नेपालगञ्ज, २८ असोज । बाँकेको बैजनाथ गाउँपालिकामा लागेको मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । उक्त गाउँपालिका–२ भौंरीकुनास्थित शिवमन्दिर परिसरमा लागेको पूर्णिमा मेलामा आइतबार राति युवती जिस्क्याएको विषयमा विवाद उत्पन्न भई खुकुरी हानाहान हुँदा सोही ठाउँका नेपाली सेनामा कार्यरत लोकेन्द्र शाही सख्त घाइते हुनुभएको थियो । […]
समाज
२१ शदीका नेपाली हिटलरको दर्दनाक कथा, जसले २० जनालाई इट्टा भट्टामा खसालेर जलाए
काठमाडाैं । विश्व इतिहासमा जर्मनीका हिटलरलाइ एक क्रूर शासक मानिन्छ । जसले सत्तामा हुँदा ठूलाे संख्यामा मानिसहरुलाइ ग्यासच्याम्बरमा हालेर मार्ने गर्दथे । अाज याे केवल इतिहास मात्र हाे । तर, त्यस्तै इतिहास सम्झाउने घटना नेपालमा भएकाे खुलासा भएकाे छ । त्याे पनि सत्तामा भएका शासकले हाेइन, सत्तामा पुग्न संसद बन्ने दाैडमा लागेका एक नेताले गरेकाे […]
लागुऔषधविरुद्ध प्रहरीसँग युवाहरुको सहकार्य
नेपालगन्ज, २७ असोज । बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरस्थित सचेत युवामञ्च सामाजिक अराजकता र लागुऔषधविरुद्ध प्रहरीसँग सहकार्य गरेर अगाडि बढ्ने भएको छ । सामाजिक अराजकता र लागुऔषधविरुद्ध बृहत् कार्ययोजना बनाएर प्रहरीसँग सहकार्य गरिएको मञ्चका अध्यक्ष मनप्रकाश रेग्मीले बताए । अभियानअन्तर्गत मञ्चले आज राधापुर प्रहरी चौकी र खजुरा गाउँपालिका–२ कार्यालयको सहकार्यमा शान्तिसुरक्षा कायम गर्न सरोकारवालासँग बृहत् अन्तरक्रिया […]
मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि फार्मको निरीक्षण
पोखरा, २७ असोज । गण्डकी प्रदेशसभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि फार्मको निरीक्षण गरेका छन् । कोइरालाले आफ्नो प्रदेश निर्वाचन क्षेत्रअन्तर्गत कास्कीको रूपा गाउँपालिका–३ पोल्याङमा सञ्चालित नमूना कृषि गाउँको अवलोकन गर्दै त्यहाँका गतिविधिबारे जानकारी लिए । निरीक्षणका क्रममा सभापति कोइरालाले स्थानीयवासीलाई फार्ममा पूर्वाधार निर्माण भएकाले अब व्यावसायिक उत्पादनमा लाग्न […]
अस्तव्यस्त मुक्तिनाथ मन्दिर क्षेत्र
मुक्तिनाथ (मुस्ताङ), २७ असोज । हिन्दू र बौद्ध धर्मावलम्बीले उत्तिकै श्रद्धा एवं आस्थाका साथ पूजा आजा र दर्शन गर्ने मुक्तिनाथ मन्दिर क्षेत्रको व्यवस्थापन भने अस्तव्यस्त छ । प्राचीनकालदेखि नै महत्वपूर्ण मन्दिर भए पनि यहाँको व्यवस्थापनमा राज्यको ध्यान जान सकेको छैन । पशुपतिनाथ, लुम्बिनी र जनकपुरजत्तिकै महत्व बोकेको मन्दिर हिमालपारिको दुर्गम जिल्ला मुस्ताङमा भएकै कारण विगतदेखि […]
जनप्रतिनिधिको सडक प्राथमिकतामा
बैतडी, २७ असोज । बैतडीका स्थानीय तहमा जनप्रतिनिधि आएपछि सडक निर्माणलाई प्राथमिकतामा राखेका छन् । सडक मुख्य आवश्यकता भएकाले सडकलाई प्राथमिकतामा राखेको जनप्रतिनिधिले बताएका छन् । निर्वाचित भएको अढाई वर्षको अवधिमा बैतडीको दशरथचन्द नगरपालिका–१ मा साढे १८ किलोमिटर सडक निर्माण गरिएको वडाध्यक्ष भुवनराज भट्टले जानकारी दिए । गुरुखोला, खालकलौन सडक निर्माणमा २० लाख खर्च भएको […]
साधुको हत्यामा संलग्न आरोपमा तीन पक्राउ
अमरगढी, २७ असोज । डडेल्धुरामा साधुको (जोगी) हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । आइतबार अन्दाजी १४ र १६ वर्षीय दुई स्थानीय किशोरलाई नियन्त्रणमा लिइएको डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए । अर्का आरोपित घटनापश्चात डडेल्धुरा र बैतडीको सिमानामा लुकीछिपी बसेको सूचनाका आधारमा आइतबार पक्राउ […]
पशुपालन र दुग्ध व्यवसाय बढ्दै गएपछि व्यावसायिक घाँस खेती फस्टाउँदै
परासी, २७ असोज । पश्चिम नवलपरासीमा व्यावसायिक घाँस खेती फस्टाउँदै गएको छ । यहाँका सामुदायिक वन क्षेत्रमा महिला समूहले व्यावसायिक रुपमा घाँस खेती गर्दै आएका छन् । पछिल्लो समय पशुपालन र दुग्ध व्यवसाय बढ्दै गएपछि पोसिलो घाँसको माग बढ्दो छ । घाँसको माग बढ्दै गएपछि यहाँका महिला तथा कृषकहरु घाँस खेतीमा आकर्षित भएका हुन् । […]
मौसम शुरुसँगै बन्दीपुरमा पर्यटकको चहलपहल
दमौली, २७ असोज । मौसम शुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल शुरु भएको छ । चिसो बढेसँगै बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल शुरु भएको हो । असोजदेखि मङ्सिरसम्म बन्दीपुरमा विदेशी पर्यटकको चाप रहने बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष एवं आन्तरिक भ्रमण वर्ष जिल्लास्तरीय उपसमितिका सदस्य वैश गुरुङले जानकारी दिए । भदौसम्म विदेशी […]
गाडीको ठक्करबाट एकको मृत्यु
भरतपुर, २७ असोज । चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो । ठक्कर दिने गाडी फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । ठक्करबाट घाइते अन्दाजी ३०/३२ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो […]



