आमासँग मिलेर आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ

काठमाडौं, २१ असोज । आफ्नै बाबुको हत्या गरी फरार भएका एक छोरा र आमालाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेर बाबुवालई कुटपिट गरी हत्या गरेका सप्तरी महादेवा १ बजुराही टोलका नहिम पमरियालाई प्रहरीले पक्राउ गरेको हो ।

२० वर्षीय छोरा नहिम पमरियाले आफ्नै ६२ वर्षीय बाबु महमद गफुरलाई कुटेर हत्या गरेका थिए । बाबुलाई हत्या गर्न आमा जमुनी खातुनले सहयोग गरेको पनि खुलेको छ । ५० वर्षीय जमुनीले आफ्ना श्रीमानलाई हत्या गर्न छोरालाई सहयोग गरेको बताइएको छ । महमद गफुरको हत्या भए पनि उनका छोरा र श्रीमती दुबै जना फरार भएका थिए । अहिले प्रहरीले फरार भएका आमा र छोरा दुबैलाई पक्राउ गरेको छ ।

छोरा पमरियालाई उक्साएको भन्दै मृतककी श्रीमती ५० वर्षीया जमुनी खातुनलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले यही असोज १९ बजुराही टोलमै ६२ वर्षीय महमद गफुरलाई कुटेर हत्या गरेका थिए ।

घटनापछि फरार रहेका आमा छोरालाई मंगलबार प्रहरी चौकी पकरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, सप्तरीका सूचना अधिकृत डीएसपी तिलक भारती सामान्य विषयमा उनीहरु बीच पटकपटक विवाद हुने गरेको स्थानीयले जानकारी दिएको बताए । छोराको साथमा लागेर श्रीमतीले पनि महमदलाई कुटपिट गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

नहिमले मादक पदार्थ सवन गर्न बुबासँग पैसा माग्ने र नदिए कुटपिट गर्ने गरेको देखिएको अनुसन्धान अधिकृत बताउँछन् । अहिले आमाछोरालाई जिल्ला प्रहरी कार्यालय, सप्तरीमा राखेर आवश्यक अनुसन्धान भइरहेको डीएसपी भारतीले बताए ।

Loading...