तीन हप्ते अल्टिमेटम दिएर तीन राजदुत सरकारले फिर्ता बोलायो

काठमाडौँ, ११ पुस । सरकारले तीनजना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको परराष्ट्र स्रोतले जानकारी दिएको छ । गएको सोमाबार बसेको मन्त्रीपरिषद बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला नियुक्त भएका तीन देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मन्त्रीपरिषद बैठकले राजदूतहरु अर्जुनजंगबहादुर सिंह, भरतबहादुर रायमाझी र डा. चोपलाल भुसाललाई फिर्ता बोलाउने निर्णय […]

चार वर्षका लागि नियुक्त झा चार महिनामै राजीनामा दिन बाध्य

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । चार वर्षका लागि नियुक्त झा चार महिनामै राजिनामा दिन बाध्य भएका छन् । झाले बुधबार बिहान पत्रकार सम्मेलन गरेर अाफू भन्दा सक्षम प्रशासक नरहेकाे दावी गरेका थिए । साथै उनले अाफ्नाे मानहानी गरिएकाे भन्दै क्षतिपूर्तीका लागि अदालत जाने बताएका थिए । बिहान पत्रकार […]

अस्थायी शिक्षकको माग पूरा गराउन शैक्षिक हडताल सुरु

राजविराज । अस्थायी शिक्षकको मागमा नेपाल शिक्षक सङ्घ सप्तरीले ऐक्यबद्धता जनाउँदै आज र भोलि दुई दिने शैक्षिक संस्था हडतालको घोषणा गरेको छ । सङ्घका सचिव विश्वनाथ भदेसवार यादवद्वारा जारी विज्ञप्तिमा आज र भोलि शैक्षिक बन्दको घोषणा गरिएको जनाइएको छ । विभेदकारी परीक्षा लिई वर्षौंदेखि काम गर्दै आइरहेका अस्थायी शिक्षकलाई हटाउने प्रपञ्च रचेको विरुद्ध आन्दोलनस्वरुप शैक्षिक […]

कर्मचारीको व्यापक विरोधका बाबजुत समायोजन अध्यादेश राष्ट्रियसभामा प्रस्तुत

काठमाडौँ, ११ पुस ।राष्ट्रियसभाको आजको बैठकमा ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ प्रस्तुत भएको छ । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उक्त अध्यादेश प्रस्तुत गरेका हुन् । संसद् बैठक नभएको बेला सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न उक्त अध्यादेश गत मङ्सिर २३ गते जारी भएको थियो । बैठकले पूर्वसांसद चक्रप्रसाद बाँस्तोला, पद्मरत्न […]

प्रधानमन्त्रीलाई बदनामी हुन्छ भने पद छोडछु, तर मेरो मानहानी गर्न पाइदैन : अध्यक्ष

काठमाडौं, ११ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफूलाई पदको लोभ नभएकोले सरकारलाई असजिलो बनाएर आफु पदमा नबस्ने स्पष्ट पारेका छन् । उनले भने,‘मलाई कुनै पदको लोभ छैन । काम गर्न पाए हुन्छ । भोलि त्यस्तै अवस्था आयो भने, म स्वेच्छाले यो सरकारलाई सजिलो पार्नलाई, किनभने मेरो कारणले यदि सम्मानीय प्रधानमन्त्री र मन्त्रीज्यूहरुलाई […]

यस्ता छन हुलाक कर्मचारीका पीडा, निजामतिकरण नगरिए यस्तो छ चेतावनी

काठमाडौं, ११ पुस । श्री नेपाल अतिरिक्त हुलाक कर्मचारी केन्द्रीय संघर्ष समितिले अतिरिक्त हुलाक कर्मचारीहरुलाई निजामतिकरण नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । बुधबार केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरेर अतिरिक्ति हुलाक सेवामा रहेर काम गरिरहेका कर्मचारीहरुलाई उचित पारिश्रमिक तथा निजामतिकरण नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । संघर्ष समितिका अध्यक्ष महेशलाल माझीले हुलाक […]

नेपाल बोलाइएकी राजदूत लक्की शेर्पाको बयानले परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु तीनछक

काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका सम्बन्धमा सरकारले अझै निर्णय गर्न सकेको छैन । राजदूत शेर्पालाई लगाइएको आरोप सत्य हो या होइन भनेर छानबिन समितिले स्पष्ट नपारेपछि सरकार अन्योलमा परेको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । तीन सदस्यीय समितिले शेर्पाविरुद्ध लागेको आरोपका विषयमा प्रतिवेदन बुझाउँदा दिएको धारणा नै ‘अस्पष्ट’ छ […]

गोप्य बैठकमा यस्तो धम्की आएपछि रेशम चौधरीलाई रिहा गर्ने तयारीमा ओली

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने धम्की दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गोप्य छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा राजपा अध्यक्ष मण्डल र प्रधानमन्त्रीबीच भएको छलफलमा ओलीले एक साताको समय माग गरेका हुन् । साथै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको मागप्रति आफु सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । […]

जनयुद्धकालीन गम्भीर घाइतेहरुलाई विदेशमा उपचार गर्न गृहमन्त्रालयले जनायो सहमति

काठमाडौँ, ९ पुस । जनयुद्धकालका गम्भीर घाइतेहरुलार्इ अावश्यकताका अाधारमा विदेशमा समेत उपचार गर्न गृहमन्त्रालय तयार भएकाे छ । विभिन्न माग राखेर अनसन बस्दै आएका जनयुद्धका घाइते तथा अपाङ्ग याेद्धाहरुसँग मंगलबार गृहमन्त्रालयले उक्त सहमति जनाएकाे छ । गृहकाे उक्त सहमतिपछि घाइतेहरुले अनसन ताेडेका छन् ।  छलफलमा चार बुँदे सहमतिपछि गत मङ्सिर २७ गतेदेखि चलेको अनसन तोडिएको हो […]

नक्कली जग्गाधनी खडा गरी एउटाको जग्गा अर्कैलाई बेच्ने मालपोत कार्यालयका १६ कर्मचारी विरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ, ९ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री गरेको अभियोगमा मालपोत कार्यालय चावहिलका कर्मचारीसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार चन्दनकृष्ण कायस्थको नाममा रहेको बूढानीलकण्ठ नगरपालिका, साबिक विष्णु गाविस–७ को कित्ता नं ३२३, ३२५ र ३२९ गरी जम्मा दुई रोपनी आठ […]