अब नेपाल एअलाइन्सकै टिकटमा युरोप, सिड्नी र कोरिया उडन पाइने

काठमाडौ, २५ कार्तिक । नेपाल एयरलाइन्सको सिधा उडान नहुने गन्तब्यसम्म पनि अब नेपाल एयरलाइन्सकै टिकटबाट यात्रुले उडान गर्न सक्ने भएका छन। नेपाल वायुसेवा निगम र विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुबीच द्धिपक्षीय अनुपातिक सम्झौता भएपछि निगमले यो सेवा दिन सम्भव भएको हो ।

सम्झौता अनुसार सिधा उडान नहुने गन्तब्यसम्म पनि अब नेपाल एयरलाइन्सकै टिकटबाट यात्रुले उडान गर्न सक्ने बाटो खुलेको छ । यसबाट एक अर्का वायुसेवाहरुका सेक्टरहरुमा यात्रुहरुलाई सेवा प्रदान गर्न सहज हुने भएको छ । निगमले हालै सम्पन्न गरेका सम्झौताहरुबाट यूरोपका विभिन्न शहरहरु, अष्टेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र वहराइनमा यस प्रकारको सेवा प्रदान गर्ने जनाएको छ ।

सकेसम्म कम ट्रान्जिट टाईम प्रयोग गरी गरिएको सम्झौता मार्फत यात्रुलाई थप सहजता हुने निगमले बिस्वास लिएको छ। यसबाट निगमलाई थप आयआर्जन हुनुको साथै अन्तर्राष्ट्रिय बजारमा निगमको शाखमा अभिवृद्धि हुने आशा निगमले लिएको छ। निगमको केन्द्रीय कार्यालय तथा ट्राभल एजेन्सीहरु मार्फत यस प्रकारका टिकटहरु सहजै प्राप्त गर्न सकिने निगमले जनाएको छ ।

 

सम्झौता भएका एयरलाइन्स र गन्तब्य-

काठमाडौं-बैंकक-सिओल : नेपाल एयरलाइन्स/थाई एयरवेज

काठमाडौं-बैंकक-सिड्नी : नेपाल एयरलाइन्स/थाई एयरवेज

काठमाडौं-बैंकक-टोकियो : नेपाल एयरलाइन्स/अल निप्पोन एयरलाइन्स

काठमाडौं-दोहा-कुवेत : नेपाल एयरलाइन्स/कुवेत एयरवेज

काठमाडौं-दुवई-कुवेत : नेपाल एयरलाइन्स/कुवेत एयरवेज

काठमाडौं-दुवई-जूरिच : नेपाल एयरलाइन्स/इमिरेट्स

काठमाडौं-दुबई-लण्डन : नेपाल एयरलाइन्स/इमिरेट्स

काठमाडौं/दुबई-फ्र्यान्कर्फट : नेपाल एयरलाइन्स/इमिरेट्स

काठमाडौं-दुबई-पेरिस : नेपाल एयरलाइन्स/इमिरेट्स

काडमाडौं-दुबई-बहराइन : नेपाल एयरलाइन्स/इमिरेट्स

 

यस बाहेक निगमले अमेरिकाका विभिन्न शहरहरुमा यस प्रकारको सम्झौताबाट यात्रुहरुलाई सेवा प्रदान गर्न विभिन्न वायुसेवाहरुसँग समन्वय गरिरहेको निगमले जानआएको छ ।

Loading...