कोरोनाले प्राधिकरणलाइ २ अर्ब घाटा हुने, अन्तरराष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे

काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन् । यात्रु सङ्ख्या घटे पनि जहाजको उडान सङ्ख्या भने करिब ८० प्रतिशत नै रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान अहिले २० प्रतिशत कटौती भएको प्राधिकरणले जनाएकाे छ […]

नेप्सेमा भारी गिरावट आएपछि बजार नै बन्द

काठमाडौं । मंगलबार नेप्से परिसूचक ६ प्रतिशत घटेको छ । बजार खुलेदेखि नै तीव्र गतिमा ओरोलो लागेको नेप्से पहिलो एक घण्टा नपुग्दै ४ प्रतिशत घटेर पहिलो नकारात्मक सर्किट लागेको थियो। त्यसपछि खुलेको बजारमा ५ प्रतिशत र ६ प्रतिशत घटेर नकारात्मक सर्किट लागेपछि आजका लागि बजार बन्द भएको हो । लगानीकर्ताहरु आत्तिएर शेयर बिक्री गर्न थालेपछि […]

कोरोनाका कारण नेपाल एयरलाइन्सले गर्यो दोहाको नियमित उडान स्थगित

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले कतारको दोहामा गर्दै आएको नियमित उडान स्थगित गरेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई कम गर्न भन्दै कतारले नेपालसहित १४ देशका नागरिकको प्रवेशमाथि अस्थायी प्रतिवन्ध लगाएपछि निगमले दोहा उडान स्थगित गरेको हो । नेपाल एयरलाइन्सले हालसम्म दैनिक रुपमा दोहा उडान भर्दै आएको […]

पत्रकारको मोटरसाइकलमा तस्करी गर्ने २ जना पक्राउ

बारा, २७ फागुन । पत्रकारको आवरणमा लागू औषध ९ड्रग्स० तस्करी गर्ने २ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलमा ‘प्रेस’ लेखेर निर्वाध रुपमा नेपाल–भारत सीमा वारपार गर्ने उनीहरुलाई प्रहरीले ९ सय थान लागू औषधका एम्पुलसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१५ घर भएका ३० वर्षीय जितेन्द्रकुमार सिंह र भारतको बिहार […]

 उपत्यकाबाट सात बाल मजदुरको उद्धार

काठमाडौं, २७ फागुन । काठमाडौँका विभिन्न स्थानबाट सात बालकको उद्धार गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका, स्थानीय प्रहरी, बाल उद्धार नेपाल र बाल रक्षा अभियानका स्वयंसेवकको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिका तथा त्यस आसपास क्षेत्रका साथै काडाघारीका होटल, फर्निचर, इटाभट्टामा कार्यरत ती बालक उद्धार गरिएको हुो यही फागुन ४ र १९ गते गरिएको अनुगमनको क्रममा १४ […]

डोल्पामा भाईरल ज्वरोको कारण दुई जनाको मृत्यु

डोल्पा, २७ फागुन । डोल्पामा रुघाखोकी र ज्वरोले डोल्पामा दुई जनाको मृत्यु भएको छ । फागुनको पहिलो हप्तामा फैलिएको भाइरल इन्फ्लुएञ्जा ए को कारण दुई जनाको मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका-१ करेलीकाँडाका ४० वर्षिय हंशलाल बोहरा र ७० वर्षिय चंखलाल बोहराको भाइरल इन्फ्लुएञ्जा ए का कारण मृत्यु भएको हो । करेलीकाँडाका स्थानीय बासिन्दा रणबहादुर बुढाले […]

हालसाबिक नहुदा आफ्नै जग्गामा घर बनाउन गाह्रो

पोखरा, २७ फागुन । पोखरा महानगरपालिका वडा नं। १७ लामतराका करिब ३ सय सर्वसाधारणको जग्गा हालसाबिक नहुदा आफुहरुलाई मर्का परेको गुनासो गरेका छन् । लालपुर्जा भएको जग्गा नापी कार्यालयले नापेर हालसाबिक नगरेपछि ३ सय भन्दा बढी सर्वसाधारणहरु यतिबेला मर्कामा परेका हुन । पोखरा महानगरपालिका वडा नं.१७ लामतरामा लालपुर्जा भएको जग्गा उपभोग गर्न नपाएपछि ३ सय […]

कतारका लागि श्रमस्वीकृति स्थगित, आउन चाहने यात्रुलाई ल्याउने

काठमाडौँ २७ फागुन । वैदेशिक रोजगार विभागले व्यक्तिगत र संस्थागत रुपमा कतार जाने नेपाली कामदारको लागि श्रमस्वीकृति दिन मंगलबारदेखि स्थगन गरेको छ । कतार सरकारले नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको भोलिपल्टदेखि विभागले श्रमस्वीकृतिमा रोक लगाएको हो । विभागले कतारबाट बिदामा आएका कामदारलाई पनि पुनः श्रमस्वीकृति दिन रोकेको हो । विभागले अर्को […]

श्रीमतीले श्रीमानमाथि प्रहार गरिन तेजाव

काठमाडौं, २७ फागुन । सधै महिलामाथि तेजाब प्रहार गरिएको खबर आईरहेका बेलामा काठमाडौंको बालाजुमा सोमबार राति १२ बजे २७ वर्षीय श्रीमानमाथि श्रीमतीले नै तेजाव प्रहार गरेकी छन ।  घटनालगत्तै अनुसन्धान थालेको महानगरीय प्रहरीवृत्त बालाजुका डीएसपी रञ्जितसिंह राठौरले तेजाब हान्ने काममा श्रीमतीको हात रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् । प्रहरीले रामराजामाथि तेजाव छर्ने अरु कोही […]

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान

काठमाडौं, २७ फागुन । केही महिनादेखि आकाशिँदै आएको सुनको मूल्य आज फेरि नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो समय सुनको मूल्य उकालो लागेको छ । मंगलबार सुनको मूल्य बढेर नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावल सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजाबी सुन मूल्य ८२ […]