काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले चार दलीय समाजवादी मोर्चा विघटनको प्रस्ताव अघि सारेका छन्। मंगलबार नेकपा (एकीकृत समाजवादी) को आलोकनगरस्थित पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकमा संयोजकसमेत रहेका विप्लवले मोर्चा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको भन्दै हाललाई स्थगन गर्न प्रस्ताव राखेका हुन्। बैठकमा उपस्थित स्रोतका अनुसार विप्लवले भने, “मोर्चाभित्र समय […]
राजनीति
दल नेतामा बहादुरसिंह अल्पमतमा, बानियाँलाई मुख्यमन्त्री बन्ने ढोका खुला
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता बहादुर सिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव पारित भएको छ। गत ९ गते पेश गरिएको सो प्रस्तावलाई प्रदेश सभा संसदीय दलको विधान अनुसार मंगलबार बसेको बैठकमा अन्तिम निर्णय लिइएको हो। बैठकमा नेपाली कांग्रेस केन्द्रीय पर्यवेक्षक राजेन्द्रकुमार के.सी.को उपस्थितिमा अविश्वास प्रस्तावमाथि मतदान भएको थियो। कुल ३७ […]
कांग्रेसका दुई सांसदले फिर्ता लिए लामाविरूद्धको अविश्वास प्रस्ताव
हेटौंडा । बागमती प्रदेश सभाका दुई सांसदले मुख्यमन्त्री बहादुर सिंह लामाविरूद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका छन् । कांग्रेस सांसदहरू माया श्रेष्ठ र मिना पराजुलीले जानकारी नै नगराई आफूहरुलाई हस्ताक्षर गराइएको भन्दै अविश्वास प्रस्ताव फिर्ता लिएको जानकारी गराएका छन् । ‘अविश्वासको प्रस्तावमा हामीसमेतको हस्ताक्षर संकलन गरिएकोमा हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा जानकारी नै नगराई हस्ताक्षर गराइएकोमा […]
सांसद दाहालद्धारा एमाले नेता योगेश भट्टराईको पछिल्लो अभिव्यक्तिको प्रतिवाद
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल (राजन दाहाल)ले नेकपा एमालेका सांसद योगेश भट्टराईको पछिल्लो अभिव्यक्तिको प्रतिवाद गरेका छन् । सांसद दाहालले सामाजिक सञ्जालमार्फत भट्टराईको पछिल्लो अभिव्यक्तिको प्रतिवाद गर्दै ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधान हटाउने प्रयासमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेका छन्। सांसद दाहालले आफ्नो सामाजिक संजााल फेसबुक […]
कांग्रेसभित्र एआई बहस, के भन्छन् सभापति देउवा?
ललितपुर । सूचना प्रविधिको द्रुत विकाससँगै कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग दिनानुदिन बढ्दो छ। विश्वका सात अर्ब जनसंख्यामध्ये धेरैको जीवनशैलीमा यसको प्रभाव स्पष्ट देखिन थालेको छ। यही सन्दर्भमा नेपाली कांग्रेसले प्रविधिमैत्री राजनीतिक अभ्यासको संकेत दिँदै ‘नेपालको विकासका लागि कृतिम बौद्धिकता समग्र विश्लेषण’ शीर्षकमा केन्द्रीय कार्यालय सानेपाबाट एआई बहसको श्रृङ्खला आरम्भ गरेको छ। कार्यक्रमको विशेषता – […]
पूर्व राष्ट्रपति भण्डारी भन्छिन्, ‘मलाई पार्टी सदस्यताबाट बञ्चित गर्न मिल्दैन,’
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफूले पार्टी सदस्यता नविकरण गरिसकेको बिषयमा हुलहुज्जत गरी अनावश्यक विवादित बनाउन नमिल्ने बताएकी छिन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफ्ना बारेमा एमाले केन्द्रीय समितिले गरेको निर्णय ‘अपरिपक्व’ भएको भन्दै नेतृत्वले हुलहुज्जत गर्न नमिल्ने बताएकी हुन् । ‘मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन, […]
एमाले निर्णयको प्रतिवाद गर्न पत्रकार सम्मेलन गर्दै विद्या भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्दैछिन् । उनले बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् । पत्रकार सम्मेलनमार्फत एमालेले पार्टी राजनीतिमा आउन रोक लगाउँदै पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा भण्डारीले धारणा सार्वजनिक गर्नेछिन् । साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा […]
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद् संशोधन विधेयक
काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि )सम्बन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन् । सो संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकुल भएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा […]
प्रधानमन्त्रीलाई हावादारी कुरा नगर्न सभामुखबाट रुलिङ हुनुपर्ने माग
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीका कतिपय अभिव्यक्तिलाई ‘हावादारी अभिव्यक्ति’को संज्ञा दिएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्ति गलत हुन नहुने भनेर यस निम्ति सभामुखबाट रुलिङ हुनुपर्ने माग गरे । ‘प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर झुटको खेती गर्ने, आँपलाई इम्लिी भन्ने, अन्धकारमा धकेल्ने र समाजलाई […]
एमाले निर्णयबारे माओवादी महासचिवले खोले मुख
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि एमाले प्रवेशमा गरिएको प्रतिवन्ध नेपालको संविधानको मौलिक हकको धारा–१७ विपरीत रहेको टिप्पणी गरेका छन्। गत मंगलबारको एमाले केन्द्रीय कमिटीको नवौं बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्कन रोक लगाउने निर्णय गरेको छ। ‘नेपालको संविधानले पूर्वराष्ट्रपतिलाई गैरनागरिक बनाएको छैन। नेपाली नागरिकहरूको हकमा मौलिक हकसम्बन्धि धारा १७ […]










