कलश यात्रा गर्दै माधव नारायण व्रत समापन (फोटो फिचर)

माघ २६ ,काठमाडाैँ । नेवाः समाजमा प्रचलित परम्परागत माधव नारायण व्रत समापन गरिएकाे छ । माघ एक महिनासम्म हुने कठिन ब्रतपछि कलश यात्रा गर्दै अाज समापन गरिएकाे हाे । यसै क्रममा काठमाडाैँ, बुढानिलकण्ठ नगरपालिका, वडा नम्बर १३ अन्तर्गत टुसालस्थित ऋषेश्वर महादेवस्थानदेखि चुनिखेल, तुप्या हुँदै नाैलिन भद्रकालीसम्मकाे यात्रा पनि समापन गरिएकाे तुप्याका संस्कृतिकर्मी रामलाल श्रेष्ठले बताउनु […]

आज माघ शुक्ल पूर्णिमा श्री स्वस्थानी व्रतकथा समापन, शालीनदीमा मेला भर्नेको घुइँचो

काठमाडौं, २६ माघ । आज माघ शुक्ल पूर्णिमा श्री स्वस्थानी व्रतकथा समापन हुने दिन । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनका लागि विसर्जन गरिन्छ । पौष शुक्ल पूर्णिमाको दिनदेखि एक महिनासम्म निराहार श्री स्वस्थानीको व्रत बस्ने र पूजाआजा गर्ने गरिन्छ । साँखुस्थित शालीनदीमा मेला भर्नेको घुइँचो लागेको छ । एक महिनासम्म शालीनदीमा मेला लाग्ने […]

पर्वतमा बसको ठक्करबाट एकजनाको मृत्यु

पर्वत, २६ माघ । पर्वत सदरमुकाम कुश्माबजार स्थित शिवालय चोकमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मुस्ताङबाट पोखराका लागि छुटेको ग१ख ७००३ नम्बरको बसले ठक्कर दिँदा पर्वतकै मोदी गाउँपालिका-४ लेस्पार घर भएका ३४ वर्षीय डिलबहादुर थकालीको मृत्यु भएको हो। गम्भीर घाइते बनेका थकालीलाई उपचारको लागि पर्वत अस्पताल लगिएको भए पनि केहीबेरमै चिकित्सकले मृत घोषित […]

कोरोना भाइरसको संक्रमणबाट, अतिभय वा पूर्ण वेवास्ता दुवै दृष्टिकोणबाट सर्तकतापूर्वक जोगिन विद्यालयलाई अनुरोध

काठमाडौं, २६ माघ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नोबेल कोरोना भाइरसको संक्रमणबाट जोगिन विद्यालयलाई पत्राचार गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले पत्राचार गर्दै आफ्नो विद्यालय र समुदायमा नोबेल कोरोना भाइरस’ अतिभय वा पूर्ण वेवास्ता दुवै दृष्टिकोणबाट सर्तकतापूर्वक जोगिन अनुरोध गरेको छ । केन्द्रले यस’ आधिकारीक […]

चट्याङ लागेर तीन जनाको मृत्यु

दाङ, २६ माघ । दाङ र आसपासको क्षेत्रमा शनिबार दिउँसो हावाहुरीसहित पानी परेको समयमा चट्याङ पर्दा जिल्लाका छुट्टाछुट्टै दुई स्थानमा तीनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङको अनुसार चट्याङ लागेर तुलसीपुरमा एक महिला र एक बालिकाको मृत्यु भएको छ भने घोराहीमा एक बालकको मृत्यु भएको छ । दिउँसो करीब १ः०० बजे तुलसीपुर उपमहानगरपालिका […]

फागुनदेखि नारायणीमा पानीजहाज चल्ने, टिकट बुकिङ अनलाइनबाटै

चितवन, २६ माघ । नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप सानो पानीजहाज सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज निर्माण शुरुआत भएको थियो । क्रुजसीप निर्माण गर्दै गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र […]

बालबालिकाको यौन शोषण गर्नेलाई सार्वजनिक रुपमा फाँसी दिने प्रस्ताव संसदबाट पास

इस्लामाबाद । पाकिस्तानको संसदले शुक्रबार बालबालिकाको यौन उत्पीडन गर्नेहरुलाई सार्वजनिक रुपमा फाँसी दिने प्रस्ताव पारित गरेको छ । यो प्रस्तावलाई संसदीय राज्य कार्यमन्त्री अली मोहम्मद खानले पेस गरेका थिए । सांसद हरुले प्रस्तावलाई बहुमतले पारित गरे । यद्यपि पाकिस्तान पिपुल्स पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री राजा परवेज अशरफले भने सजायको कठोरता बढाउँदैमा अपराधमा कमी नआउने […]

समायोजनले स्वास्थ्य संस्था खाली: करारमा काम चलाइँदै, जुम्लाका परीक्षार्थी समेत सहभागी

ताप्लेजुङ, २६ माघ । गाउँका अधिकांश स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्न अप्ठ्यारो भएपछि ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आवश्यक स्वास्थ्यकर्मी करारमा नियुक्ति गरी स्वास्थ्य सेवा सुचारु गरेको छ । एक स्टाफ नर्स, आठ अहेव, सात अनमी र छ हेल्थ अशिस्टेन गरी २२ स्वास्थ्यकर्मी नियुक्त गरी सेवा अवरुद्ध हुनबाट जोगाएको गाउँपालिकाले जनाएको छ । कर्मचारी समयोजनसँगै स्वास्थ्यका कर्मचारी […]

ललितपुर नगरपालिकाको आर्थिक अनुदानमा साँस्कृतिक बाजा प्रशिक्षण मंकाः छेँ भबनको निर्माण सम्पन्न

  माघ २५ ,ललितपुर । कलानगरीको रुपमा चिनिने लितपुर पाटनमा मल्लकालीन शैलीमा मंकाः छेँ भवन पुनःनिर्माण सम्पन्न गरिएको छ ।    ललितपुर महानगर पालिका १६ वडा स्थित काय्गुननिमा महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बिहिबार सो भबनको उत्घाटन गर्दै मंका छेँको पुनःनिर्माणले काय्गुननि टोलको आकर्षण बढाएको धारणा राख्नुभयो । सो अवसरमा १६ वडाका वडाअध्यक्ष निर्मलरत्न शाक्यले मंका […]

महाशिवरात्रीलाई भ्रमण वर्षसँग जोडेर भव्य रुपमा मनाइने

काठमाडौं । यस वर्षको महाशिवरात्रि नेपाल भ्रमण वर्ष २०२० सँग जोडेर भव्य रूपमा मनाउन तयारी शुरु भएको छ ।महाशिवरात्रि मनाउन यसपटक संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मूलसमारोह समिति गठन गरिएको छ । समितिले पशुपति क्षेत्रमा आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले महाशिवरात्रिमा भ्रमण वर्ष प्रवद्र्धनका लागि प्रचारप्रसार गर्न विश्वका विभिन्न देशमा […]