अब्बल बन्दै सामुदायिक विद्यालय

कञ्चनपुर, २ कात्तिक । शिक्षाको गुणस्तरमा सुधार आएपछि जिल्लाका सामुदायिक विद्यालय पठनपाठनको क्षेत्रमा अग्रणी बन्न थालेका छन । कक्षा ११ र १२ को परीक्षामा सामुदायिक विद्यालयले शतप्रतिशत नतिजा ल्याउन थालेका छन् । शुक्लाफाँटा नगरपालिकाको कसरौलमा रहेको बैजनाथ माध्यमिक विद्यालयको कक्षा १२ को बोर्ड परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयबाट परीक्षामा सहभागी भएका ५६ […]

भक्तपुरमा घरमै वेश्यावृत्ति गराउनेलाई सिधै जेल हाल्न आदेश

भक्तपुर, २ कात्तिक । महिला तथा किशोरीलाई प्रलोभनमा पारी घरमै यौनशोषण गर्ने र गराउँदै आएको अभियोगमा प्रहरीले पक्राउ गरेका तीन जनालाई जेल चलान गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले आज जानकारी दिएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–६ मेलचोक घर भई हाल मध्यपुरथिमि–९ बोडेमा घर भाडामा बस्दै २५ वर्षीय सञ्जय भन्ने राजेश गिरी, मध्यपुरथिमि […]

बिरामीको विश्वास जित्दै सरकारी अस्पताल

डोटी, २ कात्तिक । जिल्ला अस्पताल डोटीले पछिल्लो समय सेवाग्राहीको विश्वास जित्दै आएको छ । डोटी जिल्लाका मात्र नभएर जिल्लाभन्दा बाहिरका बिरामी पनि उपचारका लागि उक्त अस्पतालमा आउने गरेका छन् । अस्पतालले प्रसूति शल्यक्रियामा सुदूरपश्चिमको पहाडी जिल्लामा सेवाग्राहीको विश्वास जितेको अस्पताल प्रशासनको दाबी छ । छिमेकी जिल्ला अछाम, डडेल्धुरा र बाजुराबाट समेत शल्यक्रियाका लागि बिरामी […]

बगैचामा फालिएको अवैध सालको काठ बरामद

गोरखा, २ कात्तिक । गोरखा नगरपालिका–१० छेवेटार बजारबाट करीब रु तीन लाख मूल्य बराबरको अवैध सालको काठ बरामद भएको छ । छेवेटार बजारको सानो बगैँचामा बेबारिसे अवस्थामा रहेको करीब ४५.४५ थान क्युफिट काठ बरामद भएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । अवैध सालको काठको गोलिया रहेको भन्ने गोप्य सूचनाको आधारमा सदरमुकामबाट खटिएको विशेष प्रहरी […]

भिटामिन ‘ए’ र जुकाको औषधि आजदेखि खुवाइने

विराटनगर, २ कात्तिक । छ महीनादेखि माथि पाँच वर्षमुनिका बालबालिकालाई खुवाइने भिटामिन ‘ए’का लागि सबै तयारी भइसकेको प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज र भोलि खुवाइने भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाइने मन्त्रालयका स्वास्थ्य महाशाखामा कार्यरत सामुदायिक नर्सिङ अधिकृत केसु काफ्लेले जानकारी दिनुभयो । जुकाका औषधि एक वर्षमाथि पाँच वर्ष मुनिकालाई […]

महाभारतकालीन प्रतिमाले सिगारिँदै अर्जुनधारा

भद्रपुर, १ कात्तिक । झापाको अर्जुनधारा नगरपालिकाले पूर्वको पशुपतिनाथको रूपमा चिनिएको अर्जुनधारा जलेश्वरधामलाई थप आकर्षक बनाउन महाभारतकालीन पौराणिक कथाका पात्रहरूसँग मिल्ने प्रतिमा नगरको मुख्य बजार शनिश्चरेमा राख्ने भएको छ । बाह्र वर्ष बनवास बसेका बेला तिर्खाएका गाईको प्यास मेटाउन धनुषधारी अर्जुनले बाण हानी धरतीबाट पानीको मूल फुटाएको भन्ने किंवदन्ती महाभारत कथामा वर्णित छ । सोही […]

बालिकामाथि सामूहिक बलात्कार गर्ने सात पक्राउ

सुर्खेत, १ कात्तिक । वीरेन्दन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय तर्क रिजाल, १८ वर्षीय सुदीप खड्का, वडा नं ४ का २३ वर्षीय धनबहादुर खत्री, बराहताल गाउँपालिका–२ का २३ वर्षीय रोशन वली […]

राजकुमारको हत्या गर्ने सञ्जय पक्राउ

परासी, १ कात्तिक । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ बेल्वानीका ३५ वर्षीय राजकुमार बाँसफोरको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उनकै आफन्त प्रतापपुर गाउँपालिका–६ का २१ वर्षीय सञ्जय डोम रहेका छन् । राजकुमारको शव मङ्गलबार प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनीस्थित नहरको पानीमा घोप्टो परेको अवस्थामा फेला परेको थियो । उनको हत्या भएको आशङ्कामा […]

बाला नलागेपछि हरियो धान काट्दै किसान

भरतपुर, १ कात्तिक । धानमा बाला नलागेपछि चितवनका किसानले हरियो बोट काट्न थालेका छन् । धानमा बाला लाग्ने समय सकिँदासम्म पनि गरिमा जातको धानमा बाला नलागेपछि उनीहरुले हरियो बोट नै काट्न थालेका हुन् । जिल्लामा अन्य जातका धान लगाउने किसान भने पाकेको धान काट्नमा व्यस्त छन् । लामो समय प्रतिक्षा गर्दा पनि धानमा बाला नलागेपछि […]

राष्ट्रिय सङ्गीतकर्मी सङ्घमा कार्की

पोखरा, १ कात्तिक । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ कास्की जिल्ला समितिको प्रारम्भिक साधारणसभाले आयुशजङ्ग कार्कीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेकोे छ । समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष बराल, महिला उपाध्यक्षमा सुष्मा विसी, महासचिवमा ऋषिराम दाहाल, सचिवमा कपिल श्रेष्ठ, कोषाध्यक्षमा विष्णु बराल, सदस्यमा समीर रामदास, रेजिना विसी, पवित्रा परियार, सपना सुनार र दीपेन्द्र परियार चयन भएका […]