काठमाडौँ, २६ कात्तिक । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो । मौसमविद् समिर श्रेष्ठका अनुसार बिहान आकाश […]
समाज
दूधको अभावमा बरमझियाको पेडा व्यवसाय प्रभावित
वीरगञ्ज २६ कात्तिक । राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पहिचान बनाइसकेका सप्तरीको बरमझियामा रहेको पेडा व्यवसाय दूधको अभावमा प्रभावित हुन थालेका छन । पेडा बनाउनको लागि अति उपयुक्त मानिने भैँसीको दूध मागअनुसारको आपूर्ति नभएपछि नेपालमै प्रसिद्ध मानिएको सप्तरीको पेडा ब्यवसाय ओरालो लाग्न थालेको व्यवसायीहरु बताउँछन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका–२ बरमझियादेखि महादेवपट्टिसम्म करीब एक […]
अस्पताल भवन शिलान्यास
बनेपा, २६ कात्तिक । प्रदेश सरकारको आर्थिक सहयोगमा कोशीपारीको विकट चौरीदेउरालीको वडा नं ५ भालचौरमा १५ श्ययाको अस्पताल निर्माण गरिने भएको छ । साविक धुसेनी शिवालय स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी निर्माण गर्न लागिएको सो अस्पतालका लागि २१ रोपनी जग्गा उपलब्ध गराइएको छ । अस्पताल भवन शिलान्यास गर्दै प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले […]
गुरु नानक जयन्ती मनाइँदै
काठमाडौँ, २६ कात्तिक । शिख धर्मका प्रवत्र्तक गुरु नानकको ५५०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । उनले शिख धर्मग्रन्थ ‘गुरु गन्थ साहिब’ को रचना गरे । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुआत उनले गराए। गुरु नानक जयन्तीका अवसरमा […]
दुई किलोग्राम चाँदीसहित भुटानी पक्राउ
काठमाडौँ, २६ कात्तिक । नेपाल प्रहरीले दुई किलोग्राम चाँदीसहित भुटानी नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयको प्रहरी टोलीले ड्रुक एयरको उडानमार्फत भुटान जान लागेको अवस्थामा राहदानी नम्बर जी १२८९३२ बाहक भुटानी नागरिक ५१ वर्षीय गारव दोर्जेलाई सोमबार राति पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल […]
रिब्दीकोट गाउँपालिकाले वडा नं ५, कुसुमखोलाका घरघरै नागरिक बडापत्र
पाल्पा, २६ कात्तिक । रिब्दीकोट गाउँपालिकाले वडा नं ५, कुसुमखोलाको नागरिकका घरघरै नागरिक बडापत्र राखेको छ । सरकारी कार्यालय प्रवेशद्वार अघि नागरिक बडापत्र रहेको देखिएको भएपनि आफ्नो घरमा नै स्थानीय सरकारका सेवासम्बन्धी नागरिक बडापत्र राख्न आएपछि नागरिकले अनौठो मानेका छन् । गाउँपालिका, वडा र अन्य सरकारी सेवा प्रदायक निकायका सेवासम्बन्धी विषय नागरिक बडापत्रमा उल्लेख गरिएको […]
एउटै बोकाको मूल्य रु तीन लाख
बेनी, २६ कत्तिक । एउटै बोकाको मूल्य करीब रु तीन लाख परेको सुन्दा अचम्म लाग्न सक्छ तर यहाँका एक किसानले एउटै बोकालाई रु दुई लाख ९० हजारमा बिक्री गरेका छन् । बेनी नगरपालिका–स्थित तोरीपानीमा विगत छ वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आएका किसान आनन्द रिजालले बोयर जातको एउटै बोकालाई उक्त मूल्यमा बिक्री गरेको […]
ऐतिहासिक लुमरेङकोट जीर्ण बन्दै
पर्वत, २६ कात्तिक । दक्षिण पर्वतको विहादी गाउँपालिकामा अवस्थित ऐतिहासिक महत्व बोकेको लुमरेङकोट संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना रहेको पर्वतको लुमरेङकोट प्रचारप्रसार, संरक्षण र पूर्वाधारको अभावमा अभावमा ओझेलमा परेको हो । नेपाल एकीकरणपूर्व चौबिसे राज्यकालमा शक्तिशाली मानिएको लुमरेङकोटमा अहिले पनि हातहतियारदेखि तरबारको आक्रमणबाट बच्न ढालको […]
पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘ड्रिमपार्क’
तुलसीपुर, २५ कात्तिक । दाङको घोराही उपमहानगरपालिका–१७ बेलभारस्थित ‘ड्रिम पार्क’ पर्यटकीय केन्द्र बन्दै गएको छ । श्रीधरकुमार घिमिरेले डेढ लाख लगानीमा सञ्चालनमा ल्याएको उक्त पार्कमा दैनिक ३०० सम्म पर्यटक आउने गरेका छन् । अहिले जिल्लाभित्रका पर्यटकको नयाँ गन्तव्य बनेको छ । मनोरञ्जन लिनका लागि धेरै व्यक्ति यहाँ आउने गरेको उनले बताए । पार्कमा यति एयरलाइन्सको […]
मह, मौरी अवलोकन गर्न विदेशी नागरिक जाजरकोटमा
जाजरकोट, २५ कात्तिक । जिल्लाको मह र मौरी अवलोकन गर्न विदेशी नागरिक नलगाड नगरपालिका–१ कल्पतमा पुगेका छन् । विभिन्न प्रजातिका रैथाने मौरीहरुको बाँस स्थान र महको गुणस्तरतालाई अवलोकन गर्न लण्डनका नागरिक रुडी रेप्का र लिडिया अनियला रेप्का नलगाड नगरपालिकाको कल्पतमा पुगेका हुन । बेलायतमा सफल मौरी व्यवसाय सञ्चालन गरिरहेका रुडीको जोडीले पाली, कल्पत र चिउरीलगायत […]











