सिंहदरवारभित्रैको कार्यालयमा एक कर्मचारीले गरे आत्महत्या

काठमाडौं, ३ भदौ । पछिल्लो समय आत्महत्या गर्ने क्रम ह्वात्तै बढेको छ । सरकारी कर्मचारीहरुले पनि आत्महत्या गर्ने क्रम बढेको छ ।

यसैक्रममा राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमै मृत अवस्थामा भेटिएका छन् । आयोगका कर्मचारी सुब्बा बच्चु केसी कार्यालयमा लडिरहेको अवस्थामा भेटिएका हुन् । आयोगका कर्मचारी स्रोतका अनुसार उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका गरिएको छ ।

आयोगका कर्माचार्यले ११ बजे उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । केसी मृत भेटिएको ठाउँमा सेल्फोस ट्याब्लेट र केराको बोक्रा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले अहिले सिंहदरवार र याेजना अायाेगमा जडान गरिएका सीसीटीभी हेरेर अनुसन्धान अगाडि बढाएकाे जनाएकाे छ । 

Loading...