दिल्ली बन्यो अत्यधिक प्रदुषित , केन्द्रीय प्रदुषण नियन्त्रण बोर्डले दियो चेतावनी

काठमाडौँ । भारतको राजधानी दिल्लीमा अत्यधिक प्रदुषण बढेको छ। त्यहाँ स्थित केन्द्रीय प्रदुषण नियन्त्रण बोर्डले अत्यधिक प्रदुषण बढेपछि चेतावनी जारी गरेको छ ।

बोर्डले अत्यधिक प्रदुषणका कारण हावाको गुणस्तर निकैनै खराब भएको तथ्यांक सार्वजनिक गर्दै कम्तिमा दुइ दिन गम्भीर रोगी, बच्चा, गर्भवती र बुढाबुढीलाई घरबाहिर ननिस्किन चेतावनी दिएको हो ।

साथै नोभेम्बर १८ सम्म दिल्लीमा हावाको गुणस्तर खराब हुने बोर्डले बताएको छ ।

बोर्डले वातावरण सन्तुलन तथा सुधारकाका लागि सरकारी र निजी कार्यालयका कर्मचारी तथा सवारी साधन ३० प्रतिशत कटौती गर्नुपर्ने बताएको छ । शुक्रबार ४ बजे दिल्लीको हावाको गुणस्तर ४७१ पुगेको थियो ।

यसै गरि राज्य र स्थानीय निकायले आपतकालीन उपाय अपनाउनु पर्ने, स्कुल बन्द गर्नु पर्ने, निर्माण कार्य बन्द गर्न सुझाव बोर्डले दिएको छ ।

Loading...