काठमाडाैं, ४ असाेज । संयुक्त राष्ट्र संघकाे महासभामा बाेल्दै अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले उत्तरकाेरियाविरुद्ध कडा अभिव्यक्ति दिएका छन् । उनले उत्तरकाेरियालार्इ अब ध्वस्त पार्नुकाे विकल्प नरहेकाे दावी पनि गरेका छन् । राष्ट्रसंघको महासभामा पहिलो पटक बोल्दै ट्रम्पले उत्तरकाेरियाली राष्ट्रपति किम जाेङ उनलार्इ ‘रकेट म्यान’काे संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘रकेट म्यान किम जोङ […]
राजनीति
रौतहटको बृन्दावनमा ठूलो झडप । झडपमा परी एकजनाको अवस्था गम्भीर
रौतहट, ३ असोज । रौतहटको बृन्दावन नगरपालिकाको मतगणना स्थलमा ठूलो झडप भएको छ । झडपमा परी एक जना गम्भीर घाइते भएका छन् । झडपका कारण अहिले सो क्षेत्रको स्थिति निकै तनावग्रस्त भएको छ । झडप भएपछि मतगणनाको काम स्थगित भएको छ । स्रोतका अनुसार नेकपा एमालेका सांसद रामकुमार भट्टराई मतगणना स्थलमा पुगेपछि झडप भएकएको हो […]
सुकीलाई राष्ट्रसंघीय महासभामा जान दबाब
एजेन्सी । म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकीलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन दाबाब आएको छ । यसअघि उनले उक्त महासभामा सहभागी नहुने बताएकी थिइन । उनले उक्त सभामा आफ्नो उपस्थिति रद्द गरेको म्यानमार सरकारले गत हप्ता जनाएको थियो । तर उनले उक्त सभामा सहभागी हुनुपर्ने माग विश्व समुदायबाट आएको प्राप्त समाचारमा जनाइएको […]
विमलेन्द्र निधिको गाउँमा एमालेको प्यानलै विजयी
जनकपुर, ३ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्र तथा कांग्रेसका मधेशका प्रमुख नेता विमलेन्द्र निधिकाे गाउँमा नै नेकपा (एमाले)ले प्यानलसहित जित हासिल गरेकाे छ । एमालेले अहिलेसम्म धनुषा जिल्लाका दुर्इ ठाउँमा जित हासिल गरिसकेकाे छ । निधि धनुषाकाे मुखियापट्टी मुसहरनिया गाउँपालिकाका हुन् । उक्त गाउँपालिकामा एमाले प्यानलसहित विजयी भएकाे हाे । त्यसैगरी एमालेले […]
उर्जा राज्यमन्त्रीको क्षेत्रमा हेलिकप्टरबाट मतपेटिका आेसारियो
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा हेलिकप्टरबाट मतपेटिका आेसारिएको छ । सुगम मानिने तराईमधेसमा मतपेटिका आेसार्न हेलिकप्टर प्रयोग गर्नु परेको हो । लालबन्दी नगरपालिका अन्तर्गत नारायणखोलाको एउटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएको छ । लालबन्दी नगरपालिका–१४ मा पर्ने डाइनी दोभान मतदान केन्द्रबाट आज मंगलबार बिहान सेनाको हेलिकप्टरमा मतपेटिका लालबन्दी नगरपालिकास्थित मतदान अधिकृतको […]
क्रान्तिकारी पत्रकार संगठन नेपाल सुर्खेतको जिल्ला सम्मेलन सम्पन्न
काठमाडाैं, २ असोज । क्रान्तिकारी पत्रकार संगठन नेपाल सुर्खेतको प्रथम जिल्ला सम्मेलन विरेन्द्रनगरमा सोमवार सम्पन्न भएको छ । स्थानीय मिडियामा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन संघर्ष गर्ने प्रस्ताव पास गर्दै क्रान्तिकारी पत्रकार संगन नेपाल सुर्खेतको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको हो । सुर्खेत जिल्ला सदरमुकामबाट संचालित करिव १९ वटा स्थानीय सञ्चार गृहमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन […]
इञ्जिनियर ढुङ्गानालाई नेकपाका कार्यकर्ताहरुले गरे कारवाही
चितवन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रत्ननगर नगरपालिकाका वरिष्ठ इञ्जिनियर प्रकाश ढुङ्गानालाई कालोमोसो दलेको छ । आइतबार नेकपाका कार्यकर्ताहरुले ढुङ्गानालाई कार्यकक्षमै पुगेर कालोमोसो दल्नुका साथै जुत्ताको मालासमेत लगाइदिएका हुन् । ढुङ्गानालाई कालोमोसो दल्नुको ६ कारणहरु खुलाइएको पर्चा कार्यालय परिसरमा भेटिएको छ । १. परियोजना र संस्थामा बजेट पारिदिने नाममा कमिशन खाने गरेको, २. […]
मलाई लिन महिला छापामार आएका थिए : थवाङ गाउँपालिका प्रमुख
बिरबहादुर घर्ती थवाङ गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । गएकाे स्थानीय निर्वाचनमा नेकपा (माअाेवादी केन्द्र) का तर्फबाट उम्मेदवार बनेर उनी गाउँपालिकामा विजयी बनेका थिए । भदाै ३१ गते थवाङ गाउँ पालिकाकाे प्रथम गाउँ सभा राखिएकाे थियाे । साे गाउँ सभाकाे उद्घाटन गर्न माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ निम्ताे गरिएकाे थियाे । साेही क्रममा घर्तीलार्इ नेपाल कम्युनिस्ट […]
जापानमा पक्राउ परेका नेता पौडेल र पत्रकार न्यौपाने अन्तत: नेपाल फर्काइए
टोकियो, १ असाेज । एक दिन पूरै जापानकाे अध्यागमनकाे नियन्त्रणमा परेका नेपाली कांग्रेसका नेता प्रदिप पाैडेललार्इ नेपाल फर्काइएकाे छ । नेता पाैडेलसँगै पत्रकार अनिल न्याैपानेलार्इ पनि जापानकाे अध्यागमन विभागले नेपाल फर्काएकाे छ । जापानमा रहेकाे नेपाली कांग्रेसकाे जनसम्पर्क समितिले अायाेजना गरेकाे कार्यक्रममा भाग लिन गएका नेता पाैडेल र पत्रकार न्याैपानेलार्इ जापानकाे राजधानी टाेकियाे सहर नजिक […]
प्रचण्ड नाटक गर्न माहिर छन् : मोहन वैद्य
बुटवल, १ असोज । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिष्ट भएको नाटक गर्न सिपालु भएको टिप्पणी गरेका छन् । क्रान्तिकारी पत्रकार महासंघ जिल्ला समिति, रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने– “प्रचण्ड कम्युनिष्ट होइनन् तर कम्युनिष्ट भएको नाटक गर्न सिपालु छन् ।” अध्यक्ष वैद्यले नेपालका […]









