पारस खड्काले दिए राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा

काठमाडौं, २८ असोज । नेपालका चर्चित क्रिकेटर पारस खड्काले आफ्नो कप्तानीबाट राजिनामा दिएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रहेका पारसले कप्तानीबाट राजिनामा किन दिए भन्ने धेरैले चासो व्यक्त गरेका छन् ।

उनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कप्तानी पद छाडेको घोषणा गरेका हुन् । नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले निलम्बन फुकुवा गरेको दोस्रो दिन उनले राजिनामा दिएका हुन् ।

उनले आफ्नो ट्वीटर पोस्टमा पनि लेखेका छन्, ‘मैले मेरो कप्तान पदबाट राजिनामा दिने निर्णय गरेको छु ।’ साथै आईसीसीले क्यानलाई फुकुवा गरेकोमा खुसी व्यक्त गर्दै नयाँ समितिलाई नेपाली क्रिकेटको विकासमा राम्रो काम गर्न शुभकामना समेत दिएका छन् ।

नेपाली क्रिकेटका सफल खड्काले सन् २००९ बाट कप्तानी सम्हालेका थिए । पारसकै कप्तानीमा नेपालले सन २०१४ को टी(ट्वान्टी विश्वकप खेलेको थियो । उनको कप्तानीमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।

यस्तो छ पारसले राजिनामा पछि लेखेको ट्वीटर पोस्ट

Loading...