म्याग्दी, १ कात्तिक । अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ । बेनी–जोमसोम सडकअन्तर्गत कालीगण्डकी नदीको किनारमा प्राकृतिकरूपमा निस्कने तातोपानीको ताल र धारामा स्नान गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । चिसो बढेसँगै मुस्ताङ जाने–आउने पर्यटक तातोपानी कुण्डमा स्नान गर्न आउन थालेको कुण्डका व्यवस्थापक बाबुराम गर्बुजाले बताए । […]
समाज
व्यासभूमिको प्रचारका लागि अष्टोत्तरशत महायज्ञ
दमौली, ३० असोज । चार वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासको जन्मभूमि दमौलीको प्रचारप्रसार गर्दै धार्मिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने उद्देश्यसहित अष्टोत्तरशत (१०८) श्रीमद्भागवत विराट् ज्ञानमहायज्ञ हुने भएको छ । वेद अनुयायी प्रतिष्ठान, व्यास क्षेत्र शिवपाञ्चायन विकास कोष, पराशर आश्रम संरक्षण समिति, श्रीकृष्ण द्वैपायन ज्येष्ठ नागरिक सत्सङ्ग समिति र विश्व हिन्दू महासङ्घ तनहुँको संयुक्त […]
गोरखा दरबारकै स्वरुपमा बन्दै कास्कीकोट
पोखरा, ३० असोज । नेपालको शाहवंशीय इतिहासको जीवन्त साक्षीजस्तै बनेको पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोट दरबार गोरखा दरबारकै स्वरुपमा बनाउने गरी पुनःनिर्माण थालिएको छ । नेपालका बाइसे–चौबीसे राजाका पालामा कुलमण्डन शाहले राज्य गरेको यो दरबारको ऐतिहासिक एवम् सांस्कृतिक महत्वलाई दृष्टिगत गरी पुनःनिर्माण गर्न लागिएको हो । कास्कीकोटको ऐतिहासिक महत्व र यसको गरिमालाई उजागर गर्ने लक्ष्यका साथ […]
चन्द्रागिरिमा कला, साहित्य र संस्कृतिबारे छलफल
काठमाडौँ, ३० असोज । दक्षिण एशिया र चीनका साहित्यकारहरुले काठमाडौँको पर्यटकीयस्थल चन्द्रागिरिमा पुगेर आ–आफ्ना देश र यस क्षेत्रको कला, साहित्य र संस्कृतिका बारेमा छलफल गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलनको समापन कार्यक्रममा उनीहरुले यस क्षेत्रमा रहेको संस्कृतिक विविधताको चर्चा गरे । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कार्यक्रमले […]
आप्रवासन क्षेत्र सुधारमा सहकार्य गर्न मन्त्री विष्टको आह्वान
काठमाडौँ, ३० असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आप्रवासन क्षेत्र सुधारमा द्विपक्षीय तथा क्षेत्रीय सहकार्यका लागि आह्वान गरेका छन । संयुक्त अरब इमिरेट्स (युएइ)मा जारी अबुधावी डायलगको पाँचौँ मन्त्रिस्तरीय बैठकअन्तर्गत ‘अन्तर क्षेत्रीय सहकार्य’ विषयको उच्चस्तरीय छलफलमा भाग लिँदै उनले नेपालको एकल प्रयासबाट मात्रै आप्रवासन क्षेत्र सुधार हुन नसक्ने बताए । उनले द्विपक्षीय […]
दलित युवाद्वारा न्यायका लागि अपिल
काठमाडौँ, ३० असोज । रुकुमको चौरजहारी नगरपालिका–३ का वडाध्यक्ष लालबहादुर बुढाथोकीले सोही वडा निवासी गोविन्द विकलाई जातीय गालीगलौज गर्दै कुटपिट गरिएको भन्दै न्यायका लागि अपिल गरिएको छ । पीडित विकले बुधबार यहाँ पत्रकार सम्मेलन गरी जनप्रतिनिधि बुढाथोकीले अपमान गर्दै कुटपिट र ज्यान मार्ने धम्की दिएपछि न्यायका लागि उजुरी गरेकोमा मार्ने धम्की आएकाले आफू विस्थापित हुनुपरेको […]
गाईखुरा महादेव मन्दिरमा भक्तजन वृृद्धि
चरिकोट, २९ असोज । दोलखा मेलुङ्ग गाउँपालिका–२ सुकाठोकरमा रहेको प्रसिद्ध गाईखुरा महादेव मन्दिरसम्म यातायात सञ्चालनमा आएसँगै भक्तजनको भीड लाग्न थालेको छ । सडक सञ्जालदेखि टाढा रहेको दोलखाकै प्रसिद्ध गाईखुरा महादेव मन्दिरसम्म स्थानीय तहको संरचनासँगै सडक यातयातले जोडिएका कारण हाल मन्दिरमा भक्तजनको सङ्ख्यामा वृद्धि हुँदै आएको मन्दिरका पुजारी शिवहरि पण्डितले बताए । पर्यटकीय गन्तव्यको रूपमा समेत […]
दुई दशकदेखि थुनिएरै कोठामा
लमजुङ, २९ असोज । यहाँस्थित सुन्दरबजार नगरपालिकाका एक युवा दुई दशकदेखि आफ्नै घरको कोठामा बन्दी अवस्थाको जीवन बिताउँदै आएका छन् । सुन्दरबजार नगरपालिका–२ हाँडेटारका ३४ वर्षीय राजु विकको मानसिक सन्तुलन गुमेपछि दुई दशकदेखि कोठामै बन्दी अवस्थामा रहँदै आएका हुन् । उनको मानसिक सन्तुलन गुमेपछि जसलाई जतिबेला पनि हातपात र आक्रमण गर्ने भएकाले परिवारले घर नजिकै […]
पारस खड्काले दिए राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा
काठमाडौं, २८ असोज । नेपालका चर्चित क्रिकेटर पारस खड्काले आफ्नो कप्तानीबाट राजिनामा दिएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रहेका पारसले कप्तानीबाट राजिनामा किन दिए भन्ने धेरैले चासो व्यक्त गरेका छन् । उनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कप्तानी पद छाडेको घोषणा गरेका हुन् । नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले निलम्बन फुकुवा गरेको […]
बढी भाडा लिनेहरुविरुद्ध यसरी दायर गरिदैछ धमाधम मुद्दा
खोटाङ, २८ असोज । यात्रुबाट बढी भाडा लिएको आरोपमा दुई जनाविरुद्ध कालोबजारीअन्तर्गत मुद्दा दायर गरिएको छ । तोकिएकोभन्दा बढी भाडा लिएको आरोपमा हुर्लुङस्थित खोटाङ यातायात प्रालिको काउण्टरबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका तेञ्जी शेर्पा र फुर्वा शेर्पालाई पक्राउ गरी सोमबार मुद्दा दायर गरिएको हो । खोटाङबाट काठमाडौँ जाने यात्रुबाट जनही एक हजार ४५० लिनुपर्नेमा रु […]








