चितवन, ४ भदौ । चितवनको एक होटेलमा मृत अवस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेकी अस्मिता कार्की रुक्कुको पक्षमा बहस गर्न कोही पनि कानुन व्यवसायी तयार नभएको थाहा भएको छ । मृतक पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भिडियोमा लगाएको आरोपका आधारमा यतिबेला न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता तथा […]
समाज
तलबको १० प्रतिशत रकम आमाबुबाको खातामा
कावासोती, ४ भदौ । नवलपरासी पूर्वको देवचुली नगरपालिकाले तलबको दश प्रतिशत रकम आफ्ना आमाबुबाको खातामा जम्मा गर्नुुपर्ने नीति लिएको छ ।ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले नगरसभामामार्फत् चालू आर्थिक वर्षबाट आफ्नो तलबको दश प्रतिशत रकम आमाबुबाको खातामा जम्मा गर्ने निर्णय गरिएको हो । नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेत यस विषयलाई समावेश गरेको छ । सोही […]
बिहादीमा केन्द्र सार्ने विषयमा विवाद
पर्वत, ४ भदौ । दक्षिण पर्वतको बिहादी गाउँपालिकाको केन्द्र राख्ने सम्बन्धमा विवाद चुलिएको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाको भवन निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेपछि केन्द्र कहाँ राख्ने भन्ने विवाद देखिएको हो । बजेट विनियोजन भएर भवन निर्माण गर्ने बेलामा केन्द्र सार्ने विषय पेचिलो बन्दै गएको छ । सङ्घ र प्रदेशको निर्णय बाझिँदा […]
दुर्गममा नेपाल टेलिकमको सेवा,स्थानीयवासीलाई राहत
खाँदबारी, ४ भदौ । सङ्खुवासभाका दुर्गम क्षेत्रमा नेपाल टेलिकमले चार बिटीएस टावर जडान गरेको छ । मोबाइल फोन नचल्ने दुर्गम क्षेत्रका चार स्थानमा बिटीएस टावर थपिएपछि स्थानीयवासीलाई राहत मिलेको छ । भौगोलिकरूपमा विकट र विद्युत् सेवा नभएका कारणले मोबाइल फोन सेवाबाट बञ्चित स्थानीयवासीलाई सहज भएको हो । दुर्गमको समस्यालाई मध्यनजर गर्दै चार स्थानमा सेवा विस्तार […]
अठ्ठाइस करोड बढीको लगानीमा खानेपानी आयोजना
कञ्चनपुर, ४ भदौ । भीमदत्त नगरपालिका–८ तिलाचौरमा रु २८ करोड ५० लाखको लागतमा खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढाइएको छ । आयोजना निर्माणका लागि नगर विकास कोषबाट रु सात करोड १२ लाख ऋण र रु १९ करोड ९५ लाख रकम सरकारले अनुदानका रुपमा उपलब्ध गराउने गरी निर्माणकार्य अगाडि बढाइएको छ । उपभोक्ताको लागत सहभागिताबाट रु […]
नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण गर्न दैनिक आठ घण्टा सडक बन्द
गलकोट, ४ भदौ । बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको झोलुङ्गे पुलको सहायक जग निर्माण गर्न दैनिक साढे आठ घण्टा सडक बन्द गरिने भएको छ । जिल्लाको बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने नेपालकै लामो झोलुङ्गे पुल निर्माण गर्न दैनिक साढे आठ घण्टा पर्वत–बेनी–मुस्ताङ सडकखण्ड बन्द गरिने भएको हो […]
दलितसँग सहभोज खाएका कारण सामाजिक बहिस्करण परेका आचार्य गुहार माग्दै मुख्यमन्त्रीसँग पुगे
खोटाङ, ४ भदौ । जिल्लामा एक सामाजिक बहिस्कारको घटना भएको छ । घटनाका पीडित व्यक्तिले समाजबाट बहिस्कारमा परेपछि प्रदेश सरकारसँग गुहार मागेका छन । जिल्ला समन्वय समितिले गत जेठ १८ गते खाल्लेमा आयोजना गरेको सहभोजमा सहभागी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७६ वर्षीय टङ्कप्रसाद आचार्य बहिस्कारमा परेका हुन् । जिल्लाका प्रतिष्ठित व्यक्ति भेला भएको कार्यक्रममा […]
आईटीमा स्नाकोत्तर गरेका पन्थ बैंककाे जागिर छोडेर व्यावसायिक भैँसीपालनमा
तनहुँ, ४ भदौ । धेरै पढेपछि जागिर खानुपर्छ भन्ने सोच बोकेका व्यक्तिलाई यहाँका एक युवाले गतिलो सन्देश दिएका छन् । सूचना प्रविधि शिक्षा (आइटी)मा स्नाकोत्तर हासिल गरिसकेका व्यासनगरपालिका–१३ स्थित गुँदीका ३८ वर्षीय ईश्वरराज पन्थले व्यावसायिक भैँसीपालन थालेका छन् । आठ वर्षसम्म दमौलीको एक संस्थागत विद्यालयमा प्रिन्सिपल बन्नुभएका पन्थ पछिल्लो समय लाइफ इन्स्योरेन्स कम्पनीको शाखा प्रबन्धक […]
ठक्करबाट साइकलयात्रीको मृत्यु
भरतपुर, ४ भदौ । चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका–४ लक्ष्मीनारारायण चोकस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हो । हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको बा१८च ९८९६ नंको स्कारपियोले विपरीत दिशाबाट आइरहेका साइकलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका साइकलयात्रीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा […]
बाढी र डुबानको समस्या समाधान नहुँदा सास्ती
महोत्तरी, ४ भदौ । असार मसान्तताका गणन्ते खोल्सीको भेलले पुरेको आँगनको गेगर बर्दिवास नगरपालिका–१ का विनोद खड्काले अझै हटाइसकेका छैनन् । साँझपख बादल मडारिएको देख्नासाथ विनोदजस्तै बर्दिवासका बासिन्दा रातभरि अझै जाग्राम बस्दैछन् । पाखा कन्दरा भत्काउँदै उर्लेर आएको गणन्ते खोल्सीले एक महीना पहिले बर्दिवासचोकमै रहेको विनोदको घरभित्रसम्म गेगर थुप््य्राउँदा करोडौँ मूल्यका मोटर पार्टस्का सामान पुरिएर […]








