प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङको तयारी पूरा

काठमाडौं । यही कार्तिक २९ देखि मंसिर ३ गतेसम्म हुन गइरहेको प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय पुरुष तथा महिला बक्सिङ प्रतियोगिता २०७८ को तयारी पूरा भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुन गइरहेको उक्त प्रतियोगिताको तयारी पूरा भएको नेपाल बक्सिङ संघले जनाएको छ ।
पाँच दिनसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज “अथक” ले गर्ने भएका छन् । महिलातर्फ ८ तौल समूहमा तथा पुरुषतर्फ १३ वटा तौल समूहमा गरी २१ स्वर्णपदकका लागि भिडन्त हुने सो प्रतियोगितामा देशभरका महिला तथा पुरुष मुक्केबाजले सहभागीता जनाउने भएका छन् । क्लब र जिल्ला गरी ३३ टीमबाट अहिलेसम्म एक सय बीस खेलाडीले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । दर्ताको क्रम जारी रहेको संघले जनाएको छ । दर्ता गर्ने समय आइतबार साँझसम्म रहेको छ । विभागीय टिम पनि दर्ता गर्न बाकि रहेको छ ।
दर्ता भएका खेलाडीहरुको तौल र मेडिकल जाँच कार्तिक २९ गते बिहान ६ देखि ८ बजेसम्म सातदोबाटोस्थित कराते हलमा हुनेछ । प्रतियोगिता दिउँसो १ बजेबाट शुरु हुनेछ । प्रतियोगितालाई सफल पार्नका लागि नेपाल बक्सिङ संघका अध्यक्ष श्री राम अवालेको संयोजकत्वमा अन्य विभिन्न समिति तथा उपसमितिहरु गठन गरिएको छन् । जस अन्तर्गत आर्थिक समितिमा संयोजक अर्जुन बहादुर के.सी., अनुशासन समितिमा संयोजक राम बहादुर गिरि, अतिथि सत्कार समितिमा संयोजक श्री श्याम काजी अवाले, प्राविधिक समति संयोजकमा श्री मान बहादुर भण्डारी, प्रचार–प्रसार समितिमा संयोजक श्री पुष्कर राज पन्त, सुरक्षा व्यवस्थापन समिति संयोजकमा राम चन्द्र थापा मगर, होटल व्यवस्थापन समिति संयोजकमा महेश सिंह, उदघाटन समारोह समितिमा संयोजक धन कुमार मैनाली “अभिलास”, रिङ्ग व्यवस्थापन समितिमा संयोजक सुवर्ण सापकोटा लगायत रहेका छन् । सम्पुर्ण सहभागी खेलाडी तथा टिम व्यवथापकहरुलाई समयमै टीम दर्ताका तथा खेलाडीहरुलाई तयारी अवस्थामा खेलस्थलसम्म ल्याई खेललाई शभ्य र भब्य बनाउन सहयोग गरिदिनु हुन नेपाल बक्सिङ संघ हार्दिक अपिल समेत गर्दछ ।
पुनश्चःखेलको टाईसिट ड्र मिति २०७८ कार्तिक २८ गते बेलुकी ५ः ०० बजे हुने भएकोले टिम कोच तथा व्यवस्थापकहरु कार्तिक २८ गते बेलुकी ठिक ५ः०० बजे कराते हलमा उपस्थित हुन हार्दिक अनुरोध तथा खेल मिति २०७८ कार्तिक २९ गते दिनको ठिक १ः०० बजे शुरु हुने हुँदा सहभागि सम्पूर्ण खेलाडीहरु १२ः२० भित्रमा खेलस्थलमा पुग्न हार्दिक अनुरोध गरिन्छ । साथै टाई शीट अनुसारका खेलाडीहरूको मात्र मेडीकल तथा तौल जाच हुनेछ ।

Loading...