्याउमय बन्न पुगेको छ । यहाँको प्रमुख आन्तरिक स्रोतका रुपमा रहेको स्याउ निर्यातको सबैलाई चटारो छ । पछिल्लो समय स्याउ जुम्लाको चिनारीसमेत बनेको छ । गत वर्ष जिल्लामा १५ हजार बगैँचामा करीब साढे ४४ हजार बोट रोपिएको […]

देशका पाँच नगरका प्रमुख इन्द्रजात्रा अवलोकन गर्न काठमाडौँ आउने

काठमाडौँ, ४ भदौ । यस वर्ष इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका नगरका झण्डै ४८ जना पाहुना काठमाडौँ आउने भएका छन् । आगामी २७ गते पर्ने सो पर्वका अवसरमा छ देशका १३ नगरबाट पाँच प्रमुखसहित ४८ पाहुना आउने निश्चित भएको कामपाले जनाएको छ । महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयले महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई भेटेर सचिवालयको […]