ट्राफिक नियममा कडाई र दुर्घटना न्युनिकरण पहिलो प्राथमिकता : सर्लाही ट्राफिक प्रहरी प्रमुख

सर्लाही, ४ भदौ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक सूर्य नारायण यादवले आफ्नो कार्यकालमा ट्राफिक नियमलाई कडाईका साथ लागू गरिने र सडक दुर्घटना न्युनिकरण गरिने प्रतिवद्धता प्रकट गरेका छन् । ट्राफिक नियमको पालना र सडक दुर्घटना न्युनिकरणमा आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाइ छ । भर्खरै कार्यभार सम्हालेका ट्राफिक प्रहरी प्रमुख यादवले […]

१२ महिलासहित रवि लामिछानेका २३ समर्थक विरुद्ध प्रहरीले दायर गर्यो मुद्दा

चितवन । प्रहरीले रवि लामिछानेका २३ जना समर्थक विरुद्ध पनि मुद्दा दर्ता गरेको छ । लामिछानेको गिरफ्तारी विरुद्ध चितवनमा प्रदर्शनमा गर्दा उग्र स्वभाव देखाएको र उच्छृङखल गतिविधि गरेको भन्दै प्रहरीले उनीहरुविरुद्ध मुद्दा दता गरेको हो । प्रहरीले २३ जनालाई नै पक्राउ गरिसकेको छ । चितवनको भरतपुरमा भएको प्रदर्शनका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । जिल्ला […]

गोँगबुको होटलमा एक जोडि मृत फेला

काठमाडौँ, ४ भदौ । टोखा नगरपालिका–९ गोँगबुस्थित मोरङ, पर्वत, धौलागिरि, पोखरा होटल एण्ड लजमा दुई व्यक्ति मृत अवस्थामा फेला परेका छन् । उक्त होटलको १११ नम्बर कोठामा मङ्गलबार राति होटलमा बस्न आएका चितवन चैनपुरका ३७ वर्षीय यामबहादुर मगर र काभ्रेपलाञ्चोक पनौतीका २८ वर्षीय सविना तामाङ बजगाईं आज दिउँसो मृत अवस्थामा फेला परेका हुन् । महानगरीय […]

शताब्दीभरीमा २३ सय बाघको हत्या र ओसारपसार

जेनेभा, ४ भदौ । एक शताब्दीभरीमा २३ सयभन्दा बढी बाघ मारिएको र अवैध ओसारपसार गरिएको पाइएको छ । हालै सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनका अनुसार हरेक वर्ष औसतमा १२० वटा बाघको अवैध ओसारपसार हुने गरेको छ । अध्ययनकर्ताहरूले यो तथ्याङ्कले चिन्ताजनक अवस्था देखिएको भन्दै यसतर्फ तत्काल संरक्षणात्मक अभियान चलाउनु पर्नेमा जोड दिएका छन् ।

चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ अन्त्य हुने

काठमाडौँ, ४ भदौ । चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउने उद्देश्यले ‘मास प्रिन्टर’ जडानको काम शुरु भएको छ । गत साता मात्रै आइपुगेको सो प्रिन्टरको जडान तीन सातामा सकिएर सो उपकरण प्रयोगमा आउने बताइएको छ ।जडानको काम सकिएपछि नै त्यसले छपाइको काम थाल्ने यातायात व्यवस्था विभागका निर्देशक प्रेमकुमार सिंहले बताए । उनका अनुसार सो प्रिन्टरको […]

युवा वर्ष मोति पुरस्कार चापागाईं र बललाई संयुक्त रुपमा

काठमाडौँ, ४ भदौ । वि सं २०७६ को ‘युवा वर्ष मोति पुरस्कार’ युवा साहित्यकारद्वय शङ्कर चापागाईं धनकुटे कान्छा झापा र फुलवान बल काभ्रे लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको स्मृतिमा विसं २०४२ मा राष्ट्रिय युवा कोषद्वारा स्थापित सो पुरस्कारको राशि रु ५० हजारसहित स्वर्णपदक रहेको छ । पुरस्कार […]

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमा मन्त्री पोखरेल

विराटनगर, ४ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्च विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन तयार पारिएको सङ्घीय शिक्षा नीति अन्तिम चरणमा पुगेको बताए छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान शुभारम्भ गर्दै उनले अभिभावक, शिक्षाविद्सँगको लामो छलफलपश्चात् उक्त नीति निर्माण गर्न लागिएको बताए […]

थारू सम्मेलनमा नेकपा को असहमति

भजनी, ४ भदौ । यही भदौ ७, ८ र ९ गते हुने थरूहट÷थारूवान् राष्ट्रिय सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी नेकपा का भ्रातृ सङ्गठनले असहमति जनाएका छन् ।नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ सङ्गठन थारू राष्ट्रिय मुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक थारू सङ्घ जिल्ला समिति कैलालीले पत्रकार सम्मेलन गरी कार्यक्रममा सहभागी नहुने बताएका छन् । उनीहरूले भदौ ७, ८ […]

ज्ञानको समृद्धिकरणमा माक्र्सवाद र एसियाली दर्शन

काठमाडौँ, ४ भदौ । पहिलोपटक आयोजना गरिएको माक्र्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन दुईबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र माक्र्सीय गुरुकुलले संयुक्त रुपमा सोमबारदेखि काठमाडौँमा आयोजना गरेको सम्मेलनमा नेपाल, भारत, चीन, जर्मनी, बेलायतलगायत देशका ३०० प्रतिनिधिको सहभागिता थियो । सम्मेलनले माक्र्सवाद र एसियाली दर्शनलाई दार्शनिकबीच […]

डिपिआर स्वीकृतसँगै आयोजनाको काम तीव्रता पाउने

काठमाडौँ, ४ भदौ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन डिपिआर स्वीकृत भएसँगै आयोजनाको कामले तीव्रता पाउने भएको छ ।कोरियाको सुसुङ इञ्जिनीयरिङ एवं कन्सल्टिङ कम्पनीले तयार गरेको डिपिआरलाई सरोकारवाला मन्त्रालयसँगको परामर्शमा संशोधनसहित भदौ १ गते मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो । एसियाली राजमार्गको ‘क’ वर्गको डिजाइन मापदण्डका आधारमा बनाइने उक्त द्रूतमार्गको अनुमानित […]