मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

कञ्चनपुर, १ मङ्सिर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा गएराति मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ ।नम्बर नभएको अनटेस्ट पल्सर मोटरसाइकल सडकछेउ रोकिराखेको ना३ख १४२४ नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल सवार कृष्णपुर नगरपालिका–३ देखतभूलीका २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनिल रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए । […]

उद्योग व्यवसाय प्रवद्र्धन गर्ने विषयवस्तुलाई प्राथमिकता दिन आग्रह

रुपन्देही, १ मङ्सिर । मिडियामा उद्योग व्यवसाय प्रवद्र्धन गर्ने विषयवस्तुलाई प्राथमिकता दिन रुपन्देहीका उद्योगी व्यवसायीहरुले आग्रह गरेका छन् । समाचार सम्मेलनको पूर्वसन्ध्यामा पत्रकार महासङ्घ रुपन्देहीको संयोजनमा लुम्बिनीमा शनिबार साँझ आयोजना गरिएको मिडियाका सम्पादक र उद्योगी व्यवसायीबीचको छलफलमा यस्तो सुझाव दिइएको हो । मिडियाले जहिले पनि राजनीतिक विषयलाई प्राथमिकता दिँदा उद्योगी व्यवसायीका समस्या ओझेलमा परेको उनीहरुले […]

जोमसोम–कोरला सडक तीन दिन बन्द 

ठिनी, १ मङ्सिर । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द गरिने भएको छ ।जोमसोम–कोरला निर्माणाधीन सडकको तेस्रो प्याकेजमा पर्ने समरको भिरदेखि झोखोलासम्मको सडक फराकिलो बनाउन मङ्सिर ५ देखि ७ गतेसम्म सवारी आवतजावत बन्द गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले सवारी आवतजावत रोकेर विस्फोटक […]

विमल घर्तीमगरसहित चार खेलाडी मध्यरात ठमेलका बारमा भेटिएपछि बर्खास्त, विश्वकप छनाैटमा वैकल्पिक खेलाडी गए

काठमाडौँ, ३० कार्तिक । नेपालका चर्चित राष्ट्रिय खेलाडीहरु अन्तराष्ट्रिय खेल अाउनुभन्दा केही दिन अगाडि बर्खास्तीमा परेका छन् । नेपाली फुटबलका चर्चित खेलाडीहरु विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दीनेश राजवंशी बर्खास्तीमा परेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनीहरुलाइृ बर्खास्त गरेकाे हाे । उनीहरुले अनुशासनहीन काम गरेको भन्दै एन्फाले राष्ट्रिय टिमबाट बर्खास्त गरेको […]

अढाइ लाखको योजनामा रु ५० हजार बचत

भजनी, २९ कात्तिक । कैलालीको जानकी गाउँपालिकामा गठन भएको एक उपभोक्ता समितिले साढे दुई लाखको योजनाबाट प्राविधिकको लागतभन्दा दोब्बर बढी काम गरेर रु ५० हजार बचाएको छ । जानकी गाउँपालिकाको आर्थिक वर्ष २०७५/७६ को बजेटबाट वडा नं ३ को भगतपुर बरका पुरुवा हुँदै मुख्य सडक जोड्ने बाटो निर्माणबाट बचेको रु ५० हजार गाउँकै युवा सञ्जाललाई […]

झापामा स्ट्रबेरीको व्यावसायिक खेती शुरु

भद्रपुर, २९ कात्तिक । झापाको बाह्दशी गाउँपालिका–१ स्थित राजगढमा स्ट्रबेरी खेती शुरु गरिएको छ । काठमाडौँस्थित गोल्यान एग्रो ट्रेड प्रालिले ३० बिघा जमीनमा यो खेती शुरु गरेको हो । गत वर्ष चार कठ्ठा जमीनमा गरिएको सो खेतीको परीक्षण सफल भएपछि चालू आर्थिक वर्षमा ३० बिघा जमीनमा लगाइएको प्रालिका स्रोत व्यवस्थापन प्रमुख रामशरण तिम्सिनाले बताए । […]

एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

बाजुरा, २९ कात्तिक । जिल्लाको बडिमालिका–५ मनामा रहेको नेपाल टेलिफोन टावरको सेवा एक सातादेखि अवरुद्ध बनेको छ । नेपाल टेलिकमको टावर एक सातादेखि बिगिँ्रदा टेलिफोन सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् । यसअघि नियमित सञ्चालनमा रहेको टावर एकाएक बन्द भएपछि फोन सम्पर्कविहीन हुनु परेको स्थानीय कर्णबहादुर दानीले बताए । सञ्चारविहीन भएपछि स्थानीयलाई समस्या भएको […]

चेक कीर्ते आरोपमा प्रहरी जवान पक्राउ

जलेश्वर, २९ कात्तिक । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा विगत तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । प्रहरी जवान द्विवेदीले बिहीबार महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको राष्ट्रिय बाणिज्य […]

कृषि युगको सम्झनामा ‘भुस पोल्ने पर्व’

बागलुङ, २९ कात्तिक । बा¥ह मगरातमा पर्ने पाल्पा, अर्गलीबाट आएका मगरले आफूसँगै भुस पोल्ने पर्व पनि लिएर आएको गाउँका अगुवाहरु बताउँछन् । बास र खेती लगाउने ठाउँको खोजीमा आएका उनीहरु अर्गलिमा आई खोरिया खनेर थातथलो बसाएका थिए । त्यसरी नयाँ ठाउँमा आउँदा बाटोमा कुनै दुःख, कष्ट नहोस्, कसैले केही नगरोस् भनेर ‘बाटो हिँड्ने बटुवा सबै […]

सिकलसेलले थला परेका थारु समुदाय

तुलसीपुर, २९ कात्तिक । दाङ तुलसीपुर उपमहानगरपालिका– ११ कटाहाकी ५० वर्षीया जुमरामी चौधरी लमो समयदेखि सिकलसेल एनिमिया रोगले पीडित हुन । हाडजोर्नीमा कडा खालको दुखाइ हुँदा घरको कुनै पनि काम गर्न नसकिने पीडा सुनाउँदै उनि भन्छन, “जोर्नीहरू बेस्सरी दुख्छन्, घरमा खाना पकाउनसमेत सकिँदैन्, अरु काम गर्न त झन् के सक्नु रु” त्यस्तै सोही वडाकी २५ […]