बीस लाखको उपचार, साढे चार लाखको शल्यक्रिया

पोखरा, ११ भदौ । नेत्र ज्योति सङ्घ कास्कीद्वारा सञ्चालित हिमालय आँखा अस्पताल, पोखराले स्थापनाको साढे दुई दशकमा २० लाख आँखाका बिरामीको उपचार गरेको छ भने साढे चार लाखको मोतियाविन्दुको शल्यक्रिया गरेको छ । साविकका गण्डकी, धौलागिरि र कर्णाली अञ्चललाई मुख्य सेवा क्षेत्र बनाएको अस्पतालबाट दैनिक ५०० बिरामीले आँखाको उपचार सेवा लिँदै आएका छन् । अघिल्लो […]

रसायनिक मलको माग बढ्दो,आपूर्ति घट्दो

लहान, ११ भदौ । सिरहामा वर्षेनी रसायनिक मलको माग बढ्दै गएको छ । माग अनुसारको आपूर्ति घट्दै गएपछि किसान समस्यामा परेको छ । लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डिएपी र युरिया मलको आपूर्ति घट्दै गएपछि अन्य रसायनिक मलको बिक्री वितरण बढेको हो । एकातिर सिरहामा रसायनिक मलको माग बढ्दै गएको छ भन्ने अर्कोतिर जिल्लामा […]

यस्तो छ अस्मिता कार्कीले दिएको बयान, ‘न्यूज २४ टिभीबाट मलाई पटक–पटक फोन आयो’, यस्तो रहेछ रहस्य

काठमाडौं, ११ भदौ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा नाम मुछिएका कारण पक्राउ परेकी अस्मिता भन्ने रुकु कार्की अदालतबाट साधारण तारेखमा रिहा भएकी छन् । शालिकले मर्नुअघि गरेको भिडियो रेकर्डमा अस्मिताकै कारण आफूले आत्महत्या गर्ने निर्णय लिएको बताएका थिए । तिनै अस्मिताले प्रहरी समक्ष दिएको बयान बाहिर आएको छ । आफ्नो बयानमा अस्मिताले ‘न्युज २४ […]

आन्तरिक सडक खोल्न स्थानीय सरकारलाई सकस

जाजरकोट, ११ भदौ । वर्षैपिच्छे निर्माण गरिएका यहाँका आन्तरिक सडक वर्षायाममा भत्किएका कारण स्थानीय सरकारलाई सडक खुलाउन सकस भएको छ । आन्तरिक स्रोत नभएका जिल्लाका स्थानीय सरकारलाई सडक खुलाउन समस्या भएको हो । दाता संस्थाद्वारा प्राविधिक जाँच तथा लागत अनुमानबिना निर्माण गरिएका सडक भत्किएका कारण शुरुमा निर्माण गर्दा लागेको रकम बराबर अहिले भत्किएका सडक मर्मत […]

प्रसिद्ध बच्छेश्वर मन्दिर पुग्ने पदमार्ग निर्माण

पर्वत, ११ भदौ । पर्वतमा पर्यटकीय पूर्वाधार निर्माण कार्य तीव्रगतिमा भइरहेको छ । गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष र सङ्घीय सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउने घोषणा गरेकाले त्यसलाई सफल बनाउनका लागि पर्यटकीय पूर्वाधार निर्माण कार्य तीव्रगतिमा भइरहेको हो । गत आर्थिक वर्षदेखि पर्वतमा झण्डै एक दर्जनभन्दा बढी पदमार्ग र ४८ स्थानमा होमस्टे सेवा […]

घटेन किशोरीमै आमा बन्ने सङ्ख्या

सुर्खेत, ११ भदौ । कर्णाली प्रदेशमा बालविवाह विरुद्धका थुप्रै कार्यक्रम भइरहेका छन् । सरकारी निकायदेखि मानव अधिकारवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ÷संस्थाले बालविवाह रोक्न थालेको अभियानले अपेक्षित सफलता प्राप्त गरेको देखिँदैन । सबै निकायले प्रतिवेदन पनि तयार गरिएकै पाइन्छ तथापि त्यसको प्रभावकारिताले अर्थ राखेको देखिँदैन । सामान्यत यो अवस्थालाई कर्णाली प्रदेश अस्पतालको गत आव ०७४÷०७५ र […]

पढ्दा पढ्दै कक्षाकोठामै ढलेकी कमलाको मृत्यु, आठ जना बेहोस

पाल्पा, ११ भदौ । पाल्पाको एक विद्यालयमा अनौठो घटना घटेको छ । जिल्लाको रम्भा माध्यमिक विद्यालयमा कोचिङ पढ्दै गदाृ एकाएक बेहोस भएकी एक जना विद्यार्थीको मृत्यु नै भएको छ भने अन्य ८ जना अझै बेहोस नै रहेका छन् । रम्भा माविकी छात्रा कमला फालको कोचिङ पढ्दा पढ्दै बेहोस भएर मृत्यु भएको हो । उनका अन्य ८ […]

अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी

भोजपुर, ११ भदौ । भोजपुर नगरपालिका–१२ र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माणस्थलमा राखिएको एक्जाभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । पुल निर्माणको जिम्मा लिएको मार्सेली निर्माण सेवाले निर्माणस्थलमा राखेको उक्त एक्जाभेटरमा पेट्रोल छर्केर आगजनी गरिएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोही स्थानमा शंकास्पद वस्तु पनि फेला पारेकाले निगरानी भइरहेको र नेपाली […]

क्षमताभन्दा बढि यात्रु कारण जीप दुर्घटनामा एकको मृत्यु

डडेल्धुरा, ११ भदौ । डडेल्धुराको अजयमेरु गाउँपालिका–५ देवलबाट जिल्ला सदरमुकाम आई रहेको म १ ज २१० नं को जीप आज बिहान दुर्घटना हुँदा अजयमेरु गाउँपालिकाकी ६३ वर्षीया मानमती देवी चन्दको मृत्यु भएको छ । अजयमेरु देवलबाट सवारी बोकी जिल्ला सदरमुकाम आउने क्रममा भागेश्वर गाउँपालिका–४ को डुङरी भन्ने स्थानमा उक्त जीप दुर्घटना भएको स्थानीय रमेश मल्लले […]

कृषि र पशुपालनबाट मासिक दुई लाख ५० हजारभन्दा बढी कमाइ

गलेश्वर, ११ भदौ । पाँच वर्ष साउदीको चर्को घाममा पसिना बगाउँदा पनि गाउँ फर्किदा रित्तो हात भएपछि म्याग्दीको बेनी नगरपालिका–४ वास्कुनाका तिलक गुरुङको विदेशप्रति मोह भङ्ग भयो । रु दुई लाख ऋण खोजेर १५ वर्ष अघि साउदी गएका गुरुङ पाँच वर्षसम्म काम गर्दा पनि ऋणसमेत तिर्न नसक्ने अवस्था आएपछि उल्टो ऋणको बारी बोकेर गाउँमा फर्किए […]