लेखक तथा विश्लेषक युग पाठक नेकपामा प्रवेश

काठमाडौँ । लेखक, विश्लेषक तथा नागरिक अभियानी युग पाठक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । शनिबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई पार्टीमा स्वागत गरे।

पेरिसडाँडा युग पाठकलाई स्वागत गर्दा नेकपा सह-संयोजक माधवकुमार नेपाल, नेताहरू बेदुराम भुसाल, पम्फा भुसाल र रञ्जिता श्रेष्ठ पनि उपस्थित थिए।

युग पाठक अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा झापा-५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लडेका थिए। पुतली चुनाव चिह्न लिएर लडेका युग पाठक त्यतिबेला पराजित भएका थिए।