कात्तिक नाच अन्तर्गत आज युद्धकला मञ्चन हुने

कार्तिक २७,काठमाण्डौं । ललितपुर पाटन स्थित कार्तिक डबलीमा प्रत्यक बर्ष देखाइने कार्तिक नाच अन्तर्गत आज चौथो दिन युद्धकला मञ्चन हुने भएको छ ।

नेवार समुदायका सबै जातजाति समावेश गरिएको यो नाच वि सं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृृत्य प्रदर्शन गर्न लागिएको हो । सो नाचमार्फत आज महादेव अनि कुष्णको युद्ध हुनाका साथै शितज्वर तथा विष्मज्वरको युद्धसमेत मञ्चन गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताउनु हुन्छ ।

यो वर्षको नाचमा ११ देखि ७५ वर्ष उमेर समूहका मानिसले भाग लिएका र लिने भएका समितिका कोषध्क्षय उत्तम रत्न शाक्य । शाक्य ४० बर्ष देखि बिस छुट्टा छुटै विभिन्न भूमिका निर्वाह गर्दै आएको अनुभाव रहेको बताउनु हुन्छ। प्रत्यक छ/छ वर्षमा कलाकार अनि लत्ताकपडा र बिग्रिएका गरगहना फेर्ने चलनानुसार आउँदो वर्षको कात्तिक नाच प्रदर्शन गरी सो फेरिने भएको शाक्यले बताउनुभयो । ‘परम्परा जोगाउनु पर्छ भन्ने मनन गर्दी दशकौ पार गरियो , अबको चिन्ता नयाँ पिधिले यस्को जिम्मेवारी सम्हाल्ला कि नसम्हाल्ला ? सबै नेवार जतिको समावेस गरिएको भएता पनि हाल कतिपय जातिले छोडिसकेका छन्। अन्यले सो भूमिका निभाउदै आएका छन्।, हामी पनि नसक्ने हुदै जादा नयाँ केहि युवाले यस्मा चासो इक्षा दिएका कारण इतिहास बचेको छ ’ शाक्यले भन्नु भयो।

यस नाचको सर्जक एवं प्रवर्तक सिद्धिनरसिंह मल्लका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दिक्षा गुरु विश्वनाथ उपाध्यायलाई लिइन्छ । सो नाचको थालनिले सुरुआती चरणदेखिनै जनतालाई एउटै सूत्रमा बाँधेर मनोरञ्जन दिनुका साथसाथै धार्मिक, नैतिक, सामाजीक विषय समेटी संयोगान्त र वियोगान्त कथाबस्तुलाइ प्रस्तुत गरिदै आएका छन।

ऐतिहासिक तथा सांस्कृतिक एवं तान्त्रिक मूल्य मान्यताको यस नाचको गरिमा अहिले पनि उतिकै उच्च रहेको हुँदा यो वर्ष बुधबार बात प्रारम्भ भएको यो नाचमा सुदामा प्याखँ, बाथः प्याखँ-च्वले सुदाँ दाँ खुदाँ, बाथः प्याखँ-कौला खिचा आदि मञ्चन गरिइसकेको र बाँकी युद्धकला, देवी प्याखँ, जल शयण-मधु-कैटव वध, बराह अवतार-हीरण्याक्ष वध र नृसिंह अवतार-हीरण्यकश्यपु वध नृत्य आठ दिन प्रदर्शन गरिने भएको छ।

 

 

Loading...