ह्याकर पत्ता लगाउनेलाई अमेरिकाले एक करोड डलर दिने

काठमाडौँ – अमेरिकी सरकारले ह्याकर पत्ता लगाउनेलाई एक करोड डलर पुरस्कार दिने घोषणा गरेको छ ।

डार्कसाइड र्‍यानसमवेयरको कुनै पनि क्षेत्रको नेतृत्व गरिरहेको व्यक्ति अथवा उसका बारेमा कुनै पनि जानकारी दिने व्यक्तिका लागि अमेरिकी सरकारले यस्तो पुरुस्कारको घोषणा गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

साथै यससँग सम्बन्धित व्यक्तिको कुनै देशमा गिरफ्तारी वा दोषी ठहरिने जानकारी दिए अमेरिकाले ५० लाख डलर दिने बताएको छ ।

अमेरिकी निकायले अक्टोबर महिनामा सार्वजनिक गरेको एक रिपोर्टका अनुसार २०२१ को पहिलो छ महिनामा मात्र ५९० मिलियन अमेरिकी डलर र्‍यानसमवेयर आक्रमणका कारण खर्च गरेको छ ।

पछिल्लो समय साइबर आक्रमण बढिरहेको छ ।

Loading...