शपथको मिति तय: १३ चैतमा बालेन प्रधानमन्त्री बन्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा वरिष्ठ नेता बालेन शाह को नेतृत्वमा सरकार गठन गर्ने तयारी तीव्र पारेको छ । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै रास्वपाले सरकार गठनका लागि आवश्यक समन्वय पूरा गरेको जनाएको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संसद् सचिवालय तथा निर्वाचन […]

इरानले पहिलो पटक प्रयोग गर्यो ४ हजार किलोमिटर पर मार हान्ने मिसाइल

काठमाडौँ । इरानले अमेरिका र इसराइलसँग युद्धको पहिलो पटक लामो दूरीमा प्रहार गर्ने मिसाइल प्रहार गरेको छ। शनिबार इरानले हिन्द महासागरको डिएगो गार्सियास्थित अमेरिका-बेलायतको सैन्य अड्डालाई निशाना बनाएर ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो। यो सैन्य अड्डा तेहरानबाट ४ हजार किलोमिटरको दूरीमा रहेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। इरानले तीन साताको युद्धमा पहिलो पटक यति […]

तिनाउ खोलामा डुबेर दुई भारतीय बेपत्ता

पाल्पा । पाल्पाको तिनाउ खोलामा डुबेर दुई भारतीय पर्यटक बेपत्ता भएका छन् । तिनाउ गाउँपालिका-३, दोभान ड्यामसाइडस्थित जलविद्युत आयोजनाको हेडबक्सनजिक उनीहरू डुबेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जनाको समूहमा रहेका उनीहरूमध्ये २ जना पुरुष बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीका अनुसार उनीहरू डुबेर बेपत्ता भएको थाहा पाएपछि स्थानीय, […]

आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतका पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री कार्कीसमक्ष प्रतिवेदन पेश गरेका हुन् । आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायत पनि सो कार्यक्रममा पुगेका थिए । त्यस्तै, गृहमन्त्री […]

ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु, ४ जना घाइते

काठमाडौँ । ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ । आइतबार बिहान ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित होसना इँट्टाभट्टामा काम गर्ने रुकुमकी ५५ वर्षीय तिल्सरी खड्काको मृत्यु भएको हो । पर्खाल भत्किएर गम्भीर घाइते भएकी खड्काको ठैबस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सो घटनामा ४ जना घाइते भएको प्रहरीले जनाएको छ । […]

सामान्य वर्षामै सडक ठप्प—दाउन्ने खण्डमा सवारी फस्दै

नवलपरासी । पुर्वपश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडकखण्ड शुक्रबारदेखि अवरुद्ध बनेको अवस्थामा अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। नवलपरासी बर्दघाट पुर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डमा सडक अत्यधिक चिप्लो र हिलो भएपछि यातायात सेवा गम्भीर रूपमा प्रभावित भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार हिउँदे वर्षा रोकिए पनि सडकमा जमेको हिलो तथा दाउन्ने पहाडबाट निरन्तर […]

आजको मौसम: कोशी, मधेस र बागमतीमा वर्षा र चट्याङ्गको चेतावनी

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव कायमै रहेको छ। यसका कारण देशका विभिन्न भूभागमा मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहेको छ। महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश लगायत पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक […]

इरानी नयाँ वर्षमा रुसी राष्ट्रपति पुटिनको सन्देश – मस्को सधैँ तेहरानको वफादार साथी रहन्छ

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिरि पुटिनले रुस सधैँ इरानको वफादार र भरोसायोग्य साथी रहेको बताएका छन् । शनिबार इरानी नेतालाई ‘नवरोज’(इरानी नयाँ वर्ष)का अवसरमा शुभकामना दिँदै पुटिनले यस्तो बताएका हुन् । ‘मस्को(रुसी राजधानी) सधैँ तेहरान(इरानी राजधानी)को वफादार र भरोसायोग्य साथी रहेको छ,’ क्रेमलिन(रुसी राष्ट्रपति भवन)द्वारा जारी वक्तव्यमा भनिएको छ,‘राष्ट्रपति भ्लादिमिरि पुटिनले इरानका सर्वोच्च नेता मोजतबा […]

सिंगापुरबाट हङकङ पुगे पूर्वप्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ गएका छन् । सिंगापुरमा नियमित उपचार सकिएपछि उनी थप स्वस्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन हङकङ गएका हुन् । हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर देउवा स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । देउवा फागुन १३ गते राति […]

दुई समुदायबीच झडप रोक्न कपिलवस्तुको महाराजगञ्जमा निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा दुई समुदायबीच झडप रोक्न जिल्ला प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।आज बिहान मन्दिरमा भजन गाउँदा तोडफोडको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबीच तनाव सिर्जना भएको थियो । सम्भावित झडपलाई रोक्न कुनै किसिमको भेला, सभा, जुलुस गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आज दिउँसो २ बजेदेखि अर्को सूचना […]