आत्महत्या गर्न पासोमा लागिसकेका उपमहानगरका वडाअध्यक्षलाई डोरी काटेर बचाइयो

काठमाडौं, २१ भदौ । पछिल्लो समय देशमा आत्महत्याका घटना धेरै बढेका छन् । सर्वसाधारण मानिसदेखि राजनीतिक नेता, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मीहरुले समेत आत्महत्या गरेका खबर निरन्तर आइरहेका छन् ।

यसैक्रममा एक जनप्रतिनिधिले आत्महत्या गर्न लागेका जनप्रतिनिधिलाई बालबाल बचाइएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ का वडाध्यक्ष रमेश नेपालले शनिबार आत्महत्या प्रयास गरेका थिए । आत्महत्या गर्न डोरीमा पासो लागिसकेका उनलाई तत्काल देखेपछि डोरी काटेर बचाइएको हो । उनको अवस्था भने गम्भिर रहेको बताइएको छ ।

पुरानो बुटवल बजारस्थित आफ्नै घरमा सिलिङ फ्यानमा नेपाल पासो लागेका थिए । तत्कालै परिवारका सदस्यले देखेपछि उनलाई उद्दार गरी अस्पताल पुर्याइएको थियो । स्थानीयका अनुसार आमाले देखेपछि छिमेकीको सहयोगमा पासो लागेको डोरी काटेर नेपाललाई उद्दार गरिएको थियो । उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

अस्पतालमै रहेका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले नेपालको अवस्था गम्भीर रहेको बताएका छन् । नेपालको लामो समय श्वासप्रश्वास बन्द भएको कारण मष्तिष्कमा अक्सिजनमा समस्या आए पनि घाँटीको हड्डी नभाँचिएको जनाइएको छ ।

आत्महत्या प्रयासको कारण भने खुलेको छैन ।

Loading...