कुकुरले चाटेका कारण ६३ वर्षीय मालिकको मृत्यु

काठमाडौँ , १० मंसिर । आफैले पालेको कुकुरले चाटेपछि जर्मनीका ६३ वर्षीय वृद्धको मृत्यु भएको छ । कुकुरले चाटेका कारण उनलाई दुर्लभ किसिमको संक्रमण भएको थियो । उनको मृत्युपछि घर पालुवा जनावरका मालिकलाई फ्लू लागेको जस्तो वा अचम्म खालको लक्षण देखिए तुरुन्त स्वास्थयकर्मीको सहयोग लिन डाक्टरले आग्रह गरेका छन् । कुकुरले चाट्नुअघि निकै स्वस्थ रहेका […]

भारतीय ज्यादती, १७ स्थानमा सीमा मिचेर लगाउँछन खेतीपाती

बारा १० मंसिर। नेपाल भारत सीमाक्षेत्रअन्तर्गत बाराका विभिन्न १७ स्थानमा भारतीय पक्षले दशगजा क्षेत्र मिचेर खेतीपाती र व्यापार गरिरहेका छन् । विगतदेखि नै दशगजा क्षेत्र कब्जा गरेर व्यवसाय चलाइरहे पनि नेपाली पक्ष भने मौन रहेको छ । बारासँग जोडिएका दशगजा क्षेत्रका १७ स्थानमा भारतबाट सीमा मिचेर व्यापार सञ्चालन भइरहेको छ । मटिहर्बामा दशगजामै व्यापारिक सटर […]

अस्पतालमै बिरामीलाई करणीको प्रयास गर्ने मेडिसिटी अस्पतालका डाक्टर पक्राउ

काठमाडौं, ९ मङ्सिर । विरामीले भगवान मान्ने डाक्टर नै राक्षस परेपछि प्रहरीले पक्राउ गरेको छ । अस्पतालमा उपचार गर्न आएकी एक युवतीलाई जबर्जस्ती करणीको प्रयास गरेपछि डाक्टर प्रहरीको फन्दामा परेका हुन् । पक्राउ पर्नेमा ललितपुरस्थित मेडिसिटी अस्पतालका एक डाक्टर रहेका छन् । झा थर भएका डाक्टरमाथि एक युवतीले आफूलाई अस्पतालमै बलात्कार प्रयास गरेको जाहेरी दिएपछि […]

प्रधानमन्त्री ओलिलाई एपेन्डिसाइटिस भएको आशंका

प्रधानमन्त्री ओलिलाई एपेन्डिसाइटिस भएको आशंकाकाठमाडौैं १० मंसिर । स्वास्थ्य अवस्था विग्रिएपछि त्रिवि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान सेन्टरमा भर्ना पुगेका प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले एपेन्डिसाइटिस भएको आशंका गरेका छन् । प्रारम्भिक परीक्षणबाट एपेन्डिसाइटिसको ‘सिन्टोमहरु’ देखिएको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान सेन्टरका एक चिकित्सकले जानकारी दिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने अहिले पनि […]

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल भर्ना

काठमाडौँ १० मंसिर । केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा नियमित स्वास्थ्य परीक्षणका लागि मङ्गलबार बिहान गएका ओलीलाई चिकित्सकहरुले भर्ना हुन सुझाव दिएपछि भर्ना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘प्रधानमन्त्री नियमिति चेकजाँचका लागि गएका थिए । चिकित्सकहरुले भर्ना गर्न सुझाव दिएपछि […]

उच्च शिक्षा अध्ययनका लागि युवा समाजसेवी अमात्यद्धारा १ लाख ९२ हजार ६ सय ५५ रुपैयाँ बराबरको सहयोग रकम हस्तान्तरण

पाल्पा, रिब्दीकोट गाउँपालिकाका स्थानीय युवा व्यवसायी तथा समाजसेवी नरेन्द्र अमात्यको सक्रियतामा रिब्दीकोट गाउँपालिका ३ मा जन्मभई कामको सिलशिलामा देश तथा विदेशमा रहेका रिब्दीकोट बासी युवाहरुको सहयोगमा विपन्न परिवारकी सिर्जना मल्ललाई १ लाख ९२ हजार ६ सय ५५ रुपैयाँ बराबरको सहयोग रकम हस्तान्तरण गरिएको छ । अमात्यको सक्रियता र हार्थोक बजार व्यवस्थापन समितिको सक्रियतामा संकलन भएको […]

सिभिल हस्पिटलका डाक्टरलाई जेब्राक्रसमै ठक्कर दिएर हत्या गर्ने गाडी अनौठो गरि गायव

काठमाडौं । सिभिल हस्पिटलका एक डाक्टरलाई जेब्राक्रसमै ठक्कर दिएर हत्या गर्ने गाडी अनाैठाे तरिकाले गायव भएको छ । व्यापक खाेजि गर्दा पनि प्रहरीले उक्त गाडीलाई भेट्टाउन सकेको छैन । प्रहरीले काठमाडौंका सबै नाकामा खोजी गरिरहेको बताएकाे छ ।  बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर ७२ वर्षीय प्रभु जोशीलाई आइतबार बिहान मर्निङ वाक हिँड्ने क्रममा संसद भवनको […]

चाईना ट्रेड बहुउद्देश्यीय सहकारी आईएसओ चिन्ह प्राप्त पहिलो सहकारी बन्ने तयारीमा

काठमाडौं । चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड आईएसओ चिन्ह प्राप्त गर्ने नेपालकै पहिलो सहकारी बन्ने तयारीमा जुटेको छ । राजधानीको विशाल बजारमा आईतबार साँझ सो सहकारीले नयाँ सदस्यहरुको स्वागत, क्ष्क्इ अभिमुखिकरण र संस्थाको वेभसाईट तथा मोवाइल बैंकिङ्ग सेवा सुभारम्भ कार्यक्रममा सो जानकारी गराएको हो । विश्वमा तिब्र गतिमा बढीरहेको सूचना प्रविधिको विकासले संस्थालाई सूचना […]

लागुऔषधसहित दुई युवक पक्राउ

सिरहा, ८ मंसिर । प्रतिबन्धित लागुऔषधसहित शनिबार राति दुई युवकलाई पक्राउ परेका छन् । प्रहरी चौकी सीतापुरबाट खटिएको गस्ती टोलीले सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ कचनारीस्थित भोटियाचोकबाट लागुऔषधसहित सप्तरीको बलान बिहुल गाउँपालिका–१ मलहनियाका २१ वर्षीय अमरेश यादव र २१ वर्षीय पङ्कज यादवलाई पक्राउ गरेको हो । भारतीय बजारतर्फबाट स १० प ६१९ नम्बरको मोटरसाइकलमा आउँदै गरेका दुवै […]

अनुमतिबिना भीर माहुरीको मह काढ्न नपाइने

खोटाङ, ८ मङ्सिर, । केपिलासगढी गाउँपालिकाले आफ्नो सीमा क्षेत्रभित्र पाइने भीर माहुरीको मह काढ्दा अनिवार्य रुपमा अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ । लोपोन्मुख अवस्थामा पुगेको भीर माहुरीको मह पछिल्लो समय स्थानीयवासीले अवैध रुपमा काढ्ने र अन्यत्र निकासी गर्न थालेपछि नियन्त्रण र संरक्षण गर्न सो गाउँपालिकाले यस्तो व्यवस्था लागू गरेको हो । गाउँपालिका भित्र पर्ने […]