भारत प्रशासित कश्मीरमा १ सय लडाकु मारिए

काठमाडौँ । यस वर्षको सुरुवातदेखि सरकारी फौजको कारवाहीमा परी भारत प्रशासित काश्मिरमा १०० विद्रोहीको मृत्यु भएको भारतीय प्रहरीले सोमबार जनाएको छ ।

प्रहरीले जारी गरेको संक्षिप्त वक्तव्यमा भनिएको छ, ‘यस वर्ष पाँच महिना १२ दिनमा विभिन्न सशस्त्र भिडन्तमा १०० जना आतङ्ककारी मारिएका छन् ।’ प्रहरीका अनुसार गत वर्षको सोही अवधिमा मारिएका आतङ्ककारीको सङ्ख्याभन्दा यो सङ्ख्या दोब्बर हो ।

आइतबार प्रहरीले गरेको कारवाहीका क्रममा चार विद्रोहीको ज्यान गएको जनाएको थियो । भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरमा एक जना विद्रोहीको गोली लागी ज्यान गएको छ भने दक्षिणी पुलवामा जिल्लामा अन्य तीन जनाको मृत्यु भएको छ ।

Loading...