करोड जरिवाना गरिएका घिसिङ पक्राउ

काठमाडौँ । प्रहरीले उच्च अदालत पाटनबाट एक करोड दुई लाख ५० हजार जरिवाना गरिएका एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले २०७८ पुस २७ गते उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा जरिवाना तोकेपछि फरार रामेछापको सुनापति गाउँपालिका घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्ने ४३ वर्षीय विनोद घिसिङलाई पक्राउ गरेको हो । ब्यूरोका […]

इंग्ल्याण्ड क्रिकेट टिमका कप्तान मोर्गनद्धारा सन्यासको घोषणा

काठमाडौँ । इंग्ल्याण्डलाई एकदिवसीय विश्वकप जिताएका कप्तान इयोन मोर्गनले सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय मोर्गनले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । उनी इंग्ल्याण्डको एकदिवसीय र टी–ट्वान्टी क्रिकेट टिमका कप्तान हुन् । र, इंग्लिस क्रिकेटको ह्वाइट बलको कप्तानीमा उनी अहिलेसम्मकै सफल हुन् । किनकी उनले पहिलोपटक इंग्ल्याण्डलाई विश्वकप जिताए । यद्यपी सो […]

१७५ हिमालको जिम्मा दिन पर्वतारोहण संघको माग

काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घले थप १७५ वटा हिमालको व्यवस्थापनको जिम्मा दिन सरकार समक्ष माग गरेको छ । सङ्घले प्रधानमन्त्री शेरबहादुर देउवासँग सङ्घ भेट गरी उक्त माग गरेको हो । सङ्घका अध्यक्ष निमानुरु शेर्पा नेतृत्वको टोलीले चुली व्यवस्थापनसहित तीन बुँदे मागपत्र प्रधानमन्त्री समक्ष पेश गरेका हुन् । सङ्घले गरेका कमको प्रशंसा गर्दै मागप्रति प्रधानमन्त्री सकारात्मक […]

फिफा वरीयतामा नेपाल आठ स्थान तल झर्‍यो

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरीयतामा आठ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १७६औँ स्थानमा पुगेको हो । जुन पछिल्लो वरीयताभन्दा आठ स्थान तल झरेको हो । नेपाल यसअघि वरीयताको १६८औँ स्थानमा थियो । नेपालले गत जेठमा कुवेतमा खेलेको एएफसी एशियन कपको […]

२७ जिल्लाका बालबालिकालाई कोरोना खोप आजदेखि

काठमाडौँ । सात प्रदेशका २७ जिल्लाका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई विद्यालयमै खोप दिन लागिएको हो । बालबालिकालाई १५ असारसम्म पहिलो डोज र २ साउनदेखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने छ । आजदेखि खोप कार्यक्रम सञ्चालन हुने जिल्लामा झापा, इलाम […]

मन्तब्य कला तथा उद्घोषण प्रशिक्षण सम्पन्न

  ललितपुर महानगरपालिका २० वडा युवा समितिको आयोजनामा एक हप्ते मन्तब्य कला तथा उद्घोषण प्रशिक्षण सम्पन्न भएको छ । ललितपुरको ख्वाय्बहीस्थित लोटस रिसर्च सेन्टरमा भएको यस प्रशिक्षणमा करिब २० जना युवाहरुको सहभागिता रहेको थियो । आज लोटस रिसर्च सेन्टरकै हलमा आयोजना समापन समारोह ललितपुर महानगरपालिका २० वडा अध्यक्ष चन्द्रलाल महर्जनको प्रमुख आतिथ्यमा भएको थियो । […]

सुशासनका लागि निरन्तर निगरानी र खबरदारी गर्नुपर्ने भक्तपुरका पत्रकारको निष्कर्ष

आकाश गजुरेल । भक्तपुर, ६ असार । संचार क्षेत्रको निगरानी र खबरदारी बिना स्थानीय सरकारमा सुशासन कायम हुन नसक्ने निष्कर्ष निकालिएको छ । सोमबार भक्तपुरमा सम्पन्न स्थानीय सरकारको सुशासन प्रबर्द्धनमा संचार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उक्त निष्कर्ष निकालिएको हो । नेपाल पत्रकार महासंघ भक्तपुर र मानव अधिकार संचार प्रतिष्ठान नेपाल ललितपुरको संयुक्त आयोजनामा राधेराधे स्थित […]

ह्याण्डसम प्रिन्सलाई कृष्णको रुपमा पाउँदा मोडल गरिमा शर्मा मक्ख

  काठमाडौँ । लोकप्रिय गायक सुरेन चन्द र गायिका प्रतिमा केसीको स्वर रहेको राधा प्यारीको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक सुरेनले पछिल्लो समय एकपछि अर्को सफल गीतमा स्वर दिइरहेका बेला प्रेम रोमान्सले भरिएको राधा प्यारीबाट निकै आशा गरेको बताएका छन् । गायक तथा संगीतकार सिएल शर्माको शब्द तथा संगीत सृजना रहेको राधा प्यारीमा […]

प्राकृतिक पर्व भुम्या नयाँ वर्ष

पदम श्रेष्ठ –  मगर समुदायको नयाँ वर्ष भुमि –( भुम्या ) पुजा आषाढ १ देखि ३ गते सम्म नाचगान , खानपानलगायत विविध कार्यक्रम समारोहका साथ मनाईयो । पाल्पालाई केन्द्र बनाई रूकुम, रोल्पा, प्युठान, सल्यान, गुल्मी, अर्घाखाँची, म्याग्दी र डोल्पाका आदिवासी भूमिपुत्र मगरहरुले भुम्या पुजा कृषि कर्म उत्तम हवस ,बाह«ी पहिरोले विडण्टा नगरोस भन्ने कामनागर्दै मनाउँदछन् […]

विदेशमा विद्यार्थी पठाउने शैक्षिक कन्सल्टेन्सीका शेयरधनी नै करोडमा ठगिए

काठमाडौं । कतिपय शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) मा विद्यार्थी र अभिभावक ठगिएका घटना नयाँ होइन तर काठमाडौँको एक कन्सल्टेन्सीका शेयरधनी नै ठगिएका छन्। काठमाडौं महानगरपालिका–३२ स्थित अर्बिट इन्टरनेशनलका शेयरधनी तारकेश्वर गाउँपालिका–१, नुवाकोटका श्रीबहादुर तामाङलाई थाहै नदिइ पूर्वसञ्चालक चाँगुनारायण नगरपालिका–८, भक्तपुरका ७२ वर्षीया केशवप्रसाद अधिकारीले रु तीन करोड ५० लाख ठगी गरेको उजुरी परेपछि अधिकारीलाई नेपाल […]