सडक दुर्घटना तीव्र गतिकै कारण १९ जनाको ज्यान गयो

अर्घाखाँची २९ मङ्सिर । नेपालमा सडक दुर्घटनापछि कमैमात्रै छानविन समिति बन्ने र समिति बनेपनि त्यसले समयमै प्रतिवेदन बुझाउने गरेका थिएनन् । २० दिनअघि मङ्सिर ११ गते, अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटनामा परि १९ जनाको ज्यान गएपछि बनेको छानविन समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ । अर्घाखाँचीमा भएको बस दुर्घटनाको प्रमुख कारण नै तीव्र गती भएको छानविन समितीले निस्कर्ष निकालेको छ । २०७६ साल मङ्सिर ११ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देही जादै गरेको लु २ ख २१४८ नम्वरको यात्रु बाहक बस सन्धिखर्क नगरपालिका बडा नम्बर ६ सल्लेरीमा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो ।

दुर्घटना लगत्तै जिल्ला प्रशासन कायार्लय अर्घाखाँचीमा भएको सर्वपक्षिय बैठकबाट सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेको संयोजकत्वमा नौ सदस्यीय छानविन टोली निर्माण भएको थियो ।छानविन समितीलाई १५ दिन भित्रमा प्रतिवेदन पेश गर्ने गरि कार्यदेश अनुसार सोमबार प्रमुख जिल्ला अधिकारी विजयराज पौडेललाई प्रतिवेदन बुझाईएको हो । सालझन्डी सडकका ईन्जिनियर तथा छानविन समिती सदस्य सुधिरकुमार झाले दुर्घटना स्थलको अवलोकनपछि सिंगल लेनको सडक अनुसारको मापदण्डमा कुनै कमि नभएको सडकका कारण दुर्घटना नभएको भनि लिखित प्रतिवेदन दिएको बताए ।

प्रहरी हवल्दार रितन राकस मगरको मेकानिकल चेकजाँचको प्रतिवेदनले पनि प्राविधिक कारण बस दुर्घटना नभएको उल्लेख गरे। उक्त दुर्घटनास्थलको भौगोलिक अवस्था सडकको छेउ देखी भिरालो भिरपाखो रहेको बस दुर्घटना भई क्षत बिच्छेद अवस्थामा रहेपनि टायरड, टायर, पट्टाको भाग ठिक दुरुस्त रहनुले मेकानिकल हिसावले बस दुर्घटना नभएको प्रतिवेदनमा जनाईएको छ ।

उपचारमा रहेका अधिकांश घाइतेहरुलाई लिखित रुपमा सोधिएको प्रश्नको उत्तरमा मोडमा बस तीव्र गति रहेकाले स्टेरिड मोड्न नसक्दा सिंधै भिरबाट गाडी खसेको बताएका थिए । ‘ मैले एक्कासि अगाडी हेर्दा गाडी चालक तर्फको साईडबाट बाहिर गई सकेको देखेँ त्यस पछी गाडी भर्लाङ मार्दा म बाटो देखि तल जंगलमा खसेको रहिछु,घाइते अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं ५ तल्लाटोला बस्ने हाल चौराहा अस्पताल बुटवलमा उपचारमा रहेका वर्ष ४२ को विष्णुबहादुर अधिकारी भने ।’

भैरहवा मेडिकल कलेजमा उपचारर्थ अर्घाखाँची पाणिनी गाउँपालिका वडा नम्वर ८ बस्ने वर्ष ४४ को विष्णु बिकले त्यो दिनलाई सम्झदै भने घुम्तिमा आए पछी बस रोकियो बसमा सवार यात्रुहरु र बस चालकले चिया नास्ता खाएका थिए त्यसपछी बसमा सबै बसी ड्राईभरले चलाएर हिडे र नरपानी प्रहरी कार्यालय आउन भन्दा २ किलोमिटर अगाडी पहिला नै तीव्र गतिको कारण देव्रे साइडको नाली तिर गई पुनः दायाँ साइड काट्दा रोक्न नसकी सिधै भिरबाट खसेको उनले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले तयार पारेको घटनास्थलको स्केच,जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले तयार पारेको घटनास्थल प्रकृति मुचुल्का, गाडीको मेकानिकल चेकजाँचको प्रतिवेदन, चालकले चिया नास्ता खाएको होटल साहुको भनाई, घुम्तिका सर्वसाधारण र पसले सँगको कुराकानी,घटनामा तत्काल उद्दारमा खटिएका प्रहरी चौकी नरपानीका चौकी ईन्चार्जको बयान, उद्दारकर्ताहरुको घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा गरेको कागजहरु, घटनास्थलको घटनास्थल प्रकृती मुचुल्का, रेखाचित्रण र फोटोग्राफी र घाइतेहरुको बयान कागजले समेत तीव्र गतीका कारण बस दुर्घटना भएको देखाएको छ ।

सो रुटमा चल्ने चालकले समेत सजिलो बाटो दुर्घटना नहुने ठाउँमा कसरी दुर्घटना भयो भनी अच्चम परेको बताएको छानविन समितीका संयोजक बेल्वासेको भनाई रहेको छ । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले प्रतिवेदनलाई पुन सर्वपक्षिय बैठक बोलाइ जानकारी गराउने र सडक दुर्घटना न्युनिकरणको लागी पहल गर्ने बताए ।

Loading...