मुख्यमन्त्री नै नआएपछि दिउँसो २ बजेको लागि सर्‍यो मधेश प्रदेशसभा बैठक

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक तोकिएको भन्दा २ घन्टा ढिला सुरु भएसँगै सारिएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले २ बजे मात्र विश्वासको मत लिने अडान राखेपछि बैठक सारिएको हो । प्रदेश सभा सचिवालयले विश्वासको मत लिन बुधबार बिहान साढे ८ बजेका लागि बैठक बोलाएको थियो । ढिलो गरी बैठक सुरु गरे पनि मुख्यमन्त्री यादवसहित […]

नेता दाहालको दावी – सरकारको गति र मति दुबै राम्रो देखिएन

सिन्धुली । जेनजी विद्रोहपछिको वस्तुगत परिस्थिति र तथ्य अनुसार देशलाई सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले दिशानिर्देश गर्न नसकेको नेपाली कम्युनिस्ट पार्टीका नेता एवं बिघटित प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)को दावी छ । पुरानोको निरन्तरतामा मनोगत ढङ्गले चलेको कार्की नेतृत्वको सरकारको पनि गति र मति दुबै राम्रो नरहेको उनले दावी गरे । लुटिएको हतियार र जेलबाट […]

क्षतिग्रस्त केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि कांग्रेसले थाल्यो आर्थिक संकलन

काठमाडौं । जेनजी आन्दोलनमा आगजनीबाट क्षतिग्रस्त भएको पार्टी केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि नेपाली कांग्रेसले आर्थिक सहयोग संकलन थालेको छ । कांग्रेसले पार्टी मातहतका विभिन्न ६ वटा कार्यसमिति, महाधिवेशन प्रतिनिधि, क्रियाशील सदस्य र जनप्रतिनिधिहरूबाट आर्थिक सहयोग संकलन थालेको हो । संकटको क्षणमा प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, महानगर/उपमहानगर/नगरपालिका, गाउँपालिका र नगर तथा गाउँ वडा […]

कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ को बैठक आज बस्दै छ । पार्टीले २६–२८ पुसमा महाधिवेशन गर्ने निर्णय गरेसँगै लामो समयपछि समितिको बैठक बस्न लागेको हो । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बिहान ११ बजे बैठक बस्न लागेको समिति सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले जानकारी दिए । उनले […]

मधेस प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री यादवले विश्वासको मत लिने

धनुषा । मधेस प्रदेशसभा बैठक आज बस्ने भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो । सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् । मधेस प्रदेशसभामा […]

भदौ २३ गतेको घटना तत्कालीन सरकारले जिम्मा लिनुपर्छ: विद्या भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गतेको घटनामा तत्कालीन सरकारले जिम्मा लिनुपर्ने बताएकी छन्। त्यसबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा एमालेकै पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले तत्कालीन सरकार प्रमुखको हैसियतले ओलीले त्यसको जिम्मा लिनुपर्ने बताएकी हुन्। ‘तत्कालीन सरकारको समयमा भएको हुनाले तत्कालीन सरकारप्रति त्यो कुरा जानुलाई अन्यथा रूपमा लिनुहुँदैन। […]

ब्युतियो भूमि समस्या समाधान आयोग

काठमाडौ । सरकारले खारेज गरेको भूमि समस्या समाधान आयोग पुनः ब्युँतिएको छ। आयोग अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमा सर्वोच्च अदालतले सोमबार सरकारको निर्णय बदर गर्दै रिट जारी गर्न आदेश दिएको हो। गत २३ असोजमा खर्च कटौती भन्दै सरकारले आयोग खारेज गरेको थियो। सर्वोच्चको आदेशपछि केन्द्रदेखि जिल्लासम्मका आयोग पदाधिकारीहरूको पद सुरक्षित बनेको छ। आयोगमा पार्टी […]

डेढ महिना लामो रस्साकस्सीपछि कांग्रेसभित्र जुट्यो सहमति

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विषयमा देखिएको विवाद डेढ महिनापछि टुंगिएको छ । सोमबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । गत असोज २८ गते केन्द्रीय कार्यसमिति बैठक सुरु गर्दै लिखित मन्तव्य दिएर सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई […]

पुस २६, २७ र २८ गते महाधिवेशन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी पुस २६,२७ र २८ गते हुने भएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नियमित महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । बैठकले वडा अधिवेशन पुस १६ गते, पालिका अधिवेशन पुस १७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते गर्ने निर्णय भएको […]

प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा, सूचीसहित

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ । केन्द्रीय कमिटीको अध्यक्ष परिषद्मा ओजस्वी भट्टराई, दुर्गा सोव, सन्तोष परियार, सुदन किराती र सुरेन्द्र प्रसाद जयसवाल रहेका छन् । बाँकी सबैलाई केन्द्रीय कमिटी सदस्य तोकिएको सो पार्टीले सोमबार जनाएको छ । मंसिर ७ गते प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा भएको थियो । […]