बेञ्च बहिष्कार गरेका १९ न्याधिशहरुले श्वेतपत्र जारी गर्ने तयारी

काठमाडौं । सर्वोच्च अदालतका १९ न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका छन् । बेञ्च बहिष्कारसहितका कार्यक्रम ल्याएर प्रधानन्यायाधीशको राजीनामा मागिरहेका न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका हुन् ।

जनताको मुद्दा नै नहेरेर कुनै व्यक्तिको राजीनामा लागेका भनेर प्रश्न उठ्न थालेपछि न्यायाधीशहरूले किन र के का लागि आन्दोलन गरिएको हो, सो बारे स्पष्ट पार्न श्वेतपत्र जारी गर्ने तयारी गरिएको एक न्यायाधीशले बताए । ती न्यायाधीशका अनुसार प्रधानन्यायाधीशले राजीनामा पनि नदिने र न्यायाधीशहरूले निरन्तर बेञ्च बहिष्कार गरिरहँदा जनतामाझ सही सूचना प्रवाह हुन नसकेको भन्दै श्वेतपत्र जारी गर्ने तयारी गरिएको हो ।

न्यायाधीशहरुको शुक्रबार बसेको बैठकमै श्वेतपत्र जारी गर्ने सम्बन्धमा छलफल भएपनि कुनै निष्कर्ष निस्किएको थिएन ।

Loading...