बाँके, २३ असोज । नेपाल प्रहरीले ९८ हजार नगदसहित तीन जना जुवाडेलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ स्थित पुष्पराज खनालको घरमा जुवा चलिरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जुवा खेलिरहेका अरू तीन जना फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका कोहलपुरका उमेश शाही, केशवराज क्षेत्री र नरबहादुर खत्रीका साथबाट […]
समाज
रसुवामा वेपत्ता भएका पर्यटक खोजी तीव्र
रसुवा, २२ असोज । उत्तरी रसुवाअन्तर्गत तामाङ सम्पदा पदमार्गको भ्रमण गर्ने क्रममा यही असोज ५ गतेदेखि बेपत्ता पर्यटकको खोजीका लागि दक्ष जनशक्ति परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख भाग्येन्द्रपुरूष ढकालका अनुसार भ्रमणका क्रममा हराइरहेका दक्षिण कोरियाली ४२ वर्षीय सिसुङ राहदानी नम्वर एम ओ ८११८३५५ को खोजी भइरहेको हो । दुई दिनदेखि नेपाल प्रहरीका […]
प्रथम अन्तर्राष्ट्रिय तमु सम्मेलनको तयारी पूरा
काठमाडौँ, २२ असोज । नेपालमा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय गुरुङ (तमु) सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । सम्पूर्ण गुरुङ (तमु) समुदायको छाता सङ्गठन तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा असोज २४ र २५ गते हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको हो । गुरुङ समुदायको एकता, अस्तित्व र पहिचानलाई केन्द्रमा राखेर हुन […]
पर्यटकको रोजाइमा ‘मुन्दुम ट्रेल’, सात पर्यटकको भव्य बिदाइ
भोजपुर, २२ असोज । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै आएका पर्यटकले भोजपुरको ‘मुन्दुम ट्रेल’ उत्कृष्ट तीन वटाभित्र पर्ने प्रतिक्रिया दिएका छन् । उनीहरुले नेपालको हालसम्म ४३ वटा पर्यटकीय क्षेत्रको भ्रमण गरेकामा यो मुन्दुम ट्रेल उत्कृष्ट तीनभित्र परेको प्रतिक्रिया दिएका हुन् । नेपाल सरकारको उत्कृष्ट १०० वटा पर्यटकीय क्षेत्रको सूचीमा पर्न सफल मुन्दुम ट्रेलको ट्रेकिङका […]
हराएका ४८८ महिला तथा बालबालिका फेला परे
दमौली, २२ असोज । जिल्लामा तीन वर्षको अवधिमा हराएका ४८८ जना महिला तथा बालबालिका फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयमा ५१३ महिला तथा बालबालिका हराएको निवेदन परेपछि प्रहरीको सहयोगमा ४८८ महिला तथा बालबालिका फेला परेका हुन् । आर्थिक वर्ष २०७४÷७५ मा २५६, ०७५÷७६ मा २२८ र चालू आर्थिक वर्ष ०७६÷७७ मा २९ जना महिला […]
भक्तपुरमा खड्गजात्रासहित घोडाजात्रा सम्पन्न
भक्तपुर, २२ असोज । प्रत्येक वर्ष दशैँको टीका (दशमी) को दिन राति मनाइने भक्तपुर तलेजु भवानीको बाहन सेतो घोडाजात्रा मध्यरातिबाट शुरु भएर आज बिहान सम्पन्न भएको छ । विजयादशमीको राति तलेजु भवानीमा तलेजुका चार मूल नाइके आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा, टीका साइत पूजा र विसर्जन पूजा सम्पन्न गरेपछि मध्यरातिबाट सेतोघोडा जात्रा […]
दुईवटा सहकारीले मात्रै दुई करोड ५० लाखको खसीबोका बिक्री गरे
कावासोती, २२ असोज । नवलपरासी पूर्वनवलपुरमा रहेका दुईवटा सहकारीले मात्रै बडादशैँमा दुई करोड ५० लाख बराबरको खसीबोका बिक्री गरेका छन् । गएको दश दिनको अवधिमा सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रबाट सो मूल्य बराबरका खसीबोका बिक्री भएको हो । हुप्सेकोट गाउँपालिकाको झ्यालबासस्थित लेकबँेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दशैँमा मात्रै दुई करोड ३० लाखको मूल्य बराबरको […]
रावण बध र लङ्कादहन कार्यक्रम सम्पन्न
धनुषा, २२ असोज । प्रत्येक वर्ष विजयादशमीको अवसरमा जनकपुरधाममा हुँदै आएको रावण बध कार्यक्रमसँगै यस वर्ष लङ्कादहन पनि गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले कृतिम लङ्का दहन गरेका हुन् । विजयदशमीको अन्तिम दिन मङ्गलबार साँझ रावणको प्रतिमा निर्माण गरी रावण बध कार्यक्रमको आयोजना गरिएको हो । १४ वर्षको वनवासपछि रावणसँग युद्धमा भगवान् रामले […]
आमासँग मिलेर आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ
काठमाडौं, २१ असोज । आफ्नै बाबुको हत्या गरी फरार भएका एक छोरा र आमालाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेर बाबुवालई कुटपिट गरी हत्या गरेका सप्तरी महादेवा १ बजुराही टोलका नहिम पमरियालाई प्रहरीले पक्राउ गरेको हो । २० वर्षीय छोरा नहिम पमरियाले आफ्नै ६२ वर्षीय बाबु महमद गफुरलाई कुटेर हत्या गरेका थिए […]
दसैमा जेठानी र देउरानीबीच छुरा हानाहान हुँदा एकको मृत्यु, एक घाइते
धनुषा, २१ असोज । दसैकै अघिल्लाे राति जेठानी र देउरानीबीच छुरा हानाहान हुँदा एक जनाकाे मृत्यु भएकाे छ । धनुषाकाे औरही नगरपालिका–१, झिटकैयामा यस्ताे घटना भएकाे हाे । झिटकैया निवासी अहमद राइनकी पत्नी २६ वर्षीया सुनौल र अहमदका भाइ विवरण राइनकी २२ वर्षीया पत्नी सहानी खातुनबीच विवाद भएकाे थियाे । साेही विवादका क्रममा जेठानी सुनाैलले […]










