कोलम्बियालाई हराउँदै ब्राजिल कतार विश्वकपका लागि छनोट

ब्राजिल कतारमा हुने फिफा विश्वकपका लागि छनोट भएको छ। शुक्रबार बिहान भएको दक्षिण अमेरिकी टोलीको छनोट खेलमा कोलम्बियालाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो।

दक्षिण अमेरिकाबाट कतार विश्वकपका लागि छनोट हुने ब्राजिल पहिलो टोली हो। खेलको ७२ औं मिनेटमा ब्राजिलका लुकास पकेटाले निर्णायक गोल गरे।

यससँगै १० टोली सामेल रहेको दक्षिण अमेरिकी टोलीको छनोटमा ब्राजिललले १२ खेलबाट ३४ अंक हात पारेको छ।

दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ११ खेलबाट २५ अंक छ। शीर्ष चारमा रहने टोली विश्वकपका लागि स्वतः छनोट हुन्छन् भने पाँचौं स्थानमा रहने टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ।

Loading...