भीमसेन मन्दिर पुनर्निर्माणको काम अघि बढ्यो

ललितपुर, ३ भदौ । पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिरको पुनर्निर्माणमा स्थानीय बासिन्दा आफैं जुटेका छन् । पाटनभरि भीमसेनका मुख्य ४ मन्दिर र अन्य साना २७ मूर्ति छन् । भारत सरकारले पुनर्निर्माण गर्ने भनिएको सो मन्दिर भूकम्प गएको चार वर्ष बितिसक्दा पनि चासो नदेखाएपछि स्थानीय जनताबाट पुनर्निर्माणको कदम अघि बढेको हो ।‘हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ […]

तीन दिन भारी वर्षाको सम्भावना

काठमाडौँ, ३ भदौ । मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेकाले सो प्रभावले देशका अधिकांश स्थानमा मनसुनी वर्षा भइरहेको छ ।हाल देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै उक्त प्रणालीको प्रभावका कारण […]

अव्यवस्थित पार्किङले काठमाडौँ अस्तव्यस्त

काठमाडौँ, ३ भदौ । निजामती अस्पताल बानेश्वरस्थित सडकमा पार्किङ गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका एक कर्मचारीको गाडीमा ट्राफिक प्रहरीले ‘ह्वील लक’ ग¥यो ।पार्किङ निषेधित क्षेत्र भनेर नलेखेकै कारण आफूले पार्किङ गरेको दाबी गर्दै उहाँ महागनरीय ट्राफिक प्रहरी महाशाखामा आउनुभयो । “उनलाई सडक क्षेत्र पार्किङका लागि हुँदै होइन भन्दै हामीले फर्कायौँ”, महाशाकाका प्रवक्ता प्रहरी उपरीक्षक रविकुमार पौडेलले […]

सङ्घीय प्रहरी एकाइको भवन निर्माण

पोखरा, ३ भदौ । सङ्घीय प्रहरी एकाइ कार्यालयका लागि साढे दुई तल्ले १६ कोठे आधुनिक सुविधासम्पन्न भवन निर्माण गरिएको छ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको रु दुई करोड ७८ लाख ७० हजार २९६ को लागतमा सो भवन निर्माण गरिएको हो ।सोही कार्यालयको हातामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको रु तीन करोड २५ लाखसात हजार ५८६ को लागतमा […]

आठवर्षसम्म भवन नबनेकामा आपत्ति

काठमाडौँ, ३ भदौ । काठमाडौँ उपत्यकाभित्र सरकारी भवन निर्माण गर्न सामान्यतया कति वर्ष लाग्छ भन्ने जवाफ स्वयं सरकारी निकायसित छैन । सम्झौता भएको आठवर्ष बित्न लाग्यो, चिकित्सा अध्ययन संस्थान महाराजगञ्ज परिसरमा निर्माणाधीन ‘सुरेश वाग्ले स्मृति केन्द्र’ भवन कहिले बन्छ र अस्पताल सञ्चालनमा आउँछ रु यसको उत्तर छैन–शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या तथा शहरी […]

सडक दुर्घटनामा मृत्यु

कावासोती, ३ भदौ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिकामा आज बिहान सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा भारत मोतिहारी घर भई मध्यविन्दु नगरपालिका–७ चोरमारामा प्लास्टिक पसल गर्दै आएका ३६ वर्षीय मोहम्मद साहवीर आलम रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी […]

विश्वकै अग्लो मानववस्तीमा ‘डोल्पो महोत्सव’

सुर्खेत, ३ भदौ । विश्वको सर्वाधिक अग्लो स्थानमा अवस्थित मानववस्ती धो तरापमा ‘डोल्पो महोत्सव २०७६’ आयोजना गरिने भएको छ । डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिकाको तरापस्थित क्रिष्टल माउन्टेन विद्यालय प्राङ्गणमा यही भदौ २४–२८ गतेसम्म सो महोत्सव आयोजना गरिने महोत्सव मूल आयोजक समितिका संयोजक ग्याल्पो थापा भोटेले सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । […]

पूर्वपश्चिम राजमार्ग मर्मत हुँदै

भीमदत्तनगर, ३ भदौ । मुलुककै जेठो पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको चिसापानीदेखि अत्तरियासम्म ‘पाइलोट सडक मर्मत’ कार्यक्रमअन्तर्गत महेन्द्र राजमार्ग मर्मत शुरु भएको छ । डिभिजन सडक कार्यालयले राजमार्ग मर्मतका लागि रु २७ करोड ७३ लाख ७७ हजार बजेट उपलब्ध गराएकामा रु १७ करोड ९६ लाखमा मर्मत गर्ने गरी कालिका–जोशी जेभी निमार्ण कम्पन्नीसँग गत फागुनमा ठेक्का सम्झौता भएको […]

छोरा जन्माउने आशै आशामा १३ सन्तान, ७0 जनाको अभिभावक

पाल्पा, ३ भदौ । छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७ वर्षीय सुमित्रा वि क ले १३ सन्तानको जन्म दिएकि छन । तेह् वर्षको उमेरमा २८ वर्षीय नरबहादुर वि कसँग विवाह बन्धनमा बाँधिएकी सुमित्रा १५ वर्षको उमेरमा आमा बनिन् । छोरा नजन्माउँदा समाजले नानाथरी नकारात्मक कुराहरु गर्न थालेपछि विकले १२ छोरी र एक […]

सिंहदरवारभित्रैको कार्यालयमा एक कर्मचारीले गरे आत्महत्या

काठमाडौं, ३ भदौ । पछिल्लो समय आत्महत्या गर्ने क्रम ह्वात्तै बढेको छ । सरकारी कर्मचारीहरुले पनि आत्महत्या गर्ने क्रम बढेको छ । यसैक्रममा राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमै मृत अवस्थामा भेटिएका छन् । आयोगका कर्मचारी सुब्बा बच्चु केसी कार्यालयमा लडिरहेको अवस्थामा भेटिएका हुन् । आयोगका कर्मचारी स्रोतका अनुसार उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका […]