चिनियाँ पाहुनाको स्वागतमा चिटिक्क राजधानी

काठमाडौँ, २४ असोज । सुन्धाराको आकाशे पुल नजिक एक हुल मान्छे हातमा सयपत्रीको गमला बोकेर लामबद्ध उभिए । उनीहरूले लहरै गमला मिलाएर राखे । पानी सिञ्चन गर्न तयार भएर बसेकाले ती गमलामा पानी हाले । बडारेर सफा पारिएको सडकको किनारामा लहरै राखिएका गमला देखेर पैदलयात्रीले समेत चाख मानेर हेरे, अनि भने ‘आहा हाम्रो काठमाडौँ’ । […]

लागुऔषधसहित तीन युवक पक्राउ

लहान, २४ असोज । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका– ३ का १८ वर्षीय विवेककुमार चौधरी, सोही ठाउँका १८ वर्षीय उपेन्द्र चौधरी र १८ वर्षकै रञ्जीत मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको टोलीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो । […]

घुमुवा प्रहरी भन्दै व्यापारीसँग रकम असुल्ने युवक पक्राउ

जलेश्वर, २४ असोज । आफू नेपाल प्रहरी प्रदेश नं. २ को घुमुवा प्रहरी रहेको भन्दै व्यापारीलाई धम्क्याउने, तर्साउने र रकम असुल्ने कार्य गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढी गाउँका बौएलाल मण्डलको २८ वर्षीय छोरा जयप्रकाश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले […]

मिर्गौलापीडितलाई तीन लाख सहयोग

दमौली, २४ असोज । दुवै मिर्गौला फेल भई काठमाडौँमा उपचार गराइरहेका तनहुँको म्याग्दे गाउँपालिका–५ थर्पुका सोमनारायण श्रेष्ठलाई थर्पु नेवा खलको सक्रियतामा सङ्कलित तीन लाख २३ हजार सहयोग गरिएको छ । छ महीनाअघि मिर्गौला फेल भएर डायलासिस गराइरहेका श्रेष्ठको मस्तिष्कमा पनि समस्या देखिएपछि शल्यक्रिया गरिएको छ । हाल उनको काठमाडाँैस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ । […]

सर्पको डसाइबाट एकको मृत्यु, एक सिकिस्त

दाङ, २४ असोज । सर्पको डसाइबाट दाङमा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० झारबैराका ३५ वर्षीय बुद्धिराम चौधरी रहेका छन् । खेतमा मुसुरो छर्ने क्रममा बिहीबार ‘डुमिनी’ नामक विशालु सर्पको डसाइबाट घाइते भएका चौधरीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आज बिहान मृत्यु […]

सीताकुण्डमा आन्तरिक पर्यटकको चलहपहल बढ्दैे

बेझाड, २४ असोज । पाल्पा रामपुरको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल सीताकुण्डमा दर्शन तथा अवलोकन गर्न आन्तरिक पर्यटकको आवागमन बढ्दै जान थालेको छ । रामपुर नगरपालिका– ३ र ४ का बीच भागमा रहेको सीताकुण्डमा पछिल्लो समय आन्तरिक पर्यटकको आवागमन बढ्दै गएको सीताकुण्ड मन्दिर व्यवस्थापन समितिका सचिव रुद्रबहादुर नेपालीले बताए । “सडक सुधार भएपछि यहाँसम्म आउने आन्तरिक […]

प्रदेश सरकारको सहयोगमा घरबास स्थापना

कावासोती, २४ असोज । नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–१० मा घरबास (होमस्टे) स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको घरबास अनुदान सहयोग र स्थानीयको सक्रियतामा थारु समुदायको बसोबास रहेको चिलाहा रतौल क्षेत्रका १३ घरमा घरबास स्थापना गरिएको हो । यसका लागि गण्डकी प्रदेश सरकारले १५ लाख अनुदान सहयोग उपलब्ध गराएको कावासोती नगरपालिका वडा नं १० का […]

बढी भाडा लिने सवारी साधनबाट रकम फिर्ता

राजविराज, २४ असोज । दशैँ मनाएर राजधानी काठमाडाँैतर्फ फर्किने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असुल गर्न थालेपछि सप्तरीका सडकमा चेकजाँचमा कडाइ गरिएको छ । इलाका प्रहरी कार्यालय कडरबोना र अस्थायी ट्राफिक प्रहरी पोष्ट कदमाहाको संयुक्त टोलीले पूर्वका विभिन्न स्थानबाट आउने सवारी साधनलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुरुङ्गा नगरपालिका– ६ कडरबोनामा रोकेर यात्रुसँग भाडा के कति लिइएको हो […]

दसै लगत्तै सिन्धुपाल्चोकमा ठूलो बस दुर्घटनामा १४ को मृत्यु, ५० बढी घाइते

मेलम्ची, २४ असोज । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा २ख २७१५ नं को बस आज बिहान सडकबाट २०० मिटर तल खस्दा कम्तीमा सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पचासभन्दा बढी घाइते रहेको […]

बिदा सकिए पनि भक्तपुरका सरकारी कार्यालय सुनसान

भक्तपु, २४ असोज । सरकारले दिएको दशैको विदा विहिवारदेखि सकिए पनि दिनभर जिल्लाका सरकारी कार्यालय भने सुनसान नै देखिएका छन् । जिल्ला प्रशासन कार्यालयदेखि अन्य सरकारी कार्यालयमासमेत कर्मचारी र सेवाग्राही नहुँदा कार्यालय सुनसान देखिएका हुन् । दशैं बिदा सकिए पनि दशैँ नसकिएकाले कार्यालयहरूमा ४० प्रतिशत कर्मचारी मात्रै हाजिर भएको पाइएको छ भने सेवाग्राही फाट्टफुट्ट मात्रै […]