कुलमानको कौशल: विद्युत् प्राधिकरणको सुध्रिएको वित्तीय स्थितिले दिएका अवसर यस्ता

नेपाल विद्युत् प्राधिकरणको वित्तीय अवस्था निकै सुध्रिएका कारण अब यसले विद्युत् क्षेत्रमा थप स्वदेशी तथा विदेशी लगानी आकर्षित हुने कार्यकारी निर्देशकले बताएका छन्। सरकारले आगामी दिनमा विद्युत् क्षेत्रमा केवल पूर्वाधार तथा प्रसारण लाइनमा मात्र लगानी गरे पुग्ने पनि उनले बताए। केही वर्ष अगाडिसम्म नियमित तलब खुवाउन समेत सरकारको मुख ताक्न बाध्य प्राधिकरणले यो वर्ष ७ […]

पर्यटक भन्छन् : ‘सडक बनाऊ तर पदमार्ग नमास’

गलेश्वर, २४ असोज । नेपालमा शान्ति स्थापना भएसँगै नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । विगत केही वर्षयता विदेशी मात्र होइन, नेपालीमा पनि बिदा र विशेष अवसरमा देश दर्शन गर्न विभिन्न ठाउँमा भ्रमण गर्ने चलन बढ्दै गएको छ । गत वर्ष सन् २०१८ मा कूल ११ लाख ७३ हजार ७२ जना […]

मासु पसल अनुगमननका क्रममा दर्तै नगरी सञ्चालन गरिएको भेटियो

नेपालगञ्ज, २४ असोज । नेपालगञ्ज बजारका आठ वटा मासु पसलको अनुगमन गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले बिहीबार गरेको अनुगमनका क्रममा चार वटा मासु पसल दर्ता नगरी सञ्चालन गरेको पाइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख कृष्णप्रसाद पौडेलले बताए । उक्त मासु पसललाई तीन दिनभित्र पसल दर्ताको प्रमाणपत्र पेश गर्न निर्देशन दिइएको […]

कर्णालीका ५० गाउँलाई तीन वर्षमा नमूना बनाइने

सुर्खेत, २३ असोज । कर्णाली प्रदेशका ५० वटा गाउँलाई आगामी तीन वर्षभित्र नमूना गाउँ बनाउने तयारी शुरु भएको छ । नमूना समाज सुर्खेतको सहजीकरण तथा स्थानीय तहको साझेदारीमा सुर्खेत, दैलेख र जाजरकोटका ती गाउँलाई नमूना गाउँ बनाउन लागिएको हो । सुर्खेतको सिम्ता गाउँपालिका, चौकुने गाउँपालिका, चिंगाड गाउँपालिका, पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका, जाजरकोटका भेरी नगरपालिका, छेडागाड […]

युवतीलाई अपहरण गरेको आरोपमा पक्राउ

लहान, २३ असोज । युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–९ गुलरिया टोल नजिकबाट अपहरणमा संलग्न गाडीसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । भारतीय नम्बरको बिआर ३२प ४२६२ नम्बरको स्कारपियोमा उदयपुर जिल्ला घर ठेगाना भएकी १६ वर्षीया युवतीलाई अपहरण गरी लगेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले सिरहा […]

मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको मृत्यु

राजविराज, २३ असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका– ८ स्थित बिसनपुर चोकमा मोटरसाइकल दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा६८प ६८८७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज६प ५८५३ नंको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । सो […]

कल्पनाले भनिन महिलाको मात्रै किन पुरुषको अधिकार खै ?

नेपाललाई पुरुष प्रधान मुलुकको ट्याट लागेको छ । विश्वभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहँदा पुरुष प्रधान मुलुक भनिएको नेपालमा पनि तामझाका साथ यो अभियान मनाइन्छ । २४ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाइने अभियानमा महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसस्थाहरु निकै सकृय देखिन्छन् । १६ दिन मात्रै किन नहोस् यी संघसस्थाहरु एकदमै जागरुक भएर […]

प्राचिन नगरी बुंगमतीमा येसरी मनाईयो मनकामना ,भैरव जात्रा ( फोटो फिचर )

  फोटो – बुद्ध शरण शाही   असोज २३ काठमाडौँ । जावलाखेलबाट करिब छ किलोमिटर दक्षिण पर्ने काठमाडौँ उपत्यकाको प्राचिन नगरी बुंगमतीमा बडा दशैँको हरेक वर्ष नवमी, दशमी र एकादशीको दिन मनाइने मनकामना ,भैरव जात्रा बुधबार राति देवगणलाइ आआफ्नो स्थानमा भित्र्याई पछि जात्रा समापन भएको छ । ३५ हजारको हाराहारीमा जनसंख्या रहेको प्राचिन बस्ती बुंगमतिमा […]

असिनाबाट धानबालीमा ७५ लाखको क्षति

  गलेश्वर, २३ असोज । म्याग्दीको बेनी नगरपालिका¬–२ ज्यामरुककोटमा परेको भीषण असिनाका कारण भित्र्याउने बेलामा १५ हजार मुरी धान उत्पादन हुने खेतमा पूर्ण क्षति पुगेको छ । असिनाका कारण ७५ लाख बराबरको धानबालीमा क्षति पुगेको बेनी नगरपालिका¬¬–२ ज्यामरुककोटका अध्यक्ष हिराबहादुर थापाले बताए । बडादशैँका दिन मङ्गलबार अपराह्न २ बजेदेखि परेको भीषण असिनाका कारण ज्यामरुककोटको गौश्वारा, […]

भोजमा अचार खाँदा ३१ जना बिरामी

सुर्खेत, २३ असोज । वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा दशैँ भोजका लागि बनाइएको अचार खाँदा ३१ जना बिरामी परेका छन् । स्थानीयवासी रामप्रसाद लामिछानेको घरमा बनाइएको अचार खाँदा उहाँका परिवारका सदस्यसहित टीका थाप्न आएका पाहुनासमेत बिरामी परेका हुन् । स्थानीयवासी हिमप्रसाद पौडेलले बुधबार बिहान आलु र काँक्राको अचार खाएलगत्तै बिरामी पर्न थालेको बताए । बिरामीहरुको बुधबार दिउँसोदेखि […]