निर्माण सुरु भएको आठ बर्ष बितिसक्दा पनि बनेन पुल

गोरखा, ३० मङ्सिर । सोती खोला पुल निर्माण सुरु भएको आठ वर्षदेखि अलपत्र अवस्थामा छ । उत्तरी गोरखा हुँदै छिमेकी राष्ट्र चिन जोड्ने बेनीघाट–आरुघाट लार्केभञ्ज्याङ सडकको आरुघाट–४ थुमी स्थित सोती खोलामा पुल निर्माण सुरु भएको वषौँ हुँदा पनि अलपत्र भएकोमा स्थानीय चिन्तित भएका छन् । ‘पुल बन्ने रे भन्ने, सुनेको पनि धेरै भयो तर अहिलेसम्म बनेको छैन’ सोती बजारमा भेटिएका भीम गुरुङले भने बनाएको पनि सबै बाढी आएर पुरि हाल्यो, अब झन् के बन्ला ।’

२०७० सालमा हस्तान्तरण गर्ने गरी २०६८ सालमा रायमाझी इसान जेभिले इजाजत पाएको उक्त पुल ८ वर्ष बितिसक्दा समेत निर्माण हुन सकेको छैन् । सम्झौता भएको पछि २ वर्ष पछि २०७० सालमा पुलको दुवैतर्फ ‘फाउन्डेसन’ तयार गरेको थियो । सोतीखोलामा बाढी आएर उक्त फाउन्डेसन पुरेपछि ठेकेदारले काम छाडेका थिए । काम गर्न समस्या भएको दावी गर्दै काम भएजति भुक्तानी लिएर छाडेपछि आयोजनालाई काम लगाउन समस्या भएको थियो ।

दुई करोड २४ लाखमा ठेक्का भएको उक्त पुलको निर्माण कम्पनीले ९९ लाख भुक्तानी लिइसकेको छ । ठेक्का लिएको सात वर्षपछि अथात् गत वर्ष सम्र्पकमा आएको ठेकेदार कम्पनीले पुरिएको पिल्लर खोतल्ने काम सुरु गरेको थियो । समयमै काम नगरेको भन्दै सडक कार्यालयले जरिबाना लगाएर पुनः काम फर्काएको थियो । एउटा पिल्लर खोतलेर भागेको उक्त कम्पनीले पुनः एक वर्ष पछि काममा फर्र्किएको ११ किलो भालुस्वाँरा वारपाक सडक आयोजनाका इन्जिनिर राजेश यादवले जानकारी दिए । ‘पन्ध्र दिन जति भयो अहिले काम सुरु भएको छ’ उनले भने पुरिएको अर्को पिल्लर पनि निकालिसकेको मैले जानकारी पाएको छु ।’

२०७० साल निर्माण सामाग्री लगेर काम सुरु गरेको गरिएको थियो । आठ वर्ष अघि ढुवानी गरिएको रड खिया लागेको र सिमेन्ट जमेर काम नलाग्ने भएको स्थानीयले बताएका छन् । नेपाली सेनाले उत्तरी गोरखा जाने उक्त सडकको ट्रयाक खोल्दै लगेपनि सोतीमै पुल नबन्दा सवारी आवातजावतमा भने समस्या भएको छ । हिउँदको केही महिना खोलाबाट गाडी चले पनि बर्षादमा सवारी आवागमन ठप्प हुने गर्छ ।

जसका कारण दैनिक उपभोग्य सामाग्री ढुवानीका लागि खच्चडको भर पर्नुपर्ने बाध्यता छ । मनास्लु पदमार्गमा पर्ने उक्त सोती खोला पार गरी चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाको विभिन्न ठाउँका सर्वसाधरणले यात्रा गर्ने गर्छन । मोटरेवल पुल नबन्दा छेउमै रहेको झोलुङ्गे पुलको भर पर्नुपर्ने बाध्यता छ । गोरखामा गणेश कँडेल प्रमुख हुँदा उक्त पुलको काम भएको हो । पुलको डिजाइन उनले नै गरेका थिए । एकपटक सोती खोलामा बाढी आएपछि सोही कारण देखाएर र त्यसपछि भूकम्पलाई देखाउँदै ठेकेदारले काम गरेका थिएनन् । त्यसयता सो कार्यालयमा छ जना प्रमुख फेरिए पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन् । सबै प्रमुख आएर पुल बनाउने भन्ने गरेपनि पुल निर्माण भने हुन सकेको थिएन ।

Loading...