काठमाडौं, ३० कार्तिक । लायन्स क्लब अफ काठमाण्डु ब्लड सर्कलले साेलुखुम्बुकाे सल्लेरीस्थित याेङ स्टार क्लबसँगकाे सहकार्यमा दुई हजार तीन सय पचास मिटर उच्च ठाउँमा ७१ जनाले रक्तदान गरेर विश्व कीर्तिमान बनाएकाे छ । सल्लेरी बजार प्रदेश नं. १ अन्तर्गत सगरमाथाकाे अाधार शिबिर जाने मुख्य नाका तथा जिल्लाकाे सदरमुकाम हाे । अायाेजक टिमका अनिल तुलाधरले साेही […]
समाज
चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द
काठमाडौँ । सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन फेरि बन्द भएको छ। यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै अत्यधिक चाप भएकाले आवेदन बन्द गरिएको जनाएको छ। प्रणालीमा चाप व्यवस्थापनपछि फेरि अनलाइन आवेदन खुला हुने विभागका प्रवक्ता लोकनाथ भुसालले बताएका छन्। कोरोनाका कारण गत वैशाख १६ गते बन्द भएको आवेदन असोज ८ गते खुलेको थियो।
कात्तिक नाच अन्तर्गत आज युद्धकला मञ्चन हुने
कार्तिक २७,काठमाण्डौं । ललितपुर पाटन स्थित कार्तिक डबलीमा प्रत्यक बर्ष देखाइने कार्तिक नाच अन्तर्गत आज चौथो दिन युद्धकला मञ्चन हुने भएको छ । नेवार समुदायका सबै जातजाति समावेश गरिएको यो नाच वि सं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन […]
मदिराको विज्ञापन तत्काल नहटाए कारबाही गर्ने चेतावनी
काठमाडौं । विज्ञापन बोर्डले मदिरा कम्पनीको विज्ञापन गर्ने र गराउनेलाई कारबाहीको चेतावनी दिएको छ । चाडपर्वको समयमा सर्वसाधारणको जनस्वास्थ्यमा असर पर्ने मदिरा तथा सुर्तीजन्य वस्तुको विज्ञापनले व्यापकता पाएपछि बोर्डले यस्तो चेतावनी दिएको हो । जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा १ मा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाइने व्यवस्था […]
ह्याकर पत्ता लगाउनेलाई अमेरिकाले एक करोड डलर दिने
काठमाडौँ – अमेरिकी सरकारले ह्याकर पत्ता लगाउनेलाई एक करोड डलर पुरस्कार दिने घोषणा गरेको छ । डार्कसाइड र्यानसमवेयरको कुनै पनि क्षेत्रको नेतृत्व गरिरहेको व्यक्ति अथवा उसका बारेमा कुनै पनि जानकारी दिने व्यक्तिका लागि अमेरिकी सरकारले यस्तो पुरुस्कारको घोषणा गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । साथै यससँग सम्बन्धित व्यक्तिको कुनै देशमा गिरफ्तारी वा दोषी ठहरिने […]
अब नेपाल एअलाइन्सकै टिकटमा युरोप, सिड्नी र कोरिया उडन पाइने
काठमाडौ, २५ कार्तिक । नेपाल एयरलाइन्सको सिधा उडान नहुने गन्तब्यसम्म पनि अब नेपाल एयरलाइन्सकै टिकटबाट यात्रुले उडान गर्न सक्ने भएका छन। नेपाल वायुसेवा निगम र विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुबीच द्धिपक्षीय अनुपातिक सम्झौता भएपछि निगमले यो सेवा दिन सम्भव भएको हो । सम्झौता अनुसार सिधा उडान नहुने गन्तब्यसम्म पनि अब नेपाल एयरलाइन्सकै टिकटबाट यात्रुले उडान गर्न […]
कोरोनाविरुद्धको फाइजर खोप कात्तिक २८ देखि लगाइँदै
काठमाडौँ । कोरोनाविरुद्धको फाइजर खोप यही कात्तिक २८ देखि मंसिर ४ गतेसम्म लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दीर्घरोगीलाई लक्षित गरी यही कात्तिक २८ गतेदेखि खोप अभियान सञ्चालन गरिन लागेको जानकारी दिए। नेपाललाई अमेरिकाले एक लाख ६२० डोज फाइजर खोप उपलब्ध गराएको थियो। मन्त्रालयले दीर्घरोगी भएका १२ वर्ष उमेरदेखि […]
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ– बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयाल निगमले १२ दिनपछि फेरि मूल्य बढाएको हो । पेट्रोल, डिजेल, मट्टितेल आन्तरिक तथा बाह्य हवाई इन्धन र एलपी ग्यासको मूल्य बढेको छ । १२ दिन अघि पनि मूल्य बढाइएको थियो । यसरी दुई हप्तामा दुई पटक मूल्य बढेको हो […]
२४ कम्पनीको साढे ६ अर्ब बढीको आइपिओ आउँदै
काठमाडौं । आइपिओ निष्कासनका लागि २४ वटा कम्पनीहरू नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा छन्। यसमा १४ वटा जलविद्युत कम्पनी, छ वटा माइक्रोफाइनान्स कम्पनी, दुइटा बीमा कम्पनी र दुइटा अन्य कम्पनी पाइपलाइनमा रहेको बोर्डले जनाएको छ। यी कम्पनीका प्राथमिक सेयर निष्कासन प्रक्रिया विभिन्न चरणमा छ। यी सबै कम्पनीले कुल ५ करोड ९३ लाख ६ हजार ४ कित्ता […]
पर्यटन बोर्डका कार्यकारी प्रमुख रेग्मीलाई स्पष्टीकरण
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही कात्तिक २० गते शनिबार भएको घटनालाई लिएर नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी विवादमा तानिएका छन् । बेलायतमा आयोजित अन्तर्राष्ट्रिय ट्राभल मार्ट (डब्लुटीएम) मा सहभागी भई नेपाल फर्कने क्रममा विमानस्थलको आगमन कक्षमा शनिबार बिहान कार्यकारी प्रमुख रेग्मी र विमानस्थल भन्सार कर्मचारीबीच विवाद भएको थियो । कार्यकारी प्रमुखले […]











