जी-बब र उनका बाबुआमाबीच तीन बुँदे सहमति

काठमाडौँ । र्‍यापर जी–बब (सुदीप भण्डारी) र उनका बाबुआमाबीच तीन बुँदे सहमति भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दुई पक्षबीच तीन बुँदे सहमति भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनका बुवा राजकुमार भण्डारी र समर्पण समाज नेपाल नामक पुनर्स्थापना कपनका सञ्चालक टासी लामाबीच परिसरमा छलफल पछि दुबैले तीन बुँदे सहमती गरेका हुन् ।

सहमतिमा अनुसार जी–बबको चाहना अनुसार उनलाई पुनस्थापना केन्द्रमा अन्य व्यक्तिसरह नै राखिने उल्लेख छ ।

त्यस्तै, केही समयका लागि जी–बबले चाहेको समयमा आमा–बुवालाई भेट गराउने व्यवस्था पुनर्सथापना केन्द्रले मिलाउने विषयमा पनि सहमति भएको छ । त्यस्तै, सहमतिपत्र कुनै प्रकारको कार्यक्रममा भाग लिनका लागि जी– बबले आमाबुवाको सहमति लिनुपर्ने उल्लेख छ ।

Loading...